समाजवादी जागरण अभियान इनरुवामा,दुई पूर्व प्रधानमन्त्री एकसाथ इनरुवा आएपछि केही बेर उत्साह
१५ आश्विन २०८०, सोमबार १८:०४
इनरुवा । नेकपा (एकिकृत समाजवादी) ले थालेको सामाजवादी जागरण अभियान सुनसरी सदरमुकाम इनरुवा आईपुगेको छ । सोमबार पार्टीका अध्यक्ष माधव कुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित दुई पूर्व प्रधानमन्त्री एकसाथ इनरुवा आईपुग्नुभएको हो ।
पार्टी र सामाजवादी मोर्चाको आवश्यकता, औचित्य र नागरिकको भावनाका बारेमा जानकारी लिन र दिन थालेको अभियानमा दुई पूर्व प्रधानमन्त्री एकसाथ इनरुवा आएपछि केही बेर बजारमा उत्साह छाएको थियो । पार्टीको बारेमा जनतालाई जानकारी गराउदाँ रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, संचार र खानेपानीको माग उठिरहेको र त्यसको सम्बोधन्मा पार्टीले पाहल गर्ने बताएपछि नगरबासीमा उत्साह देखिएको थियो ।
यसैबीच सामाजवादी जागरण अभियानको इनरुवा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सुशासनको अभाव र भ्रष्टाचारकै कारण समाजवादको यात्रा असफल भइरहेकाले त्यसलाई चिर्न अभियान थालेको बताउनुभयो् । सोमबार इनरुवामा दुई पूर्व प्रधानमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी (एस)को अभियान अन्तरगत आयोजित ‘समाजवादी जागरण अभियानमा भुसालले भ्रष्टाचार र दण्ड हीनताले सुशासनको अभाव खडिएकाले त्यसबाट मुक्ती दिलाउनका लागि जनतालाई जागरण गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले समाजवादको यात्रालाई ठीक राख्ने हो भने स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन आवश्यक रहेको बताउनुभयो ।
महासचिव भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने, जनतालाई सामाजिक न्यायको महसुस गराउनुपर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय तथा प्रदेश र जिल्ला तहका नेताहरु सहभागीता रहेको पार्टीका जिल्ला सचिव बसन्त सुवेदीले जानकारी दिनुभयो । अभियान मधेश प्रदेश तर्फ लगेको प्रदेश नेतृ सरस्वती लुईटेल केसीले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया