घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या
४ मंसिर २०८०, सोमबार १६:५२
झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किनुभएको थियो । उहाँ घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उहाँका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।
छिमेकीका अनुसार केही महिनादेखि उहाँको मानसिक सन्तुलन ठीक थिएन् । घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया