पोखरीमा डुबेर एक बालकको मृत्यु – Nagarikabhiyan : National News

पोखरीमा डुबेर एक बालकको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–१ नकटीरायपुरमा आज दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अबधीराम यादवका ६ बर्षिय छोरा युबराज कुमार यादब रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो । आफ्नै घरको छेउमा रहेको मुखिलाल यादवको माछा पोखरीमा बच्चाहरु संग खेल्ने क्रममा उनी पोखरीमा डुबेका थिए ।

सो क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक बालकको शव परिक्षणका लागी राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।