रामधुनीको बजेट रु. ७२ करोड ८४ लाख चार हजार रुपियाँ, विनियोजित बजेट चैतसम्ममा पूर्ण कार्यन्वयन गर्ने
१६ श्रावण २०७८, शनिबार १६:४७
सुनसरीको रामधुनी नगरपाकिलाले आफ्नो वार्षिक बजेट, नीति तथा कार्यक्रमहरु नगरिकका बीचमा सार्वजकिकरण गरेको छ । शुक्रबार रामधुनीमा पत्रकार सम्मेलन गरि नगरबासीका जानकारी लागि भन्दै बजेट, नीति तथा कार्यक्रमहरु नगरिकका बीचमा सार्वजकिकरण गरेको हो । नगरपालिकाकी उपप्रमुख सविना चौधरीले बजेट, नीति तथा कार्यक्रमहरु सार्वसधारणको जानकारीका लागि भन्दै पत्रकार सम्मेलन कार्यक्रम मार्फत सार्वजकिकरण गर्नुभएको छ । चौधरीले यो आर्थिक वर्षका लागि कार्यान्वयन गर्न रु. ७२ करोड ८४ लाख चार हजार रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । चौधरीका अनुसार कुल विनियोजन मध्ये ४३ करोड ७ लाख ३३ हजार रुपियाँ र चालु खर्च तर्फ रु. ५९.१३ % र पुँजीगत खर्च तर्फ २९ करोड ७६ लाख ७१ हजार रुपियाँ ४०.८७ % रहेको छ । आ.ब.कालागि कुल अनुमान गरिएको खर्च वेहोर्ने श्रोत मध्येसंघिय सरकार समानीकरण अनुदान रु १६ करोड ५ लाख रुपियाँ, संघिय सरकार शसर्त, पुँजीगत अनुदान रु २५ करोड ३८ लाख रुपियाँ, संघिय सरकार समपुरक अनुदान १ करोड ४१ लाख रुपियाँ, संघिय राजश्व वाँडफाँड रु. ९ करौड ३३ लाख ८२ हजार, प्रदेश सरकार समानीकरण अनुदान रु ९४ लाख १० हजार, शसर्त अनुदान ५२ लाख ३३ हजार, समपुरक अनुदान १ करोड, प्रदेश राजश्व बाँडफाँड रु. ५२ लाख २० हजार, मालपोत रजिष्ट्रेशन रु. ३ करोड ५० लाख, करुणा फाउण्डेशन २२ लाख १२ हजार गत बर्षको मौजदात र अन्य अनुमानित आय रु. ७ करोड ४७ लाख ६७ हजार र जनसहभागिता रु. ३ कारौड गरि कुल जम्मा रु. ७२ करौड ८४ लाख चार हजार मात्र वेहोरिने अनुमान गरिएको छ । रामधुनी नगरपालिकाकाले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर बजेट ल्याएको नगर प्रम्ख जयप्रकाश चौधरीले जानकारी दिनुभयो । चौधरीले यो वर्ष नै चुनाव समेत हुने भएकाले चैत मसान्तसम्ममा सबै कार्यक्रम र योजनाहरु सम्पन्न गर्ने काम गर्ने जानकारी दिनुभयो ।
विकास जनताका लागि गर्ने भएकाले जनताको जनसहभागितामा नै योजनाहरु संचालन गर्ने , भदौ २९ गते नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा समेत लागेको बताउनुभयो । सार्वजनिकिकरण कार्यक्रममा नगरका ९ वटै वडाका अध्यक्ष, कार्यापालिका सदस्यहरु, शाखा प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । नगरपालिकाका योजना शाखाका हर्षलाल चौधरीका नगरपालिकाको वडा तर्फको बजेटमा प्रत्येक वडालाई आर्थिक विकासमा छ लाख लाख ६६ हजार , सामाजिक विकासमा १६ लाख ४४ हजार, भौतिक पूर्वाधार विकासमा एक करोड ८ लाख ८८ हजार, शुसासन तथा संस्थागत विकासमा तीन लाख र चालु तथा प्रशासनिक खर्चमा १५ लाख रुपियाँ गरि एक करोड ४९ लाख ९८ हजार विनियोजन गरेको छ । रामधुनीको ९ वटा वडाहरुमा कुल १३ करोड ४९ लाख ८२ हजार रुपियाँ विनियोजन गरेको भने नगर तर्फको बजेटमा आर्थिक विकासमा ९० लाख, सामाजिक विकासमा दुई करोड २२ लाख, नगर स्तरिय समपुरक तथा अन्य योजनाहरुमा सात करोड, विपद् व्यवस्थापन वन तथा वातावरण विकास (कोविड १९ समेत) एक करोड, सुशासन, संस्थागत विकासमा ७३ लाख, प्रशासनिक खर्च १३ करोड, नगर तर्फको जम्मा २४ करोड ८५ लाख रुपियाँ रहेको छ । वाहय तथा अन्य बजेटमा संघीय शसतर्, समपुरक पुँजीगत अनुदान समेतको कार्यक्रमहरु २६ करोड ७९ लाख, प्रदेश शसर्त तथा समंपुरक कार्यक्रमहरु रु. एक करोड ५२ लाख ३३ हजार , जनसहभागिता हुने कार्यक्रमहरु तीन करोड र गत वर्षमा अ.ल्या. गर्ने योजना तथा कार्यक्रमहरु तीन करोड १७ लाख ८९ हजार, वाहय र अन्य जम्मा ३४ करोड ४९ लाख २२ हजार गरि कुल जम्मा रकम रु. ७२ करोड ८४ लाख चार हजार रहेको छ । नगर उपप्रमुख सविना चौधरीका अनुसार विनियोजित बजेट तथा कार्यक्रमहरुलाई कार्यान्वयनको तह सम्म ल्याउन नगरपालिकाले तयार पारेका आवधिक नगर विकासको लक्ष्यसंग जोडेर थप खुडकिलाहरु उकलिने प्रयास गरिएको छ । आगामि ५ बर्ष भित्र दिगो शहरी विकासका लागि आवश्यक आर्थिक, सामाजिक, भौतिक, सास्कृतिक तथा प्रशासनिक पूर्वाधार हरूको जग स्थापित भई आगामि २५ बर्ष भित्र सुनसरी जिल्लाको एक सुविधा सम्पन्न समृद्ध नगरको रुपमा विकसित भएको हुनेछ लक्ष्य राखेको चौधरीले बताउनुभयो ।
१, सुनसरीको रामधुनी नगरपालिकाका बजेट सार्वजनिकिकरण गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया