स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई सिफारिस
१५ श्रावण २०७८, शुक्रबार २०:४१
काठमाडाैं । कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।
सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन् । उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ ।
उनले भने, ‘मन्त्रालयले आज सीसीएमसीको बैठकमा स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउन गर्नेबारे हामीले छलफल अघि बढाएका छौँ । अब बस्ने बैठकले यस्को निर्णय गर्नेछौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया