प्रदेश १ को प्रदेशसभा बैठक माघ २३ गते बस्ने
१२ माघ २०७९, बिहीबार १६:४६

विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए ।
पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ ।
पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रिपरिषदको कार्यविभाजन गरेका थिए । प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहरी मन्त्री भक्ति सिटौलाले संसद बैठकका विषयको जानकारी आएपछि सरकारले संसदलाई विजनेश उपलब्ध गराउने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया