उच्च अदालत पछि पुनरावेदन रिट हाल्ने तयारिमा गिरी
१२ माघ २०७९, बिहीबार १८:००

विराटनगर । हाटखोलास्थित जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरे पछी पुनरावेदन आदालतमा रिट हाल्ने जयारीमा गिरी जुटेका छन । गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन विभागसहित तीनवटा निकायविरुद्ध उच्च अदालत विराटनगरमा रिट हालेका थिए। गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका थिए। सो रिटमा अदालतले आज बिहीबार पुनः छलफलमा बोलाएर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
अदालतले कारागार व्यवस्थापन विभागले गरेको स्थानान्तरण कानुनी रूपमा त्रुटि नदेखिएकोले नियमअनुसार पेस गर्न आदेश गरेको हो, उनले भने। निवेदक गिरीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमेश कोइराला र हेमराज पन्त, अधिवक्ताद्वय कल्याण केसी, विकास थापा तथा विपक्षीको तर्फबाट उपस्थित उच्च सरकारी वकिल कार्यालय, विराटनगरका उपन्यायाधिवक्ता भोलानाथ निरौलाले बहस गरेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई मोरङबाट मकवानपुरको भीमफेदी कारागार सरुवा गर्ने कारागार व्यवस्था विभागको तयारी छ।
गिरीको कैद अवधि सकिनै लागेको छ। गिरीले कैद भुक्तान गर्न अब जम्मा २२ दिनमात्रै बाँकी छ। आफ्नो सरुवा नियमविपरीत भएको भन्दै गिरी अब पुनरावेदन अदालत जाने तयारीमा छन्। ुउच्चले आदेश दिएन, अब पुनरावेदन जान्छु, उनले नवपथसँग भने,मेरो सरुवा नियमविपरीत छ। जबरजस्ती मलाई अन्यत्र सारिएमा कारागारभित्र जे पनि हुन सक्छ। यसको क्षतिपूर्ति राज्यले लिनुपर्छ।ु गिरीको कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाका अनुसार पुनरावेदनमा रिट हालेपछि उनले मोरङ कारागार नै बसेर मुद्दा लड्न पाउने छन्।गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ ३ गते नै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए।
न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलाशले माघ ९ गते दुबै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको थियो। माघ ९ गते गिरीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाको न्यायाधीश भट्टराई आफन्त परेकोले गिरीको मुद्दा हेर्न नमिल्ने आदेश भएको थियो। कैद भुक्तान हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा मोरङ कारागारका चौकीदार गिरीको गृह मन्त्रालयकै निर्देशनमा कारागार व्यवस्थापनले भिमफेदी कारागारमा स्थानान्तरण गर्न मोरङ कारागारमा पत्र पठाएको थियो । नेकपा एमालेका स्थानीय नेताको दबावमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको बताइन्छ। गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो। अहिले उनको सरुवा रोक्नुपर्ने माग गर्दै कैदीबन्दी आन्दोलित छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया