भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस – Nagarikabhiyan : National News

भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले  २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो ।

यस्तै बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ मात्रै कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय  गरेको छ  । निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।