महानगरको अल्टीमेटम सकिदाँ पनि भत्किएन राप्रपा केन्दीय कार्यालय – Nagarikabhiyan : National News

महानगरको अल्टीमेटम सकिदाँ पनि भत्किएन राप्रपा केन्दीय कार्यालय

काठमाडौं । काठमाडौं महानगरले दिएको अल्टीमेटम सकिँदा पनि धुम्बाराहि स्थित राप्रपाको केन्द्रिय कार्यालय भत्किएको छैन् । महानगरले शुक्रबार माइकिङ गर्दै तीन दिन भित्र भवन खाली गराउन अल्टीमेटम दिएको थियो ।

सोमबार पार्टी कार्यालय भत्काउन महानगरको डोजर आउने खबरसंगै बिहानै देखि मुख्यालय धुम्बाराहिमा राप्रपा नेता कार्यकर्ता र समर्थकहरुको ठुलो भिड लागेको थियो मानिसहरुको भिड जम्मा भएपनि महानगरको कुनै नगरप्रहरी र डोजर भने आएन् ।

नगर प्रहरी बलका प्रहरी निरीक्षक ईश्वर वाग्लले भने, ’हामी स्ट्यान्डबाइ बसिरहेका छौं। आदेश आउनासाथ फिल्डमा जान्छौं।’
विगत ११ वर्षदेखि मुख्य कार्यालय रहँदै आएको भवनलाई महानगरले भत्काउने निर्णयप्रति कार्यकर्ताहरुले निकै आक्रोश पोखे ।
बिजुलीको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले उक्त भवन भत्काउन लागेको हो ।

महानगरका अनुसार उक्त पार्टी कार्यालय रहेको भवनको नक्सा पास समेत गरिएको छैन् ।राप्रपाको पार्टी कार्यालय व्यक्तिको निजी घर नभएको कुरा महानगरका मेयर बालेनलाई हेक्का रहोस भन्दै पार्टीकी एक कार्यकर्ताले कार्यालय कसैले पनि खाली गराउन नसक्ने दाबी गरिन् ।

उनले भनिन्,‘बालेनले यो सानातिनो व्यक्तिको निजी घर सम्झिएको छ होला तर यो घर हैन्, संस्था हो । राप्रपाको केन्दीय कार्यालय हो । यसको हेक्का रहोस् कसैले पनि कार्यालय खाली गराउन सक्दैन् ।’
उनको भनाईलाई उद्धृत गर्दै अर्को कार्यकर्ताले थपे, यो हाइटेन्सन तारमा लाइन नभएको वर्षै भैसक्यो यदि भत्काउने हो भने यी बिजुलीको खम्बाहरु भत्काउनुपर्यो, तारहरु हटाइनुपर्यो त्यसमा पनि प्रक्रियागत रुपमा चल्नुपर्छ ।’महानगरले राप्रपालाई कार्यालय खाली गर्न दिएको अल्टिमेटम आइतबार साँझ सकिएको हो । शुक्रबार अल्टिमेट दिँदा महानगरले आइतबारसम्म भवन खाली नगरे सोमबार भवन भत्काउने उल्लेख थियो ।

महानगरले हालसम्म पार्टी कार्यालय खाली गराउन कुनैपनि आधिकारिक पत्र नपठाएको राप्रपा कार्यकर्ताहरुले बताएका छन् । शुक्रबार आएर माइकिङ गर्दै आइतबारसम्म भवन खाली नगराए डोजर चलाउने अल्टीमेटम दिएको उनीहरुले बताए । एउटा सानो घर भत्काउन पनि ३५ दिने सुचना दिनुपर्ने भन्दै पार्टीको केन्दीय कार्यालय खाली गराउन माइकिङ गर्दै तिन दिनको मात्र समय दिएको उनीहरुको गुनासो छ ।