१४ श्रावण २०८०, आईतवार ०९:०४ – Page 2 – Nagarikabhiyan : National News

गुल्मीमा कुलो खन्दा तीन जना घाइते

देवानगंज : गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन्।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर(२ चेहमी सिंचाई कुलोमा कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा सोही वडाका ६८ वर्षीय भगवती कुँवर,वर्ष ४६ की लक्ष्मी दर्जी र ४१ वर्षकी प्रेमकला कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइतेहरुको खुट्टा र शरीरका अन्य भागमा चोट लागेकाले पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे तनाब गस्त्त काठमाडौंमा शीर्ष नेताबीच छलफल

काठमाडौं :कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे आज पनि काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ।
छलफलमा सहभागी हुन गठबन्धनमा आवद्ध कोशी प्रदेश संसदीय दलका नेताहरु पनि काठमाडौं आइपुगेका छन्। छलफलका लागि शीर्ष नेताले आफूहरुलाई बोलाएको र बैठक अहिले केहीबेरमा सुरु हुने माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

कोशीमा बहुमत पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपा लाई फकाउनेदेखि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनेसम्मका विकल्पमा छलफल गरिरहेका छन्।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए। तर राप्रपाले गठबन्धनमा सहभागि हुने–नहुनेबारे निर्णय दिएको छैन।

तत्कालीन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरिदिएपछि संविधानको धारा १६८ २ बमोजिम सात दिनभित्र नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो।

त्यसपछि प्रदेश प्रमुखले बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्न मंगलबारसम्मको समय दिएपछि दलहरु निरन्तर छलफलमा छन्।

 

कञ्चनपुरबाट सशस्त्र प्रहरीका जवानसहित दुई जना पक्राउ

धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर १० दोदा नदीको पुलबाट शनिवार साँझ दुई जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेकोे छ।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक दशमलव दुई ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ।

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने

काठमाडौं : समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।
च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन दिवस महिलामात्र नभइ पुरुष पनि जोखिममा

काठमाण्डाै -आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘बेचबिखनका हरेक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नाराका साथ यसवर्षको दिवस मनाउन लागिएको हो ।

दिवसले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता तथा बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणमा जोड दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न देशमा बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

प्रलोभनमा पारी, झुक्याइ, डरत्रास देखाइ कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याउने अवस्थालाई मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार, बालश्रम, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासनजस्ता काम बढ्दै गएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम पनि बढाएको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।

यस्तै, गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । मानव बेचबिखन बढ्दै गएको तर यसको रोकथाम र नियन्त्रण अहिले चुनौतीको विषय बन्दै गएको छ ।

पहिला लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो तर अहिले यसको आयाम फराकिलो भएको समाजशास्त्री मीना पौडेलले बताउनुभएको छ । अहिले महिलामात्र नभइ पुरुष पनि जोखिममा रहेका उहाँको भनाइ छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएकोमा यो क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरुले जोड दिएका छन् ।

खोटाङको दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

देवानगंज ।- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् ।

इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ ।

दुर्घटनामा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई र डाँडागाउँका सुमन थापा घाइते भएका हुन् । घाइतेमध्ये सुमन प्राथमिक उपचारपछि घर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

जीपमा चालकसहित १४ जना थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुङ्गा खसेको र फुटाउने काम भैरहेका कारण वैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको प्रहरीले जनाएको छ ।

झापासहित आसपासका ठाउँमा अत्यधिक वर्षा, होचा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ । केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र त्यस क्षेत्र भइ बहने स–साना खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

डुबान भैरहने होचा ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, गएराति कास्की र पर्वतमा ठूलो पानी परेको छ । कास्कीको जुम्लेटी–पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ तथा पर्वत आसपास भएर बग्ने खोलामा आकस्मिक बहावको जोखिम रहेको छ ।

कुस्मा–पोखरा सडक खण्ड, घान्द्रुक र आसपासमा पहिरोको जोखिम छ । कमजोर भिरालो जमिन भएका ती क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज देशभरकै मौसम सामान्य बदली रहने अनुमान छ ।

बाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा, केही दिन देशभर बदली र वर्षाको सम्भावना

देवानगंज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा आएकाले नेपालमा मनसुन थप सक्रिय भएको छ ।

यसअघि न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा र नेपालमा कम भएकोमा आज सरदर स्थानको आसपास आएको मौसम पूर्वानुनमान् महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर वा उत्तरतर्फ सर्दै जाँदा नेपालमा प्रभाव बढ्न थाल्छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टामा कास्कीमा मुसलधारे वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले कालीखोला लगायतका खोला खोल्साहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् विनु महर्जनले देशका धेरैजसो ठाउँमा आउँदो दुईरतीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताउनुभयो । आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन चट्याङसहित ठूलो वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महानगरपालिकाले मैथिली भाषा प्रथम स्थान मा ओगटन सफल

देवानगंज ।अप्पन बिराटगढ परोपकार समाज बिगत १५ बर्ष देखि मैथिली भाषाको संरक्षण,सम्वर्धन,प्रवर्द्धन गर्ने उदेश्यले सांस्कृतिक,साहित्य,चित्रकला,गीत संगीत नृत्य को क्षेत्रमा मोरंङ्ग सुनसरी जिल्लाको गाउँ टोलमा कार्यक्रमहरु संचालन गरी मैथिली भाषा र कला लाई जन जन सम्म पुर्याउन सफल भएको छ।२०७८को जनगणना अनुसार विराटनगर महानगर पालिकामा मैथिली भाषा प्रथम स्थान मा ओगटन सफल भयो।

राष्ट्र र कोशी प्रदेशमा दोश्रो स्थानमा मैथिली भाषा रहेकाले यसभाषालाई भाषा आयोगले कामकाजी भाषा को रुपमा सिफारिस गरेको छ।तसर्थ यस्ता प्राचीन सु(सभ्य भाषालाई स्थानीय सरकार र प्रदेश सरकारले आफ्ना आधारभुत शिक्षाको पाठकक्रममा समावेस गर्नु पर्ने उदेश्य सहित नेपालदेश को मिथिला मधेश को बहुसंख्यक जातजाती ले मनाउने जितिया जिउतिया जुन आफ्नो संतानकोवृद्धि संतान्को दृघायु पारिवारिक सुख शान्तिका लागि गरिने निर्जला व्रत जुन धेरै कठिन पर्वको रुपमा चिनिन्छ।

 

तसर्थ यस्ता महान पर्वमा नेपाल देशभरी सार्वजनिक बिदाको रुपमा घोषणा गर्न र प्रदेशमा मैथिली भाषा कार्यान्वयन गराउनका निम्तूअप्पन विराटगढ परोपकार समाज कि अध्यक्ष बसुन्धरा झा को नेतृत्व मा मेची देखि महाकाली सम्मूहस्ताक्षर अभियानूको प्रारम्भ विराटनगरको वडा नं।४ मा मैथिली अभियानी श्रीमती संजु यादव ज्यु को अध्यक्षता र वडा नं।५ मा विराटनगर नारी उत्थान समाजकि अध्यक्ष एवं मैथिली अभियानी श्रीमती चम्पा पाल जी को अध्यक्षतामा बृहत हस्ताक्षर अभियान संचालन भएको थियो।यस महान अभियान कार्यक्रम को प्रमुख आतिथ्यता मैथिल श्रष्टा एवं वरिष्ठ साहित्यकार श्री शिव नारायण पंडित ज्युले गर्नु भएको थियो।

त्यसतै गरि विशिष्ट अतिथिहरुमा मैथिली सेवा समितिका अध्यक्ष इन्जिनियर फुल कुमार देव ज्यु,आभा फाउन्डेसनकि अध्यक्ष श्री आभा अनुपमा ज्यु,पिछडावर्ग महासंघको तर्फ बाट श्री जय प्रकाश महतो ज्यु,मैथिली अभियानी अशोक यादव ज्यु,समाजसेवी श्री राजेश गीरी ज्यु,मैथिली अभियानी राजेश झा ज्यु, थारु समाजकि श्रीमती सीता चौधरीजी,मैथिली अभियानी श्री नन्दकिशोर मेहता ज्यु, श्रीमती सुनिता मेहता ज्यु, श्री नर्सिङ पाल ज्यु,श्री रामकुमार यादव ज्यु श्री तेज नारायण यादव ज्यु साथै समाजका सौंकडौं जना को उपस्थितिमा हस्ताक्षर अभियान सम्पन्न गरेको थियो ।

सरकारले भ्रष्टाचारको फाइल दुईचार पाना पल्टाउँदै छोड्दै छ लामिछाने

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार काण्डको जरासम्म पुगेर अनुसन्धान गर्नेमा आशंका रहेको बताएका छन्।
भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले त्यसैले आफूहरूले निरन्तर खबरदारी गरिरहेको बताए।

भन्नलाई सरकारले ललितानिवास, सुनकाण्ड, नक्कली भुटानी शरणार्थी फाइल खोल्यौं भन्ने तर दुई चार पाना मात्रै पल्टाएर छोड्ने काम गरिरहेको त छैन खबरदार १ हामी नजिकबाट हेरिरहेका छौं । कुनै पनि काण्डको जरासम्म नपुगे संसद र जनमानसमा खरो रुपमा उपस्थित हुन्छौ।’ लामिछानेले भने,‘हामी सुन तस्करीको मालिक हेर्न बसेका छौं। जुन ढंगले सुन आएको छ त्यो हेर्दा त मालिक सानोतिनो होइन धेरै ठूलो मालिक जस्तो लागेको छ। धेरै ठूलो मालिक देख्ने बित्तिकै सरकार फेरि अर्को फाइल खोल्न लाग्ने हो कि भन्ने शंका छ।’

उनले सुन बरामद गर्दा मालिकसम्म नपुगी भरियालाई पक्राउ गरिनुले शंका बढाएको पनि बताए।

सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ, सुनको भारी बोकेको ट्याक्सी बाटोमा समाइयो, मालिकसम्म लान्थ्यो होला नि१ कुनै गन्तव्यमा जाँदै थियो होला’, लामिछानेले भने,‘जसले सूचना दियो उसले ट्याक्सी बाटोसम्म मात्रै लान्छ त भनेको थिएन होला, त्यहाँदेखि कहाँसम्म पुर्‍याउँछ सबै भनेको होला । बीच बाटोमा भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ।’

हेलिकप्टर दुर्घटना बेत्ता चार जनाको खोजी चल्दै

अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् ।

लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरुमाल्र्सलाई गरिएको जानकारी दिनुभएको छ । रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री ले जनाएको छ ।

 

बाघको सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनमा चुनौती थपिएको छ प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा  शुभकामना दिँदै उहाँले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा निर्धारित अवधि अगावै लक्ष्य पूरा भएको बताउनु भएको हो ।

नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले बाघको सङ्ख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशमा थापा नेतृत्वको सरकार बन्ने कोइरालाको दाबी 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उद्धव थापाकै  नेतृत्वमा कोशी प्रदेश सरकार गठन हुने दाबी गरेका छन् ।

शुक्रवार विराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीसँग कुरा गर्दै, डाक्टर कोइरालाले अदालतले मान्यता नदिएका मुख्यमन्त्री संसदीय दलका नेतासमेत भएकाले आगामी सात दिनभित्र थापाकै नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे ।
‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ’ उनले भने ।

उद्धव थापाकै नेतृत्वमै रु पत्रकारको प्रश्नमा उनले भने ‘अहिले संसदीय दलको नेता जो हुनुहुन्छ उहाँकै नेतृत्वमा’
विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै उनले अदालतले अन्य राजनीतिक दललाई समेत पाठ सिकाउने बताए ।

विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकाले यसलाई रोकथाम गर्न र यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।

नेता डा कोइरालाले वर्तमान गठबन्धन सरकारलाई बलियो बनाउन नेपाली कांग्रेस  प्रतिबद्ध रहेको बताए ।

५ लाख ऋणको आडमा लगातार बलात्कार

मिटरब्याज र शोषण सुदूर मधेशको कथा मात्र होइन, राजधानी उपत्यकामै पनि त्यस्ता व्यक्ति भेटिएका छन् जसले ऋणी महिलालाई आर्थिक र मानसिक मात्र होइन, शारीरिक शोषण पनि गरेका छन् । उपचारका लागि ऋण लिएकी एक महिलाबाट एक आफन्तले पटकपटक बलात्कार पनि गरेको खुलेको छ । गोपनीयता खुलाइदिने धम्की दिएर उनको सम्पत्ति पनि हडपिएको थियो । अति भएपछि आवाज उठाएकी महिलाको उजुरीका आधारमा आरोपी पक्राउ परेका छन् ।

मिटरब्याजी सुर्जमान मालीबाट यौन शोषणमा परेकी पीडित र मालीको फर्जी मुद्दाविरुद्ध जिल्ला अदालत ललितपुरमा पेस गरिएको  ललितपुर ठेचोकी सुजा परिवर्तित नाम ०६१ सालमा प्रेमविवाह भयो, ०६३ सालमा छोरी जन्मिइन् । श्रीमान् जाँडरक्सीको कुलतमा रहेकाले छोरीसहित परिवार पाल्नुपर्ने जिम्मेवारी उनकै थियो । छोरी जन्मिएपछि दुई वर्ष गलैंचा बनाउने काममा लागिन् । उता, श्रीमान्ले ६५ मा अर्को विवाह गरे । प्रेमपूर्वक श्रीमान्सँग गएकी सुजा बाध्य भएर माइती फर्किन् ।माइतीले साढे दुई आना जग्गामा बनेको तीन कोठाको घर सुजाकै नाममा गरिदिए । छोरी हुर्काउँदै घरको एउटा सटरमा चिया पसल खोलिन् । ससुरा बिरामी भएपछि उनको स्याहार गर्ने मान्छे खोज्दै श्रीमान् आए, उनले सुजालाई फकाइफुल्याई गरे । बाँकी श्रीमान् र कान्छी श्रीमतीको घरजम एक वर्षमा टुटिसकेको थियो, त्यसैले सुजाले पनि पतिलाई ‘माफी’ दिइन् ।

उपचार खर्च नभएपछि दाइ पर्ने छिमेकी सुर्जमान मालीसँग ५० हजार रुपैयाँ सापटी मागिन् । उनले मासिक पाँच हजार ब्याज दिने मौखिक सर्त थियो । एक महिनापछि स्वावलम्बन लघुवित्तबाट ५० हजार ऋण लिएर थपथाप गरी सुर्जमानलाई ५५ हजार रुपैयाँ फर्काइन् । सुर्जमानको ऋणबाट मुक्ति पाए पनि लघुवित्तमा ब्याज थपिँदै थियो । ससुराको हेरचाहमा लागेपछि चियापसल बन्द भयो । अन्य आयस्रोत थिएन । लघुवित्तबाट ऋण लिएको ५० हजारमा ब्याज थपिएर ७० हजार पुगेको थियो । ऋणबाट मुक्ति पाउन उनले फेरि सुर्जमानबाटै ७० हजार लिएर लघुवित्तमा तिरिन् । सुर्जमानको ब्याज दर पुरानै थियो– १० हजारको मासिक १ हजार १ । यो दरले ७० हजारको सात हजार मासिक ब्याज पर्थ्यो ।

झन्डै ६ वर्ष बित्दासम्म उनले कसै गरेर चुक्ता गर्न नसक्ने भएपछि माइती गएर आमालाई गुहारिन् । त्यतिन्जेल ऋणको ब्याज थपिएर सुर्जमानलाई तिर्नुपर्ने ५ लाख पुगेको थियो । ‘आमाले भर्खरै जग्गा बेचेर पैसा जुटाउनुभएको थियो, पाँच लाख दिएपछि सुर्जमानको ऋण चुक्ता गरें,’ उनले सुनाइन् । तत्कालका लागि ऋणबाट मुक्ति मिले पनि घरव्यवहार चलाउन समस्या थियो । जाँडरक्सीको कुलतमा फसेका श्रीमान् ०७५ सालमा गम्भीर बिरामी भए । अस्पताल पुर्‍याएर उनले फेरि सुर्जमानसँग ऋण मागिन् । पाँच लाखको ब्याज मासिक ५० हजार । वर्षमा ६ लाख ।

श्रीमान्ले कुलत छाडेनन्, सुजालाई ऋण र ब्याजले गाँज्दै लग्यो । सुर्जमानले ताकेता गर्न थालेपछि दुई महिनाको ब्याज एक लाख तिरिन् । साँवा घटाउने उद्देश्यले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर फेरि दुई लाख रुपैयाँ थमाइन् । सुर्जमानले सावाँ नभई ब्याजमात्रै कटाएछन् । अब उनी सुर्जमानको ऋणबाट मुक्त हुन चाहन्थिन् । आयस्रोत नभएकी उनले भाखा मागिरहेकी हुन्थिन् । ऋण तिर्न नसक्ने भएपछि सुर्जमान एक दिन सुजाको घर आइपुगे र आफूसँग यौनसम्पर्क गर्नुपर्ने, सोबापत ब्याज घटाइदिने प्रस्ताव राखे । आफन्त दाइ मानेको व्यक्तिबाटै आएको प्रस्तावले भित्रभित्रै आक्रोशित भए पनि उनले तत्काल प्रतिक्रिया दिन सकिनन् । ‘सोचेर मलाई खबर गर’ भन्दै घरबाट निस्किए । तीन दिनपछि फेरि आइपुगेर ‘यौनसम्पर्क गर्न तयार हुनुपर्ने, अन्यथा तुरुन्तै ब्याज तिर्नु’ भनी धम्क्याए । भोलिपल्ट उसैगरी धम्क्याए । जबर्जस्ती हात तानेर आफ्नो मोटरसाइकलमा राखेर ललितपुरको पाटन अस्पताल अगाडि गेस्ट हाउसको कोठामा पुर्‍याए, बन्द कोठाभित्र सुर्जमानले बलात्कार गरेको उनले बताइन् ।

 

म्यानमारमा ठगिनेहरुका आफन्तको रोदन पैसा नदिए घर फर्किन पाउँदैनस् भन्छन्

काठमाण्डौ – काभ्रेका विक्रम तामाङ नाम परिवर्तन बुधबार मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा पुग्नुभएको थियो । चिनियाँ आपराधिक समूहले म्यानमारमा बन्धक बनाइराखेका आफ्नो भाइलाई कसरी उद्धार गर्न सकिन्छ भनेर बुझ्न उहाँ काठमाण्डौको बबरमहलमा रहेको ब्युरोमा पुग्नुभएको हो ।

उहाँको भाइ म्यानमार गएको झण्डै एक वर्ष भयो । त्यहाँ जानुभन्दा पहिले काठमाण्डौमा एनसेलको कम्पनीको कल सेन्टरमा काम गरिरहेका थिए । त्यहीबेला उनले चिनियाँ कम्पनीमा काम गर्ने अवसर छ भन्नेबारे साथीभाइबाट सुन्नुभयो । कल सेन्टरकै काममा थाइल्याण्ड जान पाइने र लाखौँ रुपैयाँ कमाइ हुने भनेपछि उहाँले चिनियाँ टोलीलाई डेढ लाख रुपैयाँ बुझाए । विक्रमका अनुसार उहाँको भाइसँगै दश जनाको टोलीले पैसा बुझाएको थियो । पर्यटन भिसामा थाइल्याण्ड गएका उनीहरुलाई त्यहाँबाट बसमा राखेर म्यानमार पुर्याइयो । त्यहाँ लगेर सिधै एक ठूलो अपार्टमेन्टमा राखियो । काम गर्ने लगायत खान बस्न सबै व्यवस्था अपार्टमेनटमै थियो । तर त्यहाँ उनीहरुलाई कल सेन्टरको काम भनेर अरुलाई ठग्ने काम अर्थात् ‘अनलाइन स्क्यामिङ’मा लगाइयो ।

कतिपयलाई त सुरुसुरुमा आफू ठगी कार्यमा लागेको छु भन्ने नै थाहा भएन । काम गर्दै जाँदा महिनादिन बितेपछि आफूहरुलाई अनलाइन ठगी गर्ने धन्दामा काम लगाइएको थाहा पाउन थाले । तर काम चलिरह्यो, कमाइ पनि भइरह्यो । सुरुमा समस्या भएन । चार पाँच महिनासम्म त नियमित तलब पनि आयो । महिनाको एक लाख रुपैयाँ । तर पछि आधा तलब दिन थालियो । तर बिस्तारै चिनियाँ टोलीले नेपाली युवालाई श्रम शोषण गर्ने र यातना दिन थाले । विक्रमले आफ्नो भाइसँग कुरा गर्दा थाहा पाएअनुसार दिनमा १८ घण्टाभन्दा बढी काममा लगाउँछन् । कसैले अनलाइन स्क्यामिङ गर्न नसके तलब रोकिदने, गाली गर्ने, करेन्ट लगाउने सम्म गर्छन् ।

१८ घण्टा काम गराउँछ रे । थकाइ लाग्यो भन्दा पनि गाली गर्ने रिसाउने गर्छन् रे’ विक्रम भन्नुहुन्छ, ‘काम गर्न सक्दैन भने पनि करेन्ट लगाउँछन् रे ।’

यसरी काम गर्न जानेहरुसँग एक वर्षको सम्झौता गरेकाले बीचमा कोही फर्किन सकेनन् । सम्झौता सकिनासाथ घर फर्किन्छु भनेर बसेका थिए । तर सम्झौता गरेअनुसार एक वर्ष बितेपछि पनि चिनियाँ टोलीले घर पर्किन दिएको छैन । पैसा बुझाएर मात्र घर फर्किन पाउने भनिरहेका छन् चिनियाँले । घर जानको लागि १०र१२ लाख रुपैयाँ माग्ने गरेको बताउनुहुन्छ पीडितका दाइ विक्रम ।
vदश लाख रुपैयाँ तिरे मात्रै नेपाल जान पाउँछौ भन्छन् भन्दै थियो भाइले, हामीसँग त त्यत्रो पैसा पनि छैन अब कसरी फर्काउने’, विक्रम भन्नुहुन्छ, ‘एक त भाइलाई पाँच महिनाभन्दा बढीको पैसा दिएको छैन, त्यसैमाथि यत्रो पैसा मागिराछन्, अब हामीले कहाँबाट ल्याउने पैसा रु’

ब्युरोले उद्धार गरिदिन्छ की भन्ने आशामा विक्रम जस्तै सिन्धुपाल्चोककी विपना दुलाल ९नाम परिवर्तन० पनि ब्युरो पुग्नुभएको छ । उहाँ पनि म्यानमारमा चिनियाँको यातना भोगिरहेका आफ्ना श्रीमानलाई फर्काइपाउँ भन्दै ब्युरो पुग्नुभएको हो ।

रुकुम पश्चिमबाट हराएका तीन जना बालक सल्यानमा फेला

१३ श्रावण  देवानगंज :रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–१ का १२ वर्षका आयुष किरण बि।क।, १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहाममा सकुशल फेला परेका हुन् ।

उनीहरु साउन ९ गते बेलुका ६ बजेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आफन्तले बालक हराएको जानकारी गराएपछि खोजी थालिएको थियो । रुकुम पश्चिमको मुसीकोटबाट बसमा चढेका उनीहरु सल्यानसम्म पुगेका थिए । फेला परेका तीनै जना बालकलाई अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।