म्यानमारमा ठगिनेहरुका आफन्तको रोदन पैसा नदिए घर फर्किन पाउँदैनस् भन्छन्
१३ श्रावण २०८०, शनिबार ०८:३३
काठमाण्डौ – काभ्रेका विक्रम तामाङ नाम परिवर्तन बुधबार मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा पुग्नुभएको थियो । चिनियाँ आपराधिक समूहले म्यानमारमा बन्धक बनाइराखेका आफ्नो भाइलाई कसरी उद्धार गर्न सकिन्छ भनेर बुझ्न उहाँ काठमाण्डौको बबरमहलमा रहेको ब्युरोमा पुग्नुभएको हो ।
उहाँको भाइ म्यानमार गएको झण्डै एक वर्ष भयो । त्यहाँ जानुभन्दा पहिले काठमाण्डौमा एनसेलको कम्पनीको कल सेन्टरमा काम गरिरहेका थिए । त्यहीबेला उनले चिनियाँ कम्पनीमा काम गर्ने अवसर छ भन्नेबारे साथीभाइबाट सुन्नुभयो । कल सेन्टरकै काममा थाइल्याण्ड जान पाइने र लाखौँ रुपैयाँ कमाइ हुने भनेपछि उहाँले चिनियाँ टोलीलाई डेढ लाख रुपैयाँ बुझाए । विक्रमका अनुसार उहाँको भाइसँगै दश जनाको टोलीले पैसा बुझाएको थियो । पर्यटन भिसामा थाइल्याण्ड गएका उनीहरुलाई त्यहाँबाट बसमा राखेर म्यानमार पुर्याइयो । त्यहाँ लगेर सिधै एक ठूलो अपार्टमेन्टमा राखियो । काम गर्ने लगायत खान बस्न सबै व्यवस्था अपार्टमेनटमै थियो । तर त्यहाँ उनीहरुलाई कल सेन्टरको काम भनेर अरुलाई ठग्ने काम अर्थात् ‘अनलाइन स्क्यामिङ’मा लगाइयो ।
कतिपयलाई त सुरुसुरुमा आफू ठगी कार्यमा लागेको छु भन्ने नै थाहा भएन । काम गर्दै जाँदा महिनादिन बितेपछि आफूहरुलाई अनलाइन ठगी गर्ने धन्दामा काम लगाइएको थाहा पाउन थाले । तर काम चलिरह्यो, कमाइ पनि भइरह्यो । सुरुमा समस्या भएन । चार पाँच महिनासम्म त नियमित तलब पनि आयो । महिनाको एक लाख रुपैयाँ । तर पछि आधा तलब दिन थालियो । तर बिस्तारै चिनियाँ टोलीले नेपाली युवालाई श्रम शोषण गर्ने र यातना दिन थाले । विक्रमले आफ्नो भाइसँग कुरा गर्दा थाहा पाएअनुसार दिनमा १८ घण्टाभन्दा बढी काममा लगाउँछन् । कसैले अनलाइन स्क्यामिङ गर्न नसके तलब रोकिदने, गाली गर्ने, करेन्ट लगाउने सम्म गर्छन् ।
१८ घण्टा काम गराउँछ रे । थकाइ लाग्यो भन्दा पनि गाली गर्ने रिसाउने गर्छन् रे’ विक्रम भन्नुहुन्छ, ‘काम गर्न सक्दैन भने पनि करेन्ट लगाउँछन् रे ।’
यसरी काम गर्न जानेहरुसँग एक वर्षको सम्झौता गरेकाले बीचमा कोही फर्किन सकेनन् । सम्झौता सकिनासाथ घर फर्किन्छु भनेर बसेका थिए । तर सम्झौता गरेअनुसार एक वर्ष बितेपछि पनि चिनियाँ टोलीले घर पर्किन दिएको छैन । पैसा बुझाएर मात्र घर फर्किन पाउने भनिरहेका छन् चिनियाँले । घर जानको लागि १०र१२ लाख रुपैयाँ माग्ने गरेको बताउनुहुन्छ पीडितका दाइ विक्रम ।
vदश लाख रुपैयाँ तिरे मात्रै नेपाल जान पाउँछौ भन्छन् भन्दै थियो भाइले, हामीसँग त त्यत्रो पैसा पनि छैन अब कसरी फर्काउने’, विक्रम भन्नुहुन्छ, ‘एक त भाइलाई पाँच महिनाभन्दा बढीको पैसा दिएको छैन, त्यसैमाथि यत्रो पैसा मागिराछन्, अब हामीले कहाँबाट ल्याउने पैसा रु’
ब्युरोले उद्धार गरिदिन्छ की भन्ने आशामा विक्रम जस्तै सिन्धुपाल्चोककी विपना दुलाल ९नाम परिवर्तन० पनि ब्युरो पुग्नुभएको छ । उहाँ पनि म्यानमारमा चिनियाँको यातना भोगिरहेका आफ्ना श्रीमानलाई फर्काइपाउँ भन्दै ब्युरो पुग्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया