दुर्घटनामा आठ जनाको मृत्यु – Nagarikabhiyan : National News

दुर्घटनामा आठ जनाको मृत्यु

राजविराज । सप्तरी जिल्लामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ ।

पछिलो दश दिनको अवधिमा जिल्लाको बिभिन्न ठाउँमा भएको छुटाछुटै सवारी दुर्घटनमा परि करिब ८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

सप्तरीको कंचनरुप नगरपालिकामा गएराती मात्रै दुर्घटनामा परि एक जना पैदल यात्रीको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. १२ बस्ने पैदलयात्री ३६ बर्षिय ईसराफिल अली रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको स. १ ह. ८३८ नम्बरको अटो रिक्साले उनलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटना स्थलमै नै मृत्यु भएको छ ।

यता घटना बारे अनुसन्धान भइरहेको प्रहरीको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दुई दिन अगाडी मात्रै बस र मोटरसाईकल दुर्घट्ना हुदा सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. ३ स्थित रामजानकी मन्दिर नजिक एक जना मोटरसाइकल चालकको समेत ज्यान गएको थियो ।

पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना.४ ख. १५३४ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको स.१० प.६६३४ नंम्बरको मोटरसाईकललाई मोटरसाईकल चालक सप्तरीको बोदेबर्साई नगरपालिका वडा नं.८ काचन बस्ने ३२ बर्षीय भुनेश्वर चौधरीको घटनास्थमा नै मृत्यु भएको प्रहरीले जनाएको ।

सो दुर्घटनमा बस चालक सिरहाको सुखिपुर नगरपालिका १० सुखिपुर बस्ने ४५ बर्षिय पवन कुमार दासलाई नियन्त्रमा लिएर कार्याही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।

त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेज नहरको छेउमा बिहीबार भएको मोटरसाइकल दुर्घटनमा परि मोटरसाइकल चालक जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ३ सखरपुरा का ३० बर्षिय शिव कुमार मुखियाको मृत्यु भएको छ ।

कोशी मेला गरि पुर्वबाट पश्चििम आफनो घरतर्फजाँदै गरेका ३ जना सवार स.३प. ३०४७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउमा बिग्रेर राखेको पुरानो रोलरमा ठोकिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनमा घाइते भएका मुखियालाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लगिएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडी सबार सोही ठाउँका २० बर्षीय राम कुमार मुखिया र २५ बर्षिय राम अवतारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीको पश्चिमी भेग खडक नगरपालिकामा पनि आइतबार ट्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ ।

कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँका दुर्गा भगतको १२ वर्षीय छोरा विशाल भगतको मृत्यु भएको प्रहरी नायव उपरिक्ष भुवनेश्वर साहले जानकारी दिनुभयो ।

यस्तै बोदेवरसाइन–बिष्णुपुर सडक खण्ड अन्र्तगत सप्तरीको बोदेबर्साईन नगरपालिका २ स्थित जोगियामा मोटरसाइकल दुर्घटनामा खडक नगरपालिका वडा नं. ८ का १८ बर्षीय सुदिप चौधरीको मृत्यु भएको छ ।

बिष्णुपुरबाट बोदेबरसाईन तर्फ जादै गरेको ३ जना सवार प्रदेश न.२–०१–००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा परि मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ८ बस्ने २७ बर्षीय सनी चौधरी र मोटरसाइलको पछाडी सवार १८ बर्षीय दिबेश चौधरीको टाँउको र शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएका छन ।

यसैगरी सप्तरीको कंचनरूप नगरपालिका वडा नं. ११ ठेलीया टोलको नहरमा एक्कासी ट्याक्टर पलटेर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा पर्ने दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश नं.०२ –०१००१ त ००३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रत भई पल्टीदा सो ट्याक्टरमा सवार सोही ठाउँका १८ बर्षीय राम असिष रामको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा परि ट्याक्टरमा सवार स्थानिय १६ बर्षीय कृष्ण साह, १७ बर्षीय बिशाल राम, १७ बर्षीय सुनिल कुमार रामको खुटा पेट र टाउँकोमा चोट लागेर घाइते भएका थिए ।

सप्तरीको खडक नगरपालिका स्थित हुलाकी सडकमा मोटरसाइकल भएको दुर्घटनामा परि दुई समेत जनाको मृत्यु भएको थियो । छ भने एक जना घाइते भएका छन ।

मृत्यु हुनेमा खडक नगरपालिका वडा नं. ११ निवासी २१ बर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडी सावार २५ बर्षिय अरबिन्द यादव रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश नं. २ –०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल चालक साह सहित ३ जना सवार मोटरसाइकल हुलाकी सडक खण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफे अनियन्त्रित भई दुर्घटना भएको थियो ।