१८ माघ २०७७, आईतवार १६:४२ – Page 2 – Nagarikabhiyan : National News

सिगानाको सुन्तला चैतमा बिक्री गरिने

बलेवा । कोरोना महामारी नभएको भए यतिबेला बागलुङ नगरपालिका-८ सिगानामा सुन्तला उत्सव हुन्थ्यो ।

किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ ।

सुन्तला गाउँका रुपमा परिचय कमाएको सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल लिन भ्याइनभ्याइ छ । बोटमै आउने व्यापारी र गाउँछेउका उपभोक्तालाई सुन्तला तौल गरेर बिक्री गर्दा दिन बित्ने गरेको किसान बताउँछन् ।

यतिबेला चिसो बढ्दै छ । सुन्तलाको गुणसमेत चिसो भएकाले बगानमा पुग्ने जो कोहीले किसानलाई गर्मी मौसमका लागि सुन्तला राख्न सुझाउँछन् । किसान टोपबहादुर खड्का भन्छन्, ‘धेरै सञ्चित गरेर राख्ने ठाउँ छैन थोरैथोरै राखेका छौँ ।’

टोपबहादुरको आफ्नै शीतभण्डार छ । अहिले बगानबाट प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको सुन्तला दुई महिना मात्रै सुरक्षित राख्न सके चैत–वैशाखको समयमा तीन गुणा बढी मूल्य पर्ने उनले सुनाए ।

उनीजस्तै सुन्तला फलाएका किसान सबैले आफ्नै लगानीमा शीतभण्डार बनाउन सक्दैनन् । पछिल्लो पटक गणेश व्यावसायिक कृषि सहकारीले किसानलाई शीतभण्डार बनाउन सहयोग गरेको छ । दुई वर्ष पहिला गण्डकी प्रदेश सरकारले यहाँ शीतभण्डार निर्माणका लागि ३० लाख रुपैयाँ अनुदान दिएको थियो ।

सरकारको अनुदान, किसानको श्रमदान र वडा कार्यालयको थप सहयोगमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण भएको स्थानीय किसान गणेश थापाले बताए । ‘यो त सानो भण्डार हो, यहाँ सुन्तला धेरै फल्छ’, थापाले भने, ‘सबै सुन्तला सुरक्षित राख्ने गरी यस्ता पाँच/छ वटा चिस्यान केन्द्र बनाउनुपर्छ ।’ सिगानामा बनेको चिस्यान केन्द्रले धेरै थोरै किसानलाई सघाएको छ ।

गत वर्ष चिस्यान केन्द्रमा राखिएको झण्डै ८ टन सुन्तला कुहिएर गयो । विद्युतमा आइरहने समस्याका कारण सुन्तला कुहिएको किसान सुरेन्द्र खड्काले बताए । ‘वैकल्पिक व्यवस्था नहुँदा बिजुली जाँदा चिस्यान केन्द्र तातेर सुन्तला कुहिए’, खड्काले भने, ‘यो वर्ष थोरै राखेर सुरक्षित गर्ने योजनामा छौँ ।’ किसानले समस्या बताएपछि बागलुङ नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रबन्ध गर्न थालेको छ ।

छ लाख खर्चेर जेनेरेटरको व्यवस्था गरेको नगरप्रमुख जनकराज पौडेलले बताए। ‘हामी सिगानमा सात वर्षमा दुई लाख सुन्तलाका बिरुवामा फलाएर आठ अर्ब रुपैयाँ भित्र्याउने लक्षमा छौँ’ पौडेलले भने, ‘किसानको अवश्यकता पूरा गर्न सधैं तयार छौँ ।’ चिस्यान केन्द्रमा राखिएको सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायतका स्थानमा गर्मी समयमा बिक्री हुने गरेको छ ।

गत वर्ष सिगानाका सुन्तला किसानले दुई करोड रुपैयाँ भित्र्याएका थिए । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिँदा किसान मर्कामा परे । यो वर्ष उत्पादनमा कमी आएकाले चिस्यान केन्द्रमार्फत महँगोमा बेच्ने दाउमा उनीहरु छन् । ‘एउटै चिस्यान केन्द्रले हामीलाई आशावादी बनाएको छ’, खड्का भन्छन्, ‘अझै ठूलो परिणाममा सुन्तला राख्न सक्ने चिस्यान भए, फलेकामध्ये आधा सुन्तला गर्मी मौसममा बिक्री हुन्थ्यो ।’

यस वर्ष १० टन सुन्तला चिस्यान केन्द्रमा राखिएको किसानले बताए । वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । ती बिरुवामा फल लाग्दा थप चिस्यानको आवश्यकता पर्ने वडाध्यक्ष राजन जिसीले बताए ।

वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । सुन्तला लगाउँदा गुमेको कृषिउपज बराबरको रकमसमेत नगरपालिकाले दिएको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।रासस

मृत्युसँग दुई पटक भएको थियो प्रीति जिन्टाको सामना, बालबाल बचेकी थिइन् नायिका

एजेन्सी ।  बलिउडकी डिम्पल गर्ल भनेर चिनिने नायिका प्रिती जिन्टा जनवरी ३१ मा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । नायिकाको जन्म हिमाचल प्रदेशस्थित शिमलामा ३१ जनवरी सन् १९७५ मा भएको थियो । प्रिती जब १३ वर्षकी थिइन् तब उनका पिता दुर्गानन्द जिन्टा एक कार दुर्घटनामा बितेका थिए । यो दुर्घटनामा प्रितीका आमा पनि नराम्रोसँग घाइते भएकी थिइन् । बाल्यकालदेखि नै यी दुर्घटनालाई देख्दै आएकी प्रिती आफैं पनि दुई पटक मृत्युको मुखबाट बालबाल बचेकी थिइन् । आज उनको जन्मदिनमा हामी नायिकामाथि भएका ती दुर्घटनाबारे कुरा गरौं जुन प्रितीको जीवनको टर्निङ पोइन्ट साबित भयो ।

इन्डिया टुडे कनक्वेव सन् २०१८ मा प्रिती जिन्टाले आफूमाथि भएको एक भयानक दुर्घटनाबारे कुरा गरेकी थिइन् । उनले सन् २००४ मा आएको सूनामीको बयान गरेकी थिइन् । सूनामीमा प्रितीले आफ्ना निकै नजिकका साथी गुमाएकी थिइन् ।

नायिकाले भनिन्, ‘म त्यो सूनामीमा मृत्युको निकै नजिक थिएँ । त्यतिबेला म फुकेटमा थिएँ । मेरा धेरैजसो साथीहरु त्यो सूनामीमा बिते । बाँच्नेमा म एक्लो थिएँ । भगवानले उनीहरुको आत्मालाई  शान्ति दिउन् । त्यो निकै मुश्किल समय थियो  ।’

सूनामीको भयानक लहरमा आफ्नालाई गुमाउनु प्रितीको जीवनका लागि एउटा ठूलो टर्निङ पोइन्ट थियो । नायिका आफैंले यसबारे चर्चा गरिन् । उनले भनिन्, ‘मैले सोचिरहेँ कि म किन बाँचे । त्यसैले मैले सोचेँ कि मैले आफ्नो जीवनमा त्यहि गर्नुपर्छ जुन म साँच्चै गर्न चाहन्छु ।’

यो घटनापछि नै प्रितीले इन्डियन प्रिमियर लिग जोइन गरेकी थिइन् । प्रिति जिन्टाले भनिन्, ‘मैले ब्रेवरी अवार्डका बेला ललित मोदीलाई भेटेँ । म यसको ब्रान्ड एम्बेसडर थिएँ र ललित मोदीको पूरा परिवार यसमा समावेश थिए । हामी पछि कफीका लागि भेट्यौं र उनलाई आफूले स्पोर्टस् स्कूल खोल्न चाहेको बताएँ  । स्पोर्टस् स्कूल खोल्नु मेरो र मेरो पिता दुबैको सपना थियो । त्यतिबेला मलाई थाहा थिएन कि स्पोर्टस् स्कूल खोल्नका लागि हजार करोड भारुको आवश्यकता पर्छ ।’

यससँगै प्रितीले सोधिन्, ‘जब आइपिएलको बिडिङ भएरहेको थियो तब उनले (ललित मोदी) ले फोन गरे र आइपिएल जोइन गर्नेबारे सोधे । सबैले अस्विकार गरिदिएका थिए तर मैले यसबारे सोचेँ । जब मलाई म यो गर्न सक्छु भन्ने लाग्यो तब मैले आइपीएलका लागि हुन्छ भनिदिएँ ।’

सूनामी अघि पनि प्रितीले अर्को एउटा घटनाको सामना गरेकी थिइन् जसमा उनी बालबाल बचेकी थिइन् । यो दुर्घटना सन् २००४ कै थियो । त्यतिबेला उनी श्रीलङ्काको कोलम्बोमा टेम्टेशन कन्सर्टमा अन्य बलिउड सेलिब्रिटीसँगै थिइन् । अचानक त्यहाँ बिस्फोट भए जसमा धेरैको मृत्यु भएको थियो । यो घटनामा प्रिती र अन्य सेलिब्रिटीले मृत्युलाई निकै नजिकबाट देखे ।

प्रितीको निजी जीवनबारे कुरा गर्ने हो भने नायिकाले सन् २९ फेब्रुअरी सन् २०१९ मा आफ्ना प्रेमी जीन गुडएनफसँग विवाह गरिन् । उनीहरुको विवाह लस एन्जलिसमा एक नीजि समारोहमा सम्पन्न भएको थियो ।

किन लगाउदै छ सेनाको बख्तरबन्द गाडीले भोलि राति चक्रपथको चक्कर ?

काठमाडौं। नेपाली सेनाको बख्तरबन्द गाडीले माघ १९ (भोलि) राति काठमाडौंको चक्रपथको चक्कर लगाउने भएका छन् । नियमित अभ्यास योजना अनुसार यस्तो गर्न लागिएको सेनाले जनाएको छ । ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको,’सेनाले विज्ञप्तिमार्फत भनेको छ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराए । सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ ।

सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस (पत्रसहित)

काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् ।

३० पुस विहान बसेकोपरिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बोलाइएको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएका थिए । बैठकपछि तिमल्सिनाले नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताएका थिए ।

तर ५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।

तर आइतबार सभामुख सापकोटाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् । अनलाइनखबर उनले संसदीय सुनुवाई गर्नसक्ने अवस्था नरहनुका साथै मुल ऐनको दफा ६ को उपदफा -१) र -२) बमोजित बैठकबारे आफूलाई जानकारी नै नदिई बैठक बसेर निर्णय गरेको, जुन सर्वोच्चले फैसलाविपरित भएको समेत बताएका छन् ।

संवैधानिक परिषदले गरेको यो नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन समेत छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार संवैधानिक इजलासमा कसको तर्क कस्तो ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ रिट निवेदनमध्ये आइतबार एकैदिन संवैधानिक इजलासमा पाँचवटा रिट निवेदनमाथि निवेदक पक्षको बहस सकिएको छ ।

आइतबार संवैधानिक इजलासमा नवौं रिट निवेदनमाथिको बहस सुरु भएको थियो । इजलासले कानुन व्यवसायीलाई बहसका लागि बढीमा १५ मिनेटमात्र समय उपलब्ध गराएसँगै आइतबार एकै दिन पाँचवटा रिट निवेदनमाथिको बहस सकिएको हो ।

आइतबार बहसका क्रममा रिट निवेदकसमेत रहेका अधिवक्ता कमलबहादुर खत्रीले चुनाव गर्ने नियतका साथ प्रतिनिधिसभा विघटन नभएको तर्क गरे । आफ्नो नेतृत्वको सरकार संकटमा पर्ने महसुस गरेर बद्नियतपूर्वक प्रतिनिधिसभा विघटन भएको जिकिर गर्दै उनले प्रश्नसमेत गरे, ‘केपी ओली सधैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छ र ?’

संविधानको प्रस्तावना मै राजनीतिक स्थिरताका लागि आवधिक निर्वाचनको व्यवस्था गरिएको भन्दै उनले देश र जनताको हितका लागि संसद जोगाउने अधिकार संवैधानिक इजलासमा रहेको प्रस्ट पारे ।

अर्का रिट निवेदक एवं अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले संसदीय अभ्यासबाट प्रधानमन्त्री भाग्न नमिल्ने बताए ।

युरोपेली युनियनमा बस्ने कि अलग्गिने भन्ने सवालमा त्यहाँको संसदमा मतदान हुँदा ६२ प्रतिशतले जनमत संग्रह गर्नुपर्छ भनेपछि मात्र जनमत संग्रह भएको जिकिर गर्दै उनले लोकतन्त्रमा संसदीय अभ्यासको ठुलो महत्व रहने प्रस्ट पारेका थिए ।

कुनै विषम परिस्थितिका लागि जनताको मत लिनुपर्ने अवस्था आएमा मात्र मध्यावधि निर्वाचनमा जाने अन्तर्राष्ट्रिय संसदीय अभ्यास रहेकोतर्फ पनि उनले इजलासको ध्यानाकर्षण गराए । नेपालमा त्यसप्रकारको अवस्था नरहेको उल्लेख गर्दै उनले प्रश्न गरे– के युद्धमै जानुपर्ने अवस्था आएको हो र ? केका लागि ताजा जनादेश चाहियो ?

प्रधानमन्त्रीबाट संसदमाथि नै जालसाजी भएको उनको तर्क थियो ।

अधिवक्ता खिमानन्द अधिकारीले छोराले अंश माग्दा बाबुले छोरालाई नै सिध्याउन खोजेजसरी प्रतिनिधिसभा विघटन भएको जिकिर गरे ।

रिट निवेदक एवं अधिवक्ता अमिता गौतमले संविधानको प्रस्तावना मै स्थिर सरकारको अपेक्षा गरिएको भन्दै प्रतिनिधिसभा विघटनको परिकल्पना नगरिएको तर्क गरिन् ।

आइतबार रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्ने क्रम सकिएको छ । सोमबारदेखि सरकार पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।रातोपाटी

इजरालयमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ ।  गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ ।

मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ ।

इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् । –सिन्ह्वा

केपी ओली हिन्दु राष्ट्र बनाउने अभियानमा लागेको आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै बताए । उनले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको समेत बताए ।

प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनको भनाइ छ ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् ।

विघटित प्रतिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरित जाने कदमका विरुद्ध लागिरहने बताइन् ।
पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले सरकार पाकेको फलझै झर्ने उनको भनाइ छ ।रातोपाटी

हुम्लाको लिमीमा माइनस १४ डिग्रीमा नियमित पठनपाठन

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ ।

कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ रोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् ।

विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताए । यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।

मुख्यमन्त्री राई बिरुद्द अ’ख्तियारमा पर्यो यस्तो उजुरी, के हुन्छ अब ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीबाट विजयी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सुधार ऐनलाई चु’ नौती दिँदै तामझामसहित आफ्नो बिहेको प्रीति भोज गरेका छन् ।

संखुवासभा मूल घर काठमाडौं बस्दै आएकी २३ वर्षीया पूर्वमिस मंगोल तथा मोडल ज्याङ्मु शेपासँग ५० वर्षको उमेरमा ११ माघमा विवाह गरेका मुख्यमन्त्री शेरधन राईले शुक्रबार विराटनगरस्थित मनास्लु होटेलमा तामझामसहित प्रीतिभोज आयोजना गरेका थिए ।

प्रीतिभोजमा प्रदेश १ भरिका सिडिओ, प्रहरी, कार्यालय प्रमुखदेखि नेता, मन्त्री, सांसद, पत्रकार र शुभेच्छुकसहित करिब दुई हजारजना सहभागी थिए । मुख्यमन्त्री राईले कोरोना संक्रमणकालमा तामझामसहित बिहेभोजको आयोजना गर्नु सामाजिक सुरक्षा ऐनको खिल्ली उडाएको सर्वसाधारणहरूले बताएका छन् । मुख्यमन्त्रीको तमास बिरुद्द अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी परेको श्रोतको भनाई छ।

कोरोना रोकथाममा सर्वसाधारण नागरिक र कर्मचारीबाट चन्दा संकलन गरेका मुख्यमन्त्री राईले शाही शैलीमा बिहे गरेर समाजिक संस्कारलाई झन् खर्चिलो र भड्किलो बनाउन प्रेरित गरेको सर्वसाधारण बताउँछन् ।

मुख्यमन्त्री राई आफैँ पनि सदाचारी आचरण पालना गर्नुपर्ने कम्युनिस्ट पार्टीका नेतासमेत भएकाले उनको भड्किलो बिहेले सांस्कृतिक आचरणमा प्रश्न थपिएको छ । सामाजिक सुधार ऐनअनुसार ५० जनाभन्दा बढी जन्ती लगेर भड्किलो खर्च गरेर बिहे गर्न प्रतिबन्ध लगाइएको छ ।खबर सेन्टरबाट

कांग्रेसका १३ भातृ संगठनको अपिल : ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा जुटौँ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठनहरुले सरकारको असंवैधानिक कदमका विरुद्ध प्रदर्शनमा उत्रन सबैलाई अपिल गरेको छ ।

कांग्रेसका १३ वटै भातृ संगठनले संयुक्त अपिलमार्फत प्रदर्शनमा सहभागी हुन सबै सदस्यहरु, शुभचिन्तक र जनसमुदायमा अपिल गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ७७ वटै जिल्लामा एकसाथ हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।

प्रचण्डको ‘धोती खुस्काए’ ओलीले, यस्तो छ जंगलदेखि दिल्लीसम्म छुपेको राज!

काठमाडौं । औपचारिक रुपमा विभाजन हुन बाँकी नेकपाका केपी ओली र प्रचण्ड-नेपाल समूहले एकअर्कालाई नंग्याउन दिनहुँ शब्दवाण प्रहार गरिरहेका छन् ।

जनताले भने एकअर्काको पोल खोलाखोलबाट मनोरञ्जन त लिइरहेका छन् साथै नेताको इतिहासको सूचना पनि पाइरहेका छन् । एक अर्काले आरोप प्रत्यारोपका रुपमा भने पनि त्यसमा इतिहाससँग जोडिएका सूचना बाहिर आइरहेका छन् ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धोती खुस्किनेगरी पोल खोलेका छन् ।

उनले आफ्नो आरोपमा जनयुद्धमा जंगलदेखि दिल्लीसम्मको राज खुलासा गरेका छन् ।

ओलीले भनेका छन् :

पुष्पकमल दाहालजी जनयुद्धका बेला भारतमा लुकेर बसेका थिए । प्रचण्डको अब जाने ठाउँ कतै छैन । प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन। प्रचण्ड हिजो जंगलमा बसेको होइनन् । हिजो जंगलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो। जंगलमा अरुलाई बसाउनु भयो।

आफूहरु जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो । उहाँहरुका लागि समाजवाद त आइसक्यो। उहाँको परिवारका लागि मात्र होइन घरबेटीका लागि पनि समाजवाद आइसक्यो । हिजो जनयुद्ध लडेकाहरुलाई त समाजवाद आएको छैन।

प्रचण्ड नेपालहरु बाहिरिएपछि सबैभन्दा अनुशासित पार्टी बनेको छ । सबैभन्दा अनुशासित पार्टी आज हाम्रो पार्टी हो। हिजो सबै भन्दा अराजक पार्टी हाम्रो थियो। किन रहेछ भनेको त्यही पिलो रहेछ। किन टनटन गर्या छ भन्या त्यही पिलो रहेछ ।

उत्तरी सिरियामा शक्तिशाली बम विष्फोट, कम्तीमा पाँच जनाको मृत्यु

उत्तरी सिरियाको अफ्रिन सहरमा भएको शक्तिशाली कार बम विष्फोटमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ । टर्कीको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार अफ्रिनको औद्योगिक केन्द्रमा शनिबार उक्त विष्फोट भएको हो । उक्त घटनामा २२ जना मानिसहरु घाइते भएका छन् ।

टर्कीको एक स्थानीय सञ्चारमाध्यमले भने स्थानीय स्रोतलाई उद्धृत गर्दै उक्त घटनामा परी ६ जनाको मृत्यु भएको बताएको छ भने कम्तीमा २५ जना मानिसहरु घाइते भएको दाबी गरेको छ । अहिलेसम्म यो आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । यद्यपि टर्कीको रक्षा मन्त्रालयले भने यो आक्रमण सिरिया कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी)का लडाकुले गराएको आरोप लगाएको छ ।

सन् २०१८ मा नै टर्कीको सैन्य आक्रमणमा वाईपीजीका लडाकुहरु सकिएको दाबी गरिएको थियो । तर, उक्र सहर र सो क्षेत्रका अन्य केही भागमा नियमितरुपमा यस किसिमका विष्फोट हुँदै आएका छन् ।

कोरोनाविरुद्धको लडाइँमा भारत अगाडि बढ्दै, कोभिशिल्डलाई माल्दिभ्सले पनि अनुमति दियो

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो ।

चीनको बिजिंग सहरमा कोरोना भाइरसको महामारी फेरी फैलिने खतरा,स्र्पी्रग फेस्टेबल नमनाउन आग्रह एक करोड खोप अफ्रिकी देशहरुलाई दिने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता,नेपाल सहित छिमेकी मुलुमलाई ५५‘ स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।

खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ । त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।

माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ ।

ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाैं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।

पर्वतका आठ मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरीचौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका थिए । मङ्गलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताए। रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको बताउछन् ।

दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उनको कथन छ । श्रीसले गाउँमै मजदूरीको काम गर्दै आए पनि दिनको रु एक हजार पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताए । लगातार पाँच दिन कालोपत्र सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । “पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्याैं, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो”, उनले भने ।

३ दिन पनि टिकेन प्रधानमन्त्री ओलीले बोली, चितवन पुगेर यसरी सच्याए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिन नहुँदै आफुले दिएको एक अभिब्यक्ति सच्याएका छन् । उनले तीन महिनाभित्र सबै नेपालीले खोरोनाविरुद्धको खोप प्राप्त गर्ने सक्ने भन्दै दिएको अभिव्यक्ति सच्याएका हुन् ।

गत बुधबार खोप अभियानको उद्घाटन गर्दै उनले तीन महिना भित्रमा सबै नेपालीले खोप लगाउन पाउने अभिब्यक्ति दिएका थिए । तर त्यो अभिब्यक्ति दिएको तीन दिन नहुँदै उनले सच्याएका छन् । उनले दिएको अभिव्यक्ति फेर्दै उनले अब एक वर्षमा सबै नेपालीले कोरोनाको खोप पाउने बताएका छन् ।

उनले शनिवार चितवनमा भएको कार्यक्रममा सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् । उनले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने पनि बताए ।

भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ।हिमाली दैनिक

सुरेन्द्र पाण्डेको आशंका : ‘ओलीको सभामा राजावादीको सहभागिता र हिन्दु राष्ट्र घोषणा हुनसक्छ’

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले माघ २३ गते नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले गर्ने जनसभामा राजावादीहरुको सहभागिता हुने बताएका छन् ।

संसद विघटनको विरुद्धमा माइतीघरमा भइरहेको धना कार्यक्रममा नेता पाण्डेले ओली समूहको सभाहरुमा राजावादीहरुको सहभागिता भइरहेको भन्दै यी भेलाहरु धर्म निरपेक्षताको विरुद्धमा रहेको बताएका छन् ।

नेता पाण्डेले २३ गतेको सभामा राजावादीहरुको उल्लेख्य सहभागिता रहने र प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र घोषणा गर्ने सूचनाहरु आइरहेको भन्दै ओलीले यस्तो कार्य गर्नसक्ने आशंका व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको कदमले दक्षिणपन्थीहरु खुशी भएको भन्दै पाण्डलेले ओलीले संघीयता र धर्मनिरपेक्षताको मर्ममा पटक पटक प्रहार गरेकाले उनले हिन्दु राष्ट्र घोषणा पनि गर्नसक्ने बताए ।नागरिक खबर