कांग्रेसका १३ भातृ संगठनको अपिल : ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा जुटौँ
१८ माघ २०७७, आईतवार १४:३६
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठनहरुले सरकारको असंवैधानिक कदमका विरुद्ध प्रदर्शनमा उत्रन सबैलाई अपिल गरेको छ ।
कांग्रेसका १३ वटै भातृ संगठनले संयुक्त अपिलमार्फत प्रदर्शनमा सहभागी हुन सबै सदस्यहरु, शुभचिन्तक र जनसमुदायमा अपिल गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ७७ वटै जिल्लामा एकसाथ हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया