१८ माघ २०७७, आईतवार १३:४३ – Page 3 – Nagarikabhiyan : National News

आफ्नै पार्टीबाट ओलीलाई कारबाही गर्ने तयारी , प्रधानमन्त्री पद चैट …

बिराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन् ।

 

‘संविधानअनुसार प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको छ,’ प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित सभामा उनले भने, ‘त्यसैले संविधानले दिएको अधिकार प्रयोग गरेर सभामुखको अध्यक्षतामा संसद्को बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्छौं ।’ उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए ।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे । ‘प्रधानमन्त्री ओलीको सेटिङ भत्काएर अब जनताको सेटिङ हुन्छ,’ उनले भने, ‘त्यसका लागि पुनः एकपटक जुर्मुराएर सबै उठ्नुको विकल्प छैन ।’

आफ्ना छोराछोरी र ज्वाइँलाई मात्रै हेरेको र आमनागरिकलाई नहेरेको प्रधानमन्त्री ओलीको आरोपबारे एक कार्यकर्ताले पत्रमार्फत गरेको प्रश्नमा दाहालले ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु गल्ती हो ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ । त्यो मेरो दोष हो ? मैले आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडें, त्यो मेरो दोष हो ?’ उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ ।’

नेकपा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति हाबी भएको बताए । प्रधानमन्त्री ओलीले वकिल, पत्रकार, नागरिक समाज, पूर्वप्रधानमन्त्रीहरूलाई अपमान गरेको उनको भनाइ थियो । ‘जनताले सबै तानाशाहलाई उखालेर फालेका छन्,’ उनले भने, ‘जनताका सामुन्ने बिचरा प्रधानमन्त्री ओली कति दिनसम्म टिक्छन् ?’ प्रधानमन्त्री ओलीले पहिलो धक्का निर्वाचन आयोगबाट पाइसकेको नेपालको भनाइ थियो ।

नेकपाका अर्का नेता झलनाथ खनालले प्रधानमन्त्री ओली महाभारतका आधुनिक सकुनी भएको टिप्पणी गरे । ‘जसरी सकुनीले यदुवंशीको विनाश गरे त्यसरी नै प्रधानमन्त्री ओलीले कम्युनिस्टलाई विनाश गर्न खोजेका छन्,’ उनले भने, ‘जनताले महाभारतका सकुनी जस्तै प्रधानमन्त्री ओलीलाई पनि कथामा सीमित गर्ने बेला आइसकेको छ ।’

अर्का नेता योगेश भट्टराईले कांग्रेस सत्ता स्वार्थमा लागेकाले अलमलमा परेको बताए । ‘प्रतिनिधिसभा र जनताको संविधानको हत्या भएको अवस्थामा सबैले आ–आफ्ना कित्तामा उभिनु आवश्यक छ,’ उनले भने ।

 

सुदूरपश्चिम क्षेत्रमा पुराना सुनका गहना लोप हुँदै

अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् । पुराना सुनका गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको पाइन्छ । यस क्षेत्रका बुढापाका महिलाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।

सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि विपन्न परिवारका महिलाले त्यस्ता गहना प्रयोग गर्न छाडेको सुनचाँदी व्यवसायीको रमेश सुनारले बताए । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने भए पनि अन्य गहना भने लोप हुने अवस्था आएकाले पुरानो सांस्कृति नै लोप हुने अवस्थामा पुगेको सिद्धबाबा सुनचाँदी पसलका सञ्चालका अर्जुन सदाशङ्करको भनाइ छ ।

सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना बनाउन जान्ने कामदारको समस्या डडेल्धुरा, डोटी, अछाम र बाजुरामा अभाव रहेको डडेल्धुरा सुनचाँदी व्यवसायी सन्दिप सिजापतिले जानकारी दिए । सुनका गहना बढी प्रयोग हुने विवाहमा समेत आधुनिक गहनाको प्रयोगले गर्दा मौलिकखाले गहना लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।रासस

नेकपा ओली पक्षको जनप्रदर्शन नारायणहिटी सङ्ग्रहालय अगाडि

काठमाडौं ।  नेकपा केपी ओली पक्षले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा प्रदर्शन गर्ने भएको छ । सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको  सडकमा प्रदर्शन गर्ने भएको हो । सो समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  बताए । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घलेस्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ ।  जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आ–आफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने  कमिटीले जनाएको छ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको ¥यालीसमेत गरिने जनाइएको । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।रासस

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा भौतिक उपस्थितिमा पठनपाठन

पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।

गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

कारोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाटनै पठनपाठन अघि बढाएका थिए । एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिए ।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले  ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ । पुनःनिर्माणपछि सो विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलकोे जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् । नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अङ्ग्रेजीमाध्यममा पढाइ हुने गरेको छ ।  चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो ।  भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । रु ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको थियो । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो । रासस

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

 

 

‘बिहे पास’मा दया र प्रकृतिको जोडी

चलचित्र ‘होस्टेल’मा काम गरेर चर्चा कमाएकी नायिका प्रकृति श्रेष्ठ बिहेपछि अभिनयबाट टाढा भएकी थिइन् । बिहे गरेर अष्ट्रेलियामा रहँदै आएकी प्रकृतिको चलचित्र र म्यूजिक भिडियोमा राम्रो क्रेज थियो । तर, उनी अभिनयबाट टाढा हुँदै अष्ट्रेलियामा नै घरजम गरेर बसिरहेकी छिन् ।

उनै, प्रकृति अब चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किने तयारीमा छिन् । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठ अनुवन्धित भएको निर्माणपक्षले बताएको छ ।

प्रवेशले यसअघि चलचित्र ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ । आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ । सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ ।

‘ओलीसँग मिल्न सकिन्नँ, बिकल्प प्रचण्ड-नेपाल नै हुन्’

धनगढी। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै नै नेकपाका नेता बामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने बताएका छन्। शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा बिघटनको बिरुद्धमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँग टेलिफोन सम्पर्कमा कुरा हुँदा गौतमले छिटै नै प्रधानमन्त्री ओलीको प्रतिगमनकाबिरुद्ध तपाईंहरुसँगै सडक आन्दोलनमा सहभागीता जनाउने बताएको जानकारी दिए। उनले भने, ‘हाल नेता गौतमले थालेको पार्टी एकता अभियान सफल नहुने र तीन महिनाभित्र ओलीको निरङ्कुशता उन्मूलन हुनेछ।’ नेकपा फुटेको नभई केही चोइटिएका हुन्, त्यसले पार्टी एकतामा खासै फरक नपर्ने बताउँदै अध्यक्ष प्रचण्डले केपी ओली कम्युनिष्टमा कुसन्तान भएको बताए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन नभएको बताउँदै केपी ओली सरकार मात्र विघटन भएको चर्चा गरे। प्रतिनिधिसभाको विघटन गरिएको बारे सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन भइकोले आफूहरुले संसद नचलाएको उनको भनाइ थियो। उनले अदालतमा यो मुद्दा नभएको भए दुई तिहाइबाट ओलीलाई हटाइ सक्ने भएपनि अब अदालतले संविधानको मर्म बुझ्ने विश्वास पनि व्यक्त गरे।

त्यस्तै सो बिरोध सभामा बोल्दै अर्का अध्यक्ष माधवकुमार नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने समेत बताए। ‘केपी ओलीको पतन निश्चित छ,’ उनले भने, ‘म्यादी प्रहरीमा भर्ना खुलेजस्तै भर्ना खुलेको थियो। केन्द्रीय सदस्य भएर मख्ख परेका थिए। विचराहरुको टाइँ टाइँ ठिस् भयो। हिस्स बुढि खिस्स दाँत भयो। लाजले भुटुक्कै परेका होलान्। मास्कले नपुग्ने भए बुर्का पनि ओढाइदिनु।’

ओली लोकतन्त्र स्थापनाको आन्दोलनमा नदेखिएको व्यक्ति रहेको बताउँदै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्रको मतलब नै नरहेको बताए। ‘देश भाँडमा जाओस्, केपीलाई मतलब छैन,’ उनले भने, ‘केपीले लोकतन्त्रको हत्या गरेका छन्। प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनमा धकेलेका छन्।’

उनले आधिकारिक पार्टी आफूहरुको रहेको बताउँदै ओलीपक्षमा गएर अन्धकार भविष्य नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे। ‘केपीको नक्कली पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘केपीको पार्टीमा जानु भएको छ भने तपाइँको भविष्य अन्धकार छ। तपाईहरु फर्किहाल्नुस्। उज्यालो भविष्य हामीसँगै छ।’

आफूहरुतिर नफर्किनेहरु केपीसँगै सति जाने बताउँदै उनले भने, ‘त्यसपछि हामीले केही गर्न सक्दैनौं। विचरा सति गएछ भन्छौं।’ अध्यक्ष नेपालले राम्रोसंग पाटी र सरकार चलाउन नसकेको बताए। उनले केपी अब नसुध्रिने पनि बताए।लोकपाटी न्यूजबाट

गृहजिल्लामै निकै कमजोर बने भीम रावल, प्रभावशाली नेता जति सवै ओलीकै साथमा उभिए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समूहका प्रभावशाली नेता डा. भीम रावलको गृहजिल्ला अछाममा नै निकै कमजोर देखिनुभएको छ । रावल आफ्नै निर्वाचन क्षेत्र र जिल्लामा पकड निकै कमजोर बन्दै गएको हो ।

संसद् विघटनपछि नेकपामा आएको विभाजनसँगै अछामका अधिकांश नेताहरुले साथ छोडेपछि रावल जिल्लामै कमजोर बन्दै जानुभएको हो । रावल आफूलाई बलियो देखाउने अभियानमा लागेपनि जिल्लामा अवस्था निकै कमजोर बनेको तथ्यले देखाएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा सामेल हुनुभएको छ ।

रावलको व्यवहार र कार्यशैलीका कारण पाका नेताहरु ओली समूहमा लागेपछि उहाँ जिल्लामा कमजोर अवस्थामा पुग्नुभएको हो । रावलले निर्वाचन लड्दै आएको अछाम निर्वाचन क्षेत्र नम्बर १ स्थायी घर भएका जिल्ला विकास समितिका पूर्वसभापति कृष्णप्रसाद जैशीले ओली समूहलाई साथ दिनुभएको छ । सोही निर्वाचन क्षेत्रमा घर भएका तत्कालीन एमालेका पूर्व जिल्ला अध्यक्ष कमल तिमल्सिनाले पनि नेता रावलको साथ छोडनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पनि ओली समूहमा लागिसक्नुभएको छ । उहाँ रावलकै निर्वाचन क्षेत्र १ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा निर्वाचनबाट विजयी हुनुभएको थियो । संसद् विघटनपछि पार्टीमा देखिएको विभाजनपछि बोहराले प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई साथ दिनुभएको हो । रावलकै निर्वाचन क्षेत्रमा राजनीति गर्दै आएका पूर्व बिना विभागियमन्त्री भीम कडायत पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको छ ।

रावलकै निर्वाचन क्षेत्र नम्बर १ कै मतदाता रहेका तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव डीबी साउदले पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको छ । हाँनलाई नेकपाको ओली नेतृत्वको नेकपाले अछामको जिल्ला सचिवको जिम्मेवारी दिएको छ ।

पूर्वसभासद् भैरे कामीले पनि प्रचण्ड–नेपाल समूहका नेता रावलको साथ छोडनुभएको छ । क्षेत्र नम्बर २ का मतदाता रहेका कामी २०६४ को संविधान सभामा तत्कालीन नेकपा एमालेबाट समानुपातिक सभासद् हुनुहुन्थ्यो । यस्तै अछामको भैसोली क्षेत्रमा प्रभावशाली मानिने तत्कालीन नेकपा एमालेका नेता कटक साउदले पनि ओली नेतृत्वको नेकपालाई साथ दिनुभएको छ । पञ्चदेवल विनायक र कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिका पर्ने भैसोली क्षेत्रमा नेता साउदको बलियो पकड रहेको छ ।

विघटित प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटी र २०६४ मा तत्कालीन एमालेका तर्फबाट संविधान सभा सदस्य पदका उम्मेदवार शिवप्रसाद उपाध्यायले पनि नेता रावलको साथ छाडनुभएको छ । तत्कालीन एमालेका प्रभावशाली नेता चन्द्र बोहरा पनि ओलीको पक्षमा लाग्नुभएको छ । उहाँलाई ओली नेतृत्वको नेकपाले अछामको अध्यक्ष बनाएको छ । विभाजनपूर्वको नेकपा अछामका जिल्ला सचिवालय सदस्य भीम जनाला, एमालेका पुराना कार्यकर्ता मना अधिकारी, तत्कालीन जिल्ला विकास समिति अछामका पूर्व क्षेत्रपाल देवबहादुर कुवँर र पृथ्वी भण्डारीले पनि प्रधानमन्त्री ओलीलाई साथ दिई रावललाई बाइबाइ गर्नुभएको छ ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा र उपमेयर सरिता उपाध्यायले पनि ओली नेतृत्वको नेकपा रोज्नुभएको छ । यस्तै माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका हस्ती मानिने खगेन्द्र रोकाया पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको छ । माओवादी पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याए पनि उहाँ उपेक्षामा पर्दै आउनुभएको थियो । अछाम निर्वाचन क्षेत्र नम्बर १ का झण्डै ५० प्रतिशत र क्षेत्र नम्बर २ का झण्डै ७५ प्रतिशत नेता–कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएपछि रावल तनावमा पर्नुभएको छ । पार्टीका अधिकांश नेता–कार्यकर्ताहरुको साथ पाएपछि अछाममा ओली समूह अत्यन्तै उत्साहित भएको छ भने प्रचण्ड माधव समुह निरास बनेको छ ।

“अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हामी ५० प्रतिशत छौं । क्षेत्र नम्बर २ मा भने हामीसँग ७५ प्रतिशत नेता–कार्यकर्ताहरु हुनुहुन्छ,” ओली नेतृत्वको नेकपाका जिल्ला सचिव साउदले भन्नुभयो, “पार्टीका अधिकांश नेता–कार्यकर्ताहरु हामीसँग उभिनुभएपछि हाम्रो समूह उत्साहित छ ।”

नेकपाको भ्रातृसंस्था प्रेस संगठनको प्रभावशाली तप्का पनि ओली पक्षमा खुलेको छ । मिडिया क्षेत्रका प्रभाव राख्‍ने अधिकांश पत्रकारहरु प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको पक्षमा उभिएका हुन । तत्कालीन एमाले निकट प्रेस चौतारीबाट प्रेस संगठन, नेपालको जिल्ला सह–संयोजक भएका कृष्णबहादुर बुढा पनि ओली नेतृत्वको नेकपा र संगठनमा लाग्नुभएको छ ।

उहाँलाई ओलीनिकट पत्रकारहरुले प्रेस संगठन, नेपालको जिल्ला संयोजक चयन गरेका छन् ।अछामको ढकारी गाउँपालिकामा पकड भएका बुढालाई ओली समूहले नेकपाको जिल्ला कमिटी सदस्य पनि बनाएको छ । यसरी अछाममा सवैतिर ओली नेतृत्वको नेकपाको पकड बनेको छ भने रावल आफ्नै जिल्लामा दयनीय अवस्थामा पुग्नुभएको छ ।जनता टाइम्सबाट

साउथ चाइना सीमा अमेरिकी सैन्य शक्ति परिचालन, चीनको टाउको दुखाइ

बेइजिङ । संयुक्त राज्य अमेरिकाको सत्ता परिवर्तन भए पनि चीन नीति भने उस्तै रहेको छ । ट्रम्प प्रशासनले पनि साउथ चाइना सीमा चिनियाँ हस्तक्षेपलाई अस्वीकार गरेको थियो भने बाइडेन प्रशासनले पनि त्यसलाई निरन्तरता दिएको छ ।

बाइडेन प्रशासनले साउथ चाइना सीमा सैन्य शक्ति परिचालन गर्ने भएको छ । बाइडेनको यो कदम चीनको टाउको दुखाइको विषय बनेको छ ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाले साउथ चाइना सीमा अमेरिकी वायुसेना पठाउने अमेरिकी निर्णयको निन्दा गरेका छन् । साउथ चाइना सीको स्वतन्त्रताका लागि अमेरिकी सेना पठाउन लागिएको प्रतिक्रिया दिएको छ ।

चीन र दक्षिणपश्चिम एसियाली देशहरुबीच दक्षिण चीन सागरमा आ(आफ्नौ दाबी नै ‘साउथ चाइना सी’को विवादको मुख्य कारण हो । चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीरका गर्दै  आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाएका छन् ।

अमेरिका ‘साउथ चाइना सी’लाई अन्तर्राष्ट्रिय जलक्षेत्र रहेको र चीनले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघीय नीति अनुसार स्वतन्त्र पारवाहन क्षेत्र रहेको ठान्दछ । राष्ट्रसंघीय कानुन अनुसार समुद्रको नियन्त्रण आफ्नो देशको समुद्री तटबाट ३ सय ७० किलोमिटर सम्मको भाग सोही देशको हुने व्यवस्था विपरीत चीनले आफ्नो दावी गरिरहेको अन्य देशको आरोप छ ।

उत्तरमा चीनदेखि दक्षिणमा इण्डोनेसियासम्म फैलिएको ‘साउथ चाइना सी’को क्षेत्रफल ३।६ मिलियन वर्ग किलोमिटर रहेको छ जुन भू–मध्य सागरभन्दा ठूलो तथा गहन रणनीतिक महत्व बोकेको क्षेत्र पनि हो । ‘साउथ चाइना सी’ मा भियतनाम लगायत देशहरुले १७ औं शताब्दीदेखि चीनले दाबी गरेको समुद्र आफ्नो रहेको नजिर पेश गरिरहेका छन् । त्यस्तै फिलिपिन्स ऐतिहासिक र सांस्कृतिक रुपमै चीनले दाबी गरेको क्षेत्र आफ्नो रहेकोमा कुनै बिबाद नरहेको ठान्दछ ।

सन् २०१२ मा चीनले ७ वटा समुद्रीद्वीपहरुको पुनर्निर्माण अभियान थालेपछि ‘साउथ चाइना सी’मा विवाद शुरु भएको हो । यो कदमपछि अमेरिकाले आफ्नो सैन्य शक्तिमाथि चीनले कमजोर बनाउन सक्ने र आफ्ना जलसैन्य तथा हवाई गतिविधिको निगरानी राख्नसक्ने भन्दै अमेरिकाले त्यस्को विरोध स्वरुप त्यो क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई नियमित बनाउन थालेको छ भने चीनको दाबीलाई अस्वीकार गरिरहेको छ ।

त्यसो त क्षेत्रीय देशहरुको प्रमुख सहयोगी अमेरिकासँग विभिन्न सन्धीहरु र दायित्व पनि रहेका छन् । संसारकै सबैभन्दा ठूलो सैन्य शक्ति रहेको अमेरिकाको ‘साउथ चाइना सी’मा ठूलो अभिरुची रहिआएको छ । एशियाको प्रमुख व्यापारिक जलमार्ग रहनु तथा चीनको आर्थिक विकाससंगै उसको सैन्य बलको बिस्तारले आफ्नो शक्ति र उपस्थितिलाई कमजोर तुल्याउनसक्ने भएकाले अमेरिका चीनसँग सशंकित छ । दशकौंदेखि अमेरिकाले ‘साउथ चाइना सी’को सुरक्षा र गस्तीमा आफ्नौ जलसैन्य परिचालन गर्दै आइरहेको छ ।

चीनले सन् १९४० को दशकको नक्साबाट विवादित समुद्र पनि आफ्नो जलक्षेत्र रहेको दाबी गर्दै आएको छ भने अन्य देशहरुले त्यो दाबीलाई अस्वीकार गरिरहेका छन् । चीनको दाबीको विरोध गर्दै फिलिपिन्सले दायर गरेको मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय अदालतले फिलिपिन्सको पक्षमा फैसला गरेपछि चीनले त्यसलाई अस्वीकार गरेको छ भने क्षेत्रीय देशहरुले अदालतको आदेश मान्न आग्रह गरिरहेका छन् ।

लेखराज भट्ट: पहिले ज्यान दाउमा राखेर प्रचण्डलाई जोगाए, आज उनै प्रचण्डका लागि ‘महा दलाल’ भए

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार धनगढीमा आफ्नै पूर्वसहकर्मीलाई प्रहार गरे । लेखराज भट्टलाई दलालको पनि दलाल भने । ‘मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल,’ उनले भने ।

यो अभिव्यक्तिपछि ओली समूहका कार्यकर्ताले प्रचण्डको चर्को विरोध गरेका छन् भने ऐतिहासिक तस्विहरु सार्वजनिक भएका छन् । जसमा लेखराजले ज्यान दाउमा राखेर प्रचण्डलाई गन्तव्यमा पुर्याइरहेका छन् । तस्विरसँगै सामाजिक सञ्जालमा आक्रोशहरु छताछुल्ल भएको छ ।

युवा संघका नेता नरेश रोकायाको आक्रोश:

सामाजिक संजालमा भेटिएका यी तस्बिरहरु र यो भनाइले साच्चिकै मनमा एउटा गम्भीर प्रश्न खडा गरेको छ। जनयुद्ध के साच्चिकै दलालहरुकै रोइलो थियो त प्रचण्ड कमरेडरु अध्यक्ष कमरेड प्रचण्ड २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सनु भयो । के आमा दलाल थियिन त ? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तपाइलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो ? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? तपाइका छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने । तपाइको कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? तपाइले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भन्नू भो ? कुनले कहिले कति योगदान गरे ? यदि तपाईं वास्तवमा साँचो बोल्नुहुन्छ भने तपाइका छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर्नुस् रु छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको जिम्मेवारी बहन गरेको प्रमाण  सार्बजनीक गरेर देखाउनुस ? तपाईं जनमुक्ति सेना बेच्ने हतियार बेच्ने एजेन्डा बेच्ने कसरी क्रान्तिकारी हुनुभयो कमरेड ? अरुलाई न्यायको कुरा गर्ने तपाइले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गर्नुभयो । बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र कमरेड प्रचण्ड ? तपाईं अहिले असंवैधानिक कदम भनेर सडकमा आउनुभएको छ । अरुलाई नैतिकताको पाठ नपढाउनुस!

lekhraj.jpg

कञ्चनपुर जिल्ला सदस्य राधाकृष्ण जोशी ज्वालाको आक्रोश:

मलाइ प्रचण्ड बिरुद्ध लेख्न मन थियन, लेख्न नपरोस् भन्ने सोचेको थे, तर प्रचण्ड महान बन्ने महत्वाकांक्षा ले तिमिलाई कलंक साबित गर्दै छ, प्रचण्ड ले सबै लाई गद्दार भने तर कस्तो लाई गद्दार भन्ने, के के गरेमा गद्दार भन्ने केइपनि भनेनन्, तिमि ले आलोक लाई (आलोक प्रवृत्ति) गद्दार भनेर सिद्दायौ, रबिन्द्र र मणि लाई पार्टी छोड्न बाध्य पारेउ, आफ्नो स्वार्थ र लुट को राज्य जोगाउन बैध्य जस्तो निस्ठावान नेता लाई गद्दार भनेउ, जनयुद्ध का कमान्डरहरु बादल, बिप्लब, टोपबहादुर, लेखराज, मणि थापा, प्रभु शाह, मार्तिका यादब, लगायत धेरै नेताहरु र उहाँहरु संग जोडियका जनमुक्ति सेना, सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवार, युद्धमा लडेका नेता कार्यकर्ता सबै लाई गद्दार भनेउ,  प्रचण्ड तिमी कसरी महान बन्नसक्छौ, तिमिले ले जनयुद्ध भरी लियको पैसा कता छरु जनमुक्ति सेनाको नाम मा लियको करोडौं पैसा कता छ? तिमिले बिदेश मा राखेको पैसा र नेपालमा कयौं दलाल संग लुकायको पैसा कहाँ छ? तिमी ले जनयुद्ध मा गरेका बाचाकसम, सहिदका सपना,घाइते,अपांग, बेपत्ता परिवार को आसाभरोसा माथी घात गरेउ,अब तिमी संग ३,४ जोडि स्वार्थी नेता र तिम्रा आसेपासे बाहेक अरु कोइ छैन, जनयुद्ध र जनमुक्ति सेना बेचेर खायको तिमी उरालो लाग्दा लाग्दा अब नाङ्गिन थालिसके छौ, तिमी ले लेखराज लाई हेपेको थाहा छैन र? सुपको भयकै कारण कति पटक पछाडी पारेको थियौ, जुनियर लाई अगाडि लग्यौ, लेखराज ले अखण्ड सुदुरपश्चिम को लागि लडेको कारणले थारु बिरोधि हो भन्दै सिद्दाउन खौजेउ,आफ्नो स्वार्थ अनुसार चल्ने लाई नेता बनायौ, अरुलाइ पार्टी छोड्न बाध्य पारेउ, तिमी दलाल को मात्र नेता हो, तिमी संग इमान्दार र निष्ठावान नेता छैन, तिमि लाई दलाल हरुले घेरेको छ, तेसैले तिमिले सबै लाई दलाल देख्छौ, तिम्रो छोरी, बुहारी, तिम्रो ज्वाइ, भतिजो, तिम्रो गार्ड, तिम्रो आसेपासे सब दलाली गर्छन र तिमी पनि दलालिनै गर्छौ, त्यस कारण तिमी सबै लाई दलाल देख्छौ, २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सियौ । के आमा दलाल थियिन त ? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तिमिलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? प्रचण्ड तिमी नमकहराम रहेछौ, तिम्रा छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने । तिम्रा कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? तिमिले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भनेउ ? कुनले कहिले कति योगदान गरे ? यदि तिमी वास्तवमा साँचो बोल्छौ भने तिम्रा छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर? छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको फोटो सार्बजनीक गरेर देखाउ रुतिमिले जनमुक्ति सेना बेच्ने हतियार बेच्ने एजेन्डा बेच्ने कसरी क्रान्तिकारी र महान भयौ ? अरुलाई न्यायको कुरा गर्ने तिमिले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गरेउ । कारबाही गर्नुपर्ने कथित बुहारीलाई मन्त्री बनाउने तिमि कसरी संविधानको रक्षक बन्छौ ? बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र नेपाल का जेल मा गयर हेर कति मान्छे बहुबिबाहको मुद्दा मा जेल जीवन बिताइरहेका छन, तिमि अहिले असंवैधानिक कदम भनेर सडकमा आयको छौ। तर आफ्नो छोराको तेस्रो बिबाहलाई मान्यता दियको तिमिले हैन? कानुन को त धज्जी उडायौ, बुहारिको जारी पनि तिरेनौ, के त्यो संविधानको उलंघन थिएन । तिमी संविधानको रक्षकहो भने आफ्नी गैरकानुनी (अबैध)बुहारीलाई कानुनी कठघरामा उभ्याएर देखाउ । अरुलाई नैतिकताको पाठ नपढाउ !

lekhraj bh.jpg

पूर्वमाओवादी नेता लोकेन्द्र विष्टको आक्रोश:

सुदुरपश्चिममा माओवादी आन्दोलनका ब्राण्ड हुन लेखराज भट्ट यति निच स्तरका कुरा गर्लान  भनेर जिवनमा कहिल्यै सोचेको सम्म पनी थिएन । तर कमरेड प्रचण्डले हिजोको इतिहास बिर्सिनु भएछ । अब तपाईं प्रतीको सम्मान रहेन । तपाई प्रचण्डबाट पुष्पकमल दाहाल हुनुभएकोमा तपाइलाई हार्दिक बधाई छ । हरेकपटक धनगढी आउँदा अत्तरियमा आएर तपाइले अहिले भनेका जमिनदार दलाल लेखराज भट्टको घरमा डेरा हालेर सुकुटी र ब्लुलेवल ह्विस्किको चुस्की लिने तपाईं कसरी महान क्रान्तिकारी प्रचण्ड ! के यो पटकको चिसोमा तातो बनाउने ह्विस्की पिउन नपाउँदैमा लेखराज दलाल हुने कमरेड अध्यक्ष प्रचण्ड!

अध्यक्ष कमरेड प्रचण्ड २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सनु भयो । के आमा दलाल थियिन त? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तपाइलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो ? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? तपाइका छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने । तपाइको कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ?तपाइले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भन्नू भो? कुनले कहिले कति योगदान गरे ? यदि तपाईं वास्तवमा साँचो बोल्नुहुन्छ भने तपाइका छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर्नुस् ? छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको फिटो सार्बजनीक गरेर देखाउनुस रुतपाईं जनमुक्ति सेना बेच्ने हतियार बेच्ने एजेन्डा बेच्ने कसरी क्रान्तिकारी हुनुभयो कमरेड ? अरुलाई न्यायको कुरा गर्ने तपाइले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गर्नुभयो । कारबाही गर्नुपर्ने कथित बुहारीलाई मन्त्री बनाउने तपाईं कसरी संविधानको रक्षक कमरेड प्रचण्ड रु बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र कमरेड प्रचण्ड ? तपाईं अहिले असंवैधानिक कदम भनेर सडकमा आउनुभएको छ । तर आफ्नो छोराको तेस्रो बिबाहलाई मान्यता दिएर तपाइले के गर्नुभयो ? के त्यो संविधानको उलंघन थिएन । तपाईं संविधानको रक्षक हो भने आफ्नी गैरकानुनी बुहारीलाई कानुनी कठघरामा उभ्याएर देखाउनुस । अरुलाई नैतिकताको पाठ नपढाउनुस!

‘छट्टु कांग्रेस’का नाइके गगन थापाको महेश बस्नेतद्वारा भण्डाफोर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका नेताका नेता गगन थापालाई ‘छट्टु कांग्रेस’को संज्ञा दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले गगन थापा र रामचन्द्र पौडेलहरू निर्वाचननै नगरेर सत्तामा जाने खेलमा लागेको आरोप लगाए । उनले गगन र रामचन्द्रलाई निर्वाचनबाट प्रतिस्पर्धा गरेर जितेर आउन चुनौति दिएका छन् ।

‘कांग्रेसभित्र ‘लड्डु कांग्रेस’ र छट्टु कांग्रेस भनेर प्रचार गरिएको छ । कांग्रेस निर्वाचनमा जाने मनस्थितिमा देख्छु’, नेकपाका नेता बस्नेतले भने, ‘निर्वाचनमा नजाने रामचन्द्रजी, गगनजीले लड्डु कांग्रेसको ब्याख्या गर्दै निर्वाचन नजितिकन पुनःस्थापना गरेरै आफू सत्तामा जाने र कांग्रेसभित्रको महाधिवेशनबाट पार्टी कब्जा गर्ने मनसायबाट उहाँहरू रहेको बुझिन्छ ।’

कांग्रेसका नेता थापाप्रति सधैँ आलोचक रहँदै आएका नेकपाका नेता बस्नेतले ‘गगन थापा र रामचन्द्र पौडेल समूह’लाई छट्टु कांग्रेसको बिल्ला भिराइदिएका छन् । नेता थापाले पनि नेकपाका नेता बस्नेतविरुद्ध कठोर आलोचना गर्ने गरेका छन् ।

नेकपाका नेता बस्नेतले मुलुक निर्वाचनमा गइसकेको बताएका छन् । ‘सर्वोच्च अदालतले एउटा फैसला दिन्छ । सबै शक्तिहरू सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्’, उनले भने, ‘सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला दियो भने निर्वाचनको माहोल बनिहाल्छ ।’

‘निर्वाचन आयोगले दल दर्ता प्रक्रिया शुरु गर्छ’, नेकपाका नेता बस्नेतले भने, ‘आवधिक रुपमा मतदाताहरूलाई अपडेट गर्ने काम गरिसकेको छ ।’

नेता बस्नेतले नेकपालाई प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए । उनले प्रचण्ड–माधव समूहरूलाई कार्यकर्ताले दण्ड दिने बताएका छन् ।

देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००र२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशनसमेत हो ।

सो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो सबस्टेशन नेपालकोे उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो ।

कामु कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको बताउनुभयो । मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

“कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ”, कामु कार्यकारी निर्देशक शाक्यले भने ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त प्राविधिक टोलीबीच सम्पन्न नवौँ बैठकले थप १०० मेगावाट बिजुली नेपाललाई दिनेसम्बन्धी निर्णय गरेको छ । सो निर्णयपछि उक्त अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले ४०० मेगावाट बिजुली ल्याउन सकिन्छ ।

हालको सुक्खायाममा बिजुलीको माग अत्यधिक बढेपछि व्यवस्थापनका लागि थप बिजुली आयात गर्न लागिएको हो । प्राधिकरणका अनुसार हाल प्राधिकरणका आयोजनाबाट कूल छ हजार ३६९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । यस्तै निजी ऊर्जा उद्यमीका आयोजनाबाट पाँच हजार ३७५ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ ।

यस्तै भारतबाट आयात भइरहेको बिजुली १४ हजार ४५८ मेगावाट घण्टा रहेको छ । यस्तै कूल माग भने २६ हजार २०२ घण्टा रहेको छ । मेगावाटमा हिसाब गर्दा कूल माग एक हजार ४६४ मेगावाट रहेको छ ।

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड ९एनभीभीएन० बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाइ–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पु¥याइने छ ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । कूल २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।

वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । OB

नेकपा फुटेको होइन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन्।

‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो। ‘गीतमा भनिएको छः पिलो निचोर्दैमा वजन घटेको हुँदैन’, जीवन शर्माले गाएको गीतको प्रसंग निकाल्दै दाहाल–नेपाल समूहलाई लक्ष्य गरी उनले भने, ‘हामीले होइन, आफैँ निचोरिएर फुत्त निस्केको हो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद् भएको  संस्थाकी सहसंयोजक  अञ्जना पन्त कडरियाले बताए ।  ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ । बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिए ।

एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु

तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।

स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ ।

बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । इञ्जिनीयर पौडेलका अनुसार स्किम–१ बाट कटहरेका ८६, स्किम–२ अन्तर्गत पुट्टारका ८५, स्किम–३ अन्तर्गत बैडीका २४२, स्किम–४ अन्तर्गत भन्टारका ३९ र स्किम–५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् । सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । योजना निर्माणका लागि विसं २०७७ असार २४ गते लमजुङको पराजुली कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको छ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।

कटहरेमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी निर्माण, धारालगायतका काम सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष गणेश ठकुरीले जानकारी दिए। पुट्टारमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष विजय भट्टराईले जानकारी दिए । बैडीमा इन्टेक सम्पवेल, पम्पहाउस, १५० घनमिटर आरसिसी पानीपोखरी निर्माण, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष केशवराज पोखरेलले जानकारी दिए ।

भन्टारमा इन्टेक, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ भने अत्रौलीमा पानी प्रशोधन केन्द्र, क्रसिङ, भल्भ च्याम्बर, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ । यस अगाडि उक्त ठाउँमा एउटा धाराबाट आठ÷दश घरधुरीका स्थानीयवासीले खानेपानी उपभोग गर्दै आएका थिए । बृहत् खानेपानी योजना निर्माण शुरु भएर घरघरै धारा जडान हुने भएपछि स्थानीयवासी खुशी भएका छन् ।रासस

सैनिक जवानको निवृत्तिभरण अब १६ वर्षमै

काठमाडौँ ।  १६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो।

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम ९२० संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यस्तै, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ । सहायक सेनानी र सोभन्दा माथिल्लो पदमा कार्यरत सैनिक अधिकृतको हकमा निवृत्तिभरण अवधि २० वर्ष नै हुनेछ।

रक्षा मन्त्रालयका सचिव रश्मिराज पाण्डेले सैनिक संशोधित नियमावलीमा सेनाको निवृत्तिभरण अवधि परिवर्तन भएको बताए । ‘सैनिक सेवा नियमावली संशोधन हुने प्रक्रियामा छ ।
अर्थ मन्त्रालयले त्यसलाई स्वीकृति दिइसकेको छ । जसअनुसार सिपाही र फलोअर्सको निवृत्तिभरण अवधि १६ वर्ष कायम गरिएको छ,’ उनले भने, ‘यो प्रक्रियामै छ ।

कानुनी मान्यता पाउन समय लाग्छ । हामीले कानुन मन्त्रालयमा स्वीकृतिका लागि पठाएका थियौँ । त्यसपछि अर्थमा पुग्यो । त्यहाँबाट पनि स्वीकृति पाइएको छ।’

कानुन मन्त्रालयले गत १९ पुसमै रक्षालाई संशोधनका लागि सहमति दिएको थियो । त्यसलगत्तै रक्षाले अर्थमा पठाएको थियो।

सेनामा करिब ९५ हजारको दरबन्दी रहे पनि ८७ हजार नौ सय ७२ जना सैनिक सेवामा कार्यरत छन् । जसमा ८० प्रतिशत जनशक्ति सिपाही दर्जाका छन्।