१८ माघ २०७७, आईतवार ०८:४८ – Page 4 – Nagarikabhiyan : National News

विप्लवलाई ‘फकाउने’ प्रम ओलीको रणनीति

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ । दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुनसकेको छैन ।

तर, चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ । विश्वस्त उच्च सरकारी सुत्रका अनुसार चन्द समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरु औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

चन्दसहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले चुनावमा दाहाल–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको औँल्याए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

‘थुतुनो’ धेरै चलाउँदा फसिन् रामकुमारी झाँक्री! जेल हाल्ने ओलीको तयारी

काठमाडौं । राष्ट्रपतिबारे दिएको पछिल्लो अभिव्यक्तिले नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री विवादमा तानिएकी छन् ।

झाँक्रीले आक्रोशित हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडा शब्दमा प्रहार गरेपछि नेकपा केपी ओली समूहका कार्यकर्ता प्रतिवादमा उत्रिएका छन् । झाँक्रीले गोरखा पुगेर राष्ट्रपति भण्डारीविरुद्ध चरित्रमाथि नै प्रश्न उठ्ने गरी तल्लो स्तरको टिप्पणी गरेकी थिइन् ।

झाँक्रीको अभिव्यक्ति

राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि बानेश्वर कता  घर छ रे१ त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला । बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला । जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतल निवासमा बडामहारानीको बास भएको छ ।  हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस भनेका थियौँ । नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी । विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ । विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरुको दैलो चाहर्यौँग तर हाम्रा कुरा कसैले पनि सुनेनन् । आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ ।

सामाजिक सञ्जालमा चर्को विरोध 

झाँक्रीको यो अभिव्यक्तिको ओली समूहका नेता कार्यकर्ताले कडा विरोध र आलोचना गरेका छन् । उनीहरुले झाँक्रीलाई जेल हाल्न माग गरेका छन् ।

युवा कार्यकर्ता समुन्द्र तिमिल्सिनाले भनेका छन्, ‘छि कस्तो उदण्डता हो रु कस्तो अपाच्य शब्द चयन हुँन् रु यो त पुरै निन्दनीय र खारेजयोग्य शब्द छन् ! नेपाल सरकार सबैभन्दा पहिले उहाँलाई पक्रियोस् र कडा कारबाही गरियोस् ! राजनीतिक आग्रहका आधारमा ब्यक्तिगत रुपमा एउटा महिला नेताले सम्माननीय राष्ट्रपतिज्यू प्रति गर्नु भएको कटाक्ष यती आमर्यादित कसरी हुन सक्दछ झाँक्री ज्यू?’

राष्ट्रपतिकी सहयोगी रहिसकेकी एवं युवा संघकी नेतृ अञ्जना अधिकारीले पनि झाँक्रीलाई चुनौती दिँदै कडा शब्दमा विरोध जनाएकी छन् ।

उनले भनेकी छन्, ‘कमरेड रामकुमारी मर्यादाभित्र रहेर बोल्नुहोस । यो भन्दा बढि छि, छि र दुरगङ्गित नहुनुहोस’,तपाईको नारित्वले तपाईलाई नै घृणा गर्ने अबस्थामा नपुग्नुहोस । राजनीति गर्नुहोस तर सीमा भित्र रहेर । नत्र तपाईलाई राजनीति सिकाउन सक्ने ।

तपाईंको दम्भ र घमण्ड लाई पानीको फोका बनाउन सक्ने, हैसियत राख्ने तपाई भन्दा लाखौं गुणा बढी स्वच्छ छवि भएका महिला धेरै छन यो देशमा, तपाई जस्ललाई मुख छाडेर आफ्नो घिनलाग्दो हैसियत देखाउँदै हुनुहुन्छ, हेक्का राख्नुहोस वहाँ जतिखेर तपाई हत्केलाले नाकको सिगान लतारेर निदारमा पुर्याउने उमेरको हुनुहुन्थ्यो, त्यो समयदेखिको नेपाली महिला मुक्ति आन्दोलनको अभिभावक हो, यो सारा नेपाली जनतालाई राम्रोसँग थाहा, त्यसकारण तपाईलाई तपाईकै शैलीमा म खबरदार गर्न चाहन्छु, समयमा नै समालिनुस्, हैन भने झाँक्री कमरेड, तपाई को, तुच्छताको राँको झार्ने महिला यहि छौं ।

तपाईलाई सिङ्गो नेपाली महिलाहरूको शीर झुक्ने भाषण गर्दै हिड्न लाज लाग्दैनरुरु रह्यो चुनाव लड्ने र हराउने कुरा । तपाई खबर पठाउनुहोस कुन जिल्ला कुन क्षेत्र हो । तपाईलाई धुलो चटाउन हामी तयार छौं । तपाई जस्तो गतिछाडा हैन ईज्जततिलो राजनीतिक शैलिमा नै तपाईलाई राजनीति सिकाउछौं ।

युवा संघका नेता माधव बास्तोलाले पनि कडा शब्दमा विरोध जनाएका छन् ।

हिजो रामकुमारी झाँक्री जी ले महामहिम राष्ट्रपति ज्युको वारेमा वोलेका शब्दले मलाई अचम्म बनाएको छ । कमरेड तपाईं होसमा त हुनु हुन्छ रु यस्ता कानुन आक्रोशित हुने अमर्यादित शब्द नवोल्दा तपाईंको कल्याण होला ।

जेल हाल्ने ओलीको तयारी 

आफूमाथि हुने आक्रमण नसने ओली राष्ट्रपतिमाथि आक्रमण त झन सहँदै सहँदैनन्। उनी उपयुक्त समयमा उपयुक्त बदला लिन्छन् । यस्तोमा राष्ट्रपतिमाथि जथाभावी ‘थुतुनो’ चलाएको भन्दै ओलीले झाँक्रीलाई नोटिसमा राख्न निर्देशन दिएका छन् । त्यसो त राष्ट्रपतिले पनि आफ्ना विरोधीलाई तह लगाएको इतिहास छ । प्रदेश ३ मा मुख्यमन्त्रीमा आफ्नी विरोधी अष्टलक्ष्मी शाक्यलाई तहलाई लगाएको नजिर ताजै छ । यस्तोमा सरकारले झाँक्रीमाथि उपयुक्त समयमा एक्सन लिनेगरी नोटिस गरेको छ । अब झाँक्रीले कति दिन जेलको चिसो हावा खाने हो हेर्न बाँकी छ । त्यसो त झाँक्रीले प्रधानमन्त्री ओलीमाथि पनि निरन्तर प्रहार गर्दै आएकी छन् । त्यसको पनि हिसाब किताब हुने नै होला ।नेपालपानाबाट

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले बताएका छन् ।

अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।

युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबीसीले जनाएको छ ।

काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए ।

उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’

कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् ।

चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ । पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ । गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

‘नेकपा फुटेको होइन’

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन्।

‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो। ‘गीतमा भनिएको छः पिलो निचोर्दैमा वजन घटेको हुँदैन’, जीवन शर्माले गाएको गीतको प्रसंग निकाल्दै दाहाल–नेपाल समूहलाई लक्ष्य गरी उनले भने, ‘हामीले होइन, आफैँ निचोरिएर फुत्त निस्केको हो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

विप्लवलाई ‘फकाउने’ प्रम ओलीको रणनीति !

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ । दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुनसकेको छैन ।

तर, चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ । विश्वस्त उच्च सरकारी सुत्रका अनुसार चन्द समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरु औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

चन्दसहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले चुनावमा दाहाल–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको औँल्याए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

आज २०७७ माघ १८ गते आइतवारकाे राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पर्नेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो तथा महँगो साबित हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्ती गर्दा समस्या आउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। परिस्थिति संघर्षपूर्ण रहनेछ तापनि आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य९चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

सरकार नै विघटन भएको घोषणा, नेकपामा खैलाबैला !

काठमाडौं। नेकपको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् भङ्ग नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा आज धनगढीमा आयोजित विरोधसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।

सभामा बोल्दै उनले भने, “सर्वोच्च अदालतमा रहेको संसद् विघटनको मुद्दालाई अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्ने छ, हामी सही फैसला हुनेमा विश्वस्त छौँ”, दाहालले भने, “संसद् भङ्ग भएको छैन, सरकार मात्र विघटन भएको हो ।”

यसबाहेक उनले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् ।

इतिहासका पाङ्ग्रा फेरि पछाडि जान नसक्ने दावी गर्दै भने, “प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईँहरुको साथमा हामी छौँ ।”

पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाव प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको तर्क गर्दै उनले कुर्चीको तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पारे ।

१४६ वर्षदेखि लुकाएर राखिएको नक्शा प्रधानमन्त्रीले सार्वजनिक गर्दा अविश्वासको प्रस्ताव दर्ता – पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने बताउनु भएको हो ।

उहाँले भन्नुभयो “हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको सङ्केत दिएको छ”, । सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उहाँको दाबी थियो । “१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईँहरु आफैँ बुझ्नुस्”, बाँस्कोटाले भन्नुभयो ।

नेता बाँस्कोटाले फरक प्रसङ्गमा आजको ठीक तीन महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ, अब पनि गर्नेछौँ ।” उहाँले वर्तमान सरकारले पुनर्जागरणको युग शुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताउनुभयो ।

नेता बाँस्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकामा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राख्नुभयो । “खाँदै नखाएको विषयमा विरोध आउँदा राजीनामा दिएँ, अब जिम्मेवार व्यक्तिले नेता र पूर्वमन्त्री भ्रष्टाचारका बोलेको विषयमा आरोप लागेकाले के गर्छौँ, त्यसो भए सबैको बैंक खाता हेरौँ”, उहाँले थप्नुभयो । उहाँले सबै नेता कार्यकर्तालाई चुनावी रणनीतिमा लाग्न आग्रह गर्नुभयो ।

सो अवसरमा बाँस्कोटाले विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नवप्रवेशीलाई सदस्यता वितरणसहित स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदी, रेशम लामा, भीम न्यौपाने, नारायण पाण्डे, कुमार थापा, अम्बुभवानी कार्की तथा जिल्ला नेता सुरेश हुमागाई, गीता बञ्जारालगायतले वर्तमान अवस्थामा निर्वाचनको तयारीमा लाग्नु पार्टी हितमा हुने विचार व्यक्त गर्नुभएको थियो । भेलाले २९९ सदस्यीय नेकपा पनौती नगर कमिटी गठन गरेको छ । Janta Times

निर्वाचन तोकिएकै समयमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताइन् ।

सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिन् । कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको उनले बताइन् ।

जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतीलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको उनले बताइन् ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेकी नेता अर्यालले वर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिलेसम्म पार्टी नफुटेको बताइन् । उनले समुन्द्रबाट एक अम्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताइन् । मन्त्री अर्यालले भनिन्, ‘समुन्द्रबाट एक अम्खोरा पानि झिक्दैमा समुन्द्र रित्तिदैन । पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिस्ट पाटी सकिँदैन ।’

मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् । मन्त्री अर्यालले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् ।

त्ययस अवसरमा हरिनास गाउँपालिका वडा नं २ का वडासदस्य लालुमायाँ नेपाली लगायत १ सय ५६ जना नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । रातोपाटी

ओलीले घरमा आगो लगाए…

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सांसद सीता गिरी ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउने काम गरेको बताएकी छन् ।

नेकपा माछापुच्छ्रे गाउँपालिका ३ घाचोकले आज (शनिबार) आयोजाना गरेको प्रतिगमन बिरुद्ध बिरोध सभा कार्यक्रममा सम्वोधन गर्दै  उनले पार्टी र संविधानको विधि विपरित प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाएको आरोप लगाएकी हुन् ।

‘कम्युनिष्ट पार्टी निर्माणमा नेता कार्यकर्ताले ठुलो दुःख कष्ट सहेर पार्टीलाई यो स्थानमा प¥यायौ,’ उनले भनीन्, ‘ठुलो त्याग र बलिदानीबाट हासिल गरेको झण्डै दुईतिहाई बहुमतको सरकार विघटन गरेर निर्वाचनमा जाने दुस्साहास गरे ।’

‘प्रधानमन्त्री ज्यू, तीन वटा नीति तथा बजेट पास गर्दा नेकपाले कहिले र कहाँ अबरोध सृजना ग¥र्यो, वलत्कारि हत्यारालाई पक्ता लगाऔं, भ्रष्टचार नियन्त्रण गरौं, नेपालको हित विपरितको एमसीसी संसोधन गरौं भन्दा असहयोग गरेको हुन्छ’, उनले भने, ‘नेकपाले कहिले विकास निर्माणमा बाधा अबरोध पु¥यायो।’

प्रचण्डले ओलीलाई हेप्दै ‘फुच्चे बाउन्ने’ भनेपछि…

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमलाई फुच्चे बाउन्ने भन्दै कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभा विघटको विरुद्ध धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले  ओलीले आफूले आफैंलाई खलनायकका रुपमा स्थापित गराएको आरोप समेत लगाएका छन् ।

ओलीले धनगडीमा आयोजित भेलामा उखान टुक्का हालेको कुरालाई इगिंत गर्दै प्रचण्डले आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न नआएको तर मुलुकको स्थिरता जोगाउन चाहिं आएको बताए।

त्यस्तै उनले आजको तुलनामा ओलीको कार्यक्रम फुच्चे बाउन्ने भएको भन्दै आलोचना समेत गरेका छन् । ‘‘केपी ओलीले धनगढीमा आएर धेरै मानिस जम्मा पारेको भन्दै फुर्ति गरेका थिए तर आजको यो विशाल जनसभालाई देख्दा उनले गरेको कार्यक्रम फुच्चे बाउन्ने देखिएको छ’उनले भने ।

आफूलाई आधिकारिक भन्ने ओलीको पक्षमा स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरुमात्र नभएर जनताको साथ पनि कम भएको दावी गरे ।

‘केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ छैन। तपाईले आज सडकमा पनि एक तिहाईभन्दा कम हो भनेर देखाइदिनुभयो,’ उनले भने ।

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज यहाँ आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए ।

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उनले जोड दिँदै भने, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”

अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो ।

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् ।

भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् ।

यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ । सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अनौठो छ । त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेण्ड बनाउनै पर्नेछ । ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ ।

सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ । छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा । भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ । छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वायफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ ।

आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको ध्यान आकर्षित भएको छ ।

सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फर्जी रहेको कलेज प्रशासनले जनाएको छ । कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावही हुने पनि कलेजले जनाएको छ ।एजेन्सीको सहयोगमा

 

तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् ।

तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए ।

यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन् ।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले नगरेको पेन्टागनले भनाई आएको दुई दिनपछि यो आक्रमण भएको छ । सो सम्भौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसाहत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो ।

सैन्य शिवीरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन् ।

जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ ।

केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौ घातक आक्रमणहरू गरेका छ्न् ।

यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन् ।

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास, मेयर दाहालद्वारा बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् । सो कार्यक्रम भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने बहिस्कार गरिन् । ओलीले शिलान्यासको नाममा गुटको राजनीति गरेकाे भन्दै उनले बहिस्कार गरेकी हुन् ।

सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो ।

उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए । रातोपाटी