प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी – Nagarikabhiyan : National News

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।