प्रचण्डको ‘धोती खुस्काए’ ओलीले, यस्तो छ जंगलदेखि दिल्लीसम्म छुपेको राज!
१८ माघ २०७७, आईतवार १४:३५
काठमाडौं । औपचारिक रुपमा विभाजन हुन बाँकी नेकपाका केपी ओली र प्रचण्ड-नेपाल समूहले एकअर्कालाई नंग्याउन दिनहुँ शब्दवाण प्रहार गरिरहेका छन् ।
जनताले भने एकअर्काको पोल खोलाखोलबाट मनोरञ्जन त लिइरहेका छन् साथै नेताको इतिहासको सूचना पनि पाइरहेका छन् । एक अर्काले आरोप प्रत्यारोपका रुपमा भने पनि त्यसमा इतिहाससँग जोडिएका सूचना बाहिर आइरहेका छन् ।
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धोती खुस्किनेगरी पोल खोलेका छन् ।
उनले आफ्नो आरोपमा जनयुद्धमा जंगलदेखि दिल्लीसम्मको राज खुलासा गरेका छन् ।
ओलीले भनेका छन् :
पुष्पकमल दाहालजी जनयुद्धका बेला भारतमा लुकेर बसेका थिए । प्रचण्डको अब जाने ठाउँ कतै छैन । प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन। प्रचण्ड हिजो जंगलमा बसेको होइनन् । हिजो जंगलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो। जंगलमा अरुलाई बसाउनु भयो।
आफूहरु जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो । उहाँहरुका लागि समाजवाद त आइसक्यो। उहाँको परिवारका लागि मात्र होइन घरबेटीका लागि पनि समाजवाद आइसक्यो । हिजो जनयुद्ध लडेकाहरुलाई त समाजवाद आएको छैन।
प्रचण्ड नेपालहरु बाहिरिएपछि सबैभन्दा अनुशासित पार्टी बनेको छ । सबैभन्दा अनुशासित पार्टी आज हाम्रो पार्टी हो। हिजो सबै भन्दा अराजक पार्टी हाम्रो थियो। किन रहेछ भनेको त्यही पिलो रहेछ। किन टनटन गर्या छ भन्या त्यही पिलो रहेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया