सुनसरी सदरमुकाम इनरुवामा सरोकारबालाहरुसंग स्थानीय साशन प्रणालीका चुनौती र अवसर बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सहभागिताहरुले अब आफै सचेत बन्नुपर्ने, राम्रो, असल र ईमान्दार प्रतिनिधि चुन्नुपर्नेमा जोड दिएका छन् । सहभागि मानव अधिकार समूहका सचिव बेलाल अंसारीले नागरिहरुलाई आ आफनो वडा तथा पालिकालाई आफैबाट विकास गर्नका लागि इमान्दार उम्मेदबारलाई ल्याउनुपर्ने र स्थानीय शासन प्रणालीलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । अंसारीले इनरुवामा आयोजित कार्यक्रममा नैतिकता आभावका कारणले स्थानीय साशन प्रणालीका चुनौती थपिएकाले त्यसमा सुधार गर्न सकेको खण्डमा सुनौला अवसरहरु प्राप्त हुने बनाउनुभयो । सामाजिक परिवर्तन केन्द्रले सुनसरी सदरमुकाम ईनरुवामा मंगलबार आयोजना गरेको स्थानीय साशन प्रणालीका चुनौती र अवसरहरु कस्तो हुनुपर्छ भन्ने बारेमा गाउँपालिका तथा नगरपालिका प्रमुखहरु तथा प्रतिनिधिहरु र नागरिक समाज बीच अन्तरक्रिया कार्यक्रममा सबैले नीति भन्दा नैतिकतामा जोड दिएका थिए ।
कार्यक्रममा समाजिक परिवर्तन केन्द्रका परियोजना निर्देशक डा.प्रकाश भट्टराई, निश्चल खडाल, जिल्ला संयोजक रमेश भट्टराई, मानव अधिकार समुह भोक्राहाका सचिव बेलाल अंसारी भोक्राहा नरसिंह
गाउँ नेकपा एकिकृत समाजवादी(एस)का अध्यक्ष जावेद आलम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, नेकपा एमालेका रामकुमार मेहता, जनता समाजवादी पार्टीका शिवकुमार पंडीत, नेकपा मााओवादी केन्द्रका मनटुन यादव सहितको सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
Month: १० फाल्गुन २०७८, मंगलवार १७:४२
प्रदेश १ : नामाकरण आइतबार
काठमाडाैं । प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ ।
प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा छ । यो गठबन्धनको सामान्य बहुमत मात्र छ ।९२ सांसद भएको प्रदेश–१ मा एमालेका ४१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, नेकपा (एस)मा १०, जसपामा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक/एक सांसद छन् ।
एमालेविना दुई तिहाइ पुग्दैन । नामंकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकको दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दल एकमत छ । तर, एमाले यी नाममा सहमत छैन
यूएईलाई हराए नेपाल विश्वकपमा छनोट हुने दाउमा, आज दिउँसो सेमिफाइनल
काठमाण्डौं ।आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।
नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।
यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।
कप्तान सन्दीप दुबै टोली एक अर्काबिरुद्द जानकार रहेको र यूएईबिरुद्द खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् । फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।
पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो
काठमाडौँ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ ।
सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो । पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर काम गर्ने र आपतकालीन सेवा प्रदान गर्ने ब्लिनकेनले बताए ।-एजेन्सी
निर्वाचनका लागि आयोगद्वारा करिब ९ अर्ब माग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिए । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उनले बताए ।
प्रवक्ता पौडेलले भने, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ ।” निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ । प्रवक्ता पौडेलले आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्चिने बताए । आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने उनले बताए । सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयसँग निरन्तर छलफल तथा परामर्श गरेर नै बजेट तयार गरिएकाले निकासा प्रक्रिया छिट्टै सुरु हुने विश्वास व्यक्त गरे ।
एमसिसीमा सत्तारूढ दललाई नैतिकताको प्रश्न
काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघिसम्म सत्तारूढ दलका नेताहरूलाई भन्ने गरेका थिए, ‘एमसिसी टेबुल गर्न दिनुस्, मतदान पक्षविपक्षमा जता गरे पनि गठबन्धन टुट्दैन।’ सुरुमा गठबन्धन दलका ‘एमसिसी विरोधी’ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवाको कुरा मान्न तयार थिएनन् ।
तर देउवाले ‘गठबन्धनको विकल्प’ नै खोज्नेगरी दबाब बढाएपछि आइतबार बिहान एमसिसी टेबुल गर्ने विषयमा सहमति जनाउन उनीहरू बाध्य भए।
सोहीअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसद्मा टेबुल भयो। माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले समेत चर्को नाराबाजी गरेर ‘औपचारिकता’ निभाए। कार्यकर्ताले बानेश्वरको सडकमा आन्दोलन गरे। एमसिसी टेबुल गर्न दिइए पनि ‘पक्षमा मतदान’ नगरेर ‘फेस सेभ’ गर्ने मुडमा दाहाल–नेपाल देखिएका छन्।
प्रधानमन्त्री देउवाले भनेअनुसार संसद्मा टेबुल गर्न दिएर गठबन्धन पनि जोगाउने र पक्षमा मतदान नगरेर विरोधको राजनीति पनि गर्ने रणनीतिमा दाहाल–नेपाल छन्। तर उनीहरूलाई सोचेजस्तो सजिलो भने देखिन्न।
एमसिसी अनुमोदनमा प्रतिबद्ध देखिएको कांग्रेस उनीहरूलाई सजिलै छाड्ने अवस्थामा छैन। प्रमुख प्रतिपक्षीलाई त नछाड्ने मुडमा देखिएको कांग्रेसले सत्तारूढ दलहरूलाई ‘पानीमाथिको ओभानो’ हुन दिने स्थिति देखिएको छैन। कांग्रेसले त्यसका लागि अस्त्र बनाएको छ– नैतिकताको प्रश्न१
विगतका सरकारहरूले एमसिसीबारे निर्णय गर्दा हाल विरोधमा देखिएका दलका अधिकांश नेताहरू मन्त्रिपरिषद् सदस्य थिए। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्ववर्ती सरकारको प्रधानमन्त्री हुँदा एमसिसी प्रस्ताव संसद्मा अनुमोदनका लागि २०७६ असार ३० मा दर्ता भएको थियो। यिनै दृष्टान्त सुनाउँदै कांग्रेसले सबैजसो दललाई एमसिसीबाट भाग्न नदिन ‘नैतिकताको प्रश्न’ तेस्र्याइरहेको छ।
‘टेबुल भएको प्रस्ताव नेपाल कम्युनिस्ट पार्टीको सरकार, जसको नेतृत्व केपी शर्मा ओलीले गरिरहनुभएको थियो, उहाँको मन्त्रिपरिषद्ले पारित गरेको हो,’ आइतबारको संसद् बैठकपछि सञ्चारकर्मी सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका थिए, ‘यो प्रस्तावलाई राष्ट्रघाती भन्ने हो भने माननीय भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दावाद भनेर नारा लगाउनुपर्छ। पुष्पकमल दाहाल मुर्दावाद भनेर माओवादीका सांसदले र माधव नेपाल मुर्दावाद भनेर एकीकृत समाजवादीका सांसदले नारा लगाउनुपर्छ।’
कांग्रेसले नैतिकताको प्रश्नमात्रै सोधिरहेको छैन, भूमिकाअनुसार सरकारमा रहनेनरहनेसम्मको अवस्थाको समेत धम्की दिइरहेको छ। ‘सबै सांसद संसद्मा उभिएर पक्षविपक्षमा मतदान गर्दा एउटा प्रश्न भने उठ्छ।
सरकारमा पनि बस्ने, सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्दा राजनीतिक नैतिकताको प्रश्न पनि होला, जवाफदेहिताको प्रश्न पनि होला, जनतालाई जवाफ दिने कुरा पनि होला,’ महामन्त्री थापाले भनेका थिए, ‘त्यसैले मलाई के लाग्छ भने सबैले आफ्नो डबल स्ट्यान्डर्ड छाड्नुपर्छ।’
एमसिसीको विरोधमा देखिएका सत्तारुढ दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेससँग आगामी तीन तहका निर्वाचनसम्मै गठबन्धन चाहन्छन्।
जनमतको आधार कम देखिएका यी दलहरू गठबन्धनबिना निर्वाचनमा जान डराइरहेका छन्। यस्तोमा कांग्रेसबाट चेतावनीको संकेत आइरहँदा सत्तामात्रै होइन, आगामी निर्वाचनमा अस्तित्व पनि नजोगिने गरी हुन सक्ने हारबाट उनीहरू त्रसित छन्। यस्तोमा एमसिसी उनीहरूलाई निल्नु न ओकल्नु भएको छ । नागरिक न्यूजबाट
आज २०७८ फागुन १० गते मंगलवारको राशिफल
स्थानीय शासन प्रणालीमा नागरिक सहभागितामा जोड
सामाजिक परिर्वतन केन्द्र काठमाडौंको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा आयोजित स्थानीय शासन प्रणालीमा नागरिक सहभागिता स्थानीय सरकार नागरिक समाजसंग अन्तरकृया कार्यक्रममा नागरिक सहभागितामा जोड दिएका छन् । मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईले सुशासन र विकासका लागि स्थानीय शासन प्रणालीमा नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
भट्टराईले नागरिक संगठनको क्षमता अभिवृद्धि गर्दै प्रत्येक योजना छनौट र निर्माण सम्बन्धी कार्यमा नागरिक सहभागिता बताउनुपर्ने बताउनुभयो । संविधानमा स्थानीय सरकार हाँक्नका लागि प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्यको व्यवस्था गरिकाले लैगिंक सहभागिता भएको तर महिलाको जनसहभागिता सन्तोश जनक नभएको बताउनुभयो । गाउँपालिकाले सञ्चालन गर्ने सेवा सुविधाहरु पारदर्शी र जनअपेक्षा अनुसार हुनुपर्ने विषय केन्द्रित गरेर जनसहभागितामा वहाँको जोड थियो । कार्यक्रममा सहभागीहरुले पालिकाले सञ्चालन गर्ने सेवा सुविधाहरु पारर्दसी, जनताप्रति उतरदायी, नागरिकमैत्री र जनअपेक्षा अनुसार हुनुपर्नेमा जोड दिएका थिए । गाउँपालिकाले सञ्चालन गर्दै आएको भौतिक विकास तथा मानवीय विकासका विषयमा स्थानीयको सहभागिताका सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको थियो । नागरिकबाट आएको सबाल तथा प्रश्नहरुको जवाफ भोक्राहा नरसिंह गाउँपालिका ३ का वडा अध्यक्ष सुकदेव यादवले दिनुहुदै विकासमा नागरिकको सहभागिता रहेको दावी गर्नुभयो ।
यादवले नेपालमा संघीय शासन प्रणाली शुद्धिकरणका लागि नागरिक संलग्नता तथा सर्तकता क्षमता अभिवृद्धि परियोजना अन्तरर्गत नागरिकलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिएकाले पनि सुशासन र जनसहभागिता बढेको बताउनुभयो । पालिकाहरुले प्रवाह गर्ने सेवा सुविधाका विषयमा केन्द्रीत भएर सामाजिक परिर्वतन केन्द्रका निर्देशक प्रकाश भट्टराई र निश्चल खरालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले प्रत्येक वडामा नागरिककै सहभागितामा विकास भएको दावी गर्नुभयो । नागरिक समाजका अगुवा तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षका प्रत्यासि हाजी इसराईल मंसुरीले विकासमा नागरिकको सहभागिता न्यून रहेको र नागरिकलाई जानकारी नदिई अपादर्शी रुपमा काम भएको आरोप लगाउनुभयो ।
मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष ममता उराँवले अनुहार र पार्टी हेरेर कर्मचारी भर्ना गरेकाले गाउँको विकासमा नागरिकको सहभागिता नभएको गुनासो गर्नुभयो ।
मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिका सल्लाहकार सेराज हुसेनले पदमा बस्नेहरुले आफ्नो जिम्मेबारी इमान्दारी पूर्वक नगरेको जाती र पार्टी हेरेर मात्रै काम गरेको गुनासो गर्नुभयो ।
मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिका सचिव बेलाल अंसारीले सबैको सहकार्य, समन्वय र एकताका साथ विकासका कार्य गर्न नागरिकको सहभागिता अनिवार्य गराउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार जयकृष्ण यादवले लोकतन्त्रमा विकास र नागरिक संलग्नताका लागि नीति भन्दा नैतिकताको खाचो रहेको बताउनुभयो । यादवले नैतिकताको अभावका कारणले विकासमा गुणस्तरीयता नभएको, भएका विकासमा दिगोपना नभएको, आफ्नै आसेपासे र कमिसनमा योजना तथा कार्यक्रम बाडेको बताउनुभयो । नागरिकलाई केन्द्रमा राखेर इमान्दारिता पूर्व विकास गरेको खण्डमा नागरिकको सहभागिता आफै बढ्ने यादवको कथन थियो । कार्यक्रममा भोक्रहा नरसिंह ७ का वडा अध्यक्ष रामचन्द्र यादव, ४ का वडा अध्यक्ष आरुन अंसारी , ८ का वडा अध्यक्ष हातिम अंसारी, नेकपा एमालेका रामकुमार मेहता, नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, नागरिक अगुवा बाबुराम साह सहितकाले बोल्नुभएको थियो ।
रुसले युद्धको योजना बनायो : बेलायती प्रधानमन्त्री जोनसन
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री जोनसनले भने, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ । ’
रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ,’ प्रधानमन्त्रीले थपे ।
रुसी आक्रमण हुनै लागेको हो त भन्ने बीबीसीको जिज्ञासामा प्रधानमन्त्री जोनसनले भने, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ । ’
‘तथ्य यो हो कि योजना पहिले नै केही इन्द्रियहरूमा सुरु भइसकेको छ ।’ उनले अगाडि थपे ।
करिव १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् ।
रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरुले सावधानी दर्शाउँदै आएका छन् ।तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरुलै सैन्य अभ्यास गरेको रुसको भनाई छ ।
‘मलाई यो भन्न डर छ की जुन योजना हामीले देखिरहेका छौ, त्योे वास्तवमा आकारका हिसावल युरोपमा सन् १९४५ पछिकै ठूलो युद्ध हुन सक्छ,’ जोनसनले भने । युक्रेनको सम्भावित हानीबारे मात्र नभएर मानिसहरुले युवा रसियालीको बारेमा पनि सोच्नुपर्ने आवश्यकता भएको उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरुलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए । बाइडेनले गुप्तचर सूचनाका आधारमा पश्चिमेली देशका नेताहरुलाई सो जानाकारी दिएका थिए ।
युनाइस आँधी : १३ को मृत्यु, १० लाख परिवार अन्धकारमा बस्न बाध्य
एजेन्सी । युुरोपमा युनाईस आँधीका कारण १३ जनाको मृत्यु भएको छ। आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन्। यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन्।
आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन्। विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन्।
आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अबरुद्ध पारेको छ । त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरै जसो रेलहरु रोकिएका छन्।
युरोपमा यो साता असर गर्ने युनाईस दोस्रो पटक नाम राखिएको आँधी हो। पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो।
आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो। सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ। ‘युनाइस आँधीले साँच्चनै नै एक मुक्का प्रहार गरेको छ, ’ जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने।
‘मौसमबाट जीवन खतरामा छ भने हामीले रातो मौसमी चेतावनी जारी गर्र्छौं,’ उनले थपे। ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरुले अवतरण रोक्न बाध्य भएका थिए।
एमसीसी विरुद्ध ६ साना बामपन्थी दल सडकमा
काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी विरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई निरन्तरता दिने भएका हुन। ‘नेपाली जनताको एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदूत र्यान्डी बेरीको ट्विट चीनका विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसद्मा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टि गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ।
काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने देखी देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी बिरोध प्रदर्शन गर्नेछन् ।
मधेश प्रदेशमा ७ हजार बढी मानवअधिकार हनन्का घटना
जनकपुरधार । मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ । उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अघिकार उलंघनमा २ सय २८, बाल अधिकार उलंघनमा २२३ घटना भएको उल्लेख छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरि प्रसाद बंगालेले गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादव न्यायालय स्वतन्त्र हुन नसकेको बताइन् । मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो । राजनीतिक नियुत्तिका कारणले गर्दा न्यायलय स्वतन्त्र नभएको उनको भनाइ थियो ।
ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए । सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ ।
जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम
स्टकहोम । मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।
फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।
डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्वभरका सहरहरुले विभिन्न तरिकाहरु अप्नाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।
जथाभावी फालिएका फोहर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुप्र्याउन स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।
कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।
‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाईटमा भनेको छ । – एजेन्सी
ए डिभिजन लिग फुटबलमा आज दुई खेल
काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछन्। दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुङ्गाउने हुनेछ र दुवैको योजना जित रहेको छ। जावलाखेल ११ खेलमा ११ अङ्क जोडेर दशौँ स्थानमा छ। हिमालयन ११ खेलमा १३ अङ्क जोडेर नवौँ स्थानमा छ। साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन्।
लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ। एन आर टी तालिका सुधार गर्न चाहन्छ । मनाङ ११ खेलमा २० अङ्क जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अङ्क जोडेर पाँचौं स्थानमा छ ।
मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको गाउँमा सक्रिय रुपमा काम गर्दै आएको मानव अधिकार समूहका सदस्यहरु तथा नागरिकहरुका लागि मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको अधिकारको पक्षमा वकालत गर्दै आएका समूहका पदाधिकारी तथा महिला र नागरिक समाजका सरोकारबालाहरुसंग प्रजातन्त्र दिवशको अवसरमा अभिमुखिकरण तथा अनुगमन गरेको इन्सेक सुनसरीले जनाएको छ ।
भोक्राहा नरसिंहमा मानव अधिकार समुहमा आवद्ध भएकाहरु र महिलाहरुलाई भोक्राहा नरसिंह गाउँपालिका ६ को नरसिंह झर्ना टोलमा मानव अधिकार बारेमा अभिमुखिकरण गर्दै स्थानीय सवालहरु संकलन गरेको छ । कार्यक्रममा राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गिता दाहाल र मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा मानव अधिकार सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुले गाउँटोलमा घरेलु हिसाँ व्यापत रहेको र त्यसको मूख्य कारण मदिरा रहेको बताएका छन् । सम्पन्न कार्यक्रममा मानव अधिकार र महिला अधिकारका सबाल गाउँमा नाजुक रहेको बताएका थिए ।
मानव अधिकार सम्बन्धी सूचना व्यवस्थापन प्रणालीका बारेमा र अयोगमा उजुरी गर्ने तरिकाका बारेमा पनि जानकारी दिएको थियो ।
स्थानीयहरुले सेवाग्राहीहरूलाई प्रदान गरिने सेवाप्रवाहलाई व्यवस्थित गर्न र मानव अधिकारमैत्री सेवा उपलब्ध गराउन माग समेत गरेका थिए ।
उता सनिबार नै राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा गढी गाउँपालिकामा सरोकारबालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिने र नागरिकलाई अभिमुखिकरण गर्ने काम
गरेको आयोगको प्रदेश १ सूचना अधिकारी गिता दाहालले जानकारी दिनुभयो । कार्यक्रममा मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा मानव अधिकार सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

गढी गाउँपालिकामा सार्वजनिक सुनुवाई
सुनसरीको गढी गाउँपालिकामा यो वर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सनिबार सम्पन्न भएको छ । गाउँपालिकाले कोरोना कहरपछि पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिकाको भौगोलिक क्षेत्र समेटेर गढी वनमा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकामा क्रियाशील राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष, कर्मचारी, प्रधानाध्यापक सहितका जनप्रतिनिधिहरु, स्थानीय सरोकारबालाहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले योजना कार्यान्यनको काम छिटो हुनुपर्ने बाढीको क्षति नियन्त्रण गरिनुपर्ने, सूचना मासिक रुपमा अपडेट गर्नुपर्ने, सुकुम्बासीका लागि घर निर्माणमा सहयोग गर्नुपर्ने, कृषि पशु लगायतका सेवा कार्यालयका कर्मचारीलाई कृषकको समस्या वुझ्न फिल्डमा खटाईनुपर्ने, सडक सञ्जालमा वृहत योजना बनाएर बाटो सार्वजनिक गरेर मात्र लगानी गर्नुपर्ने, कृषि क्षेत्रमा बजेट कम विनियोजन भएको लगायतका विषय उठान गरेका थिए ।
जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले वडा स्तरबाट वडा भेलाबाटै छनौट भएका योजना भएकाले वास्तविक समस्या तथा मागको विषयमा वस्तीस्तरबाटै सोचेर निर्णय लिनुपर्ने बताउनुभयो । विगतका वर्षमा भन्दा सबै क्षेत्रमा धेरै बजेट विनियोजन भएको र कुनै काम गर्न बजेटको अभाव नहुने दावी गर्नुभयो ।
यादवले गढीको ६ वटै वडामा झण्डै २० किलोमिटर कालोपेत्र, सबै वडामा वडा कार्यालय , स्वास्थ्य संस्था, विद्यालयहरुमा भवन निर्माण, कृषि र पशुपालन गर्नेहरुलाई अनुदानको व्यवस्था परेको बताउनुभयो । वहाँले आगामी आर्थिक वर्षमा योजनाबद्ध विकासलाई प्राथमिकतामा राखी योजना छनौट गरिने लगायतका विषय राख्दै सहभागिको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट सहभागि तेजनारायण अरगरियाले सार्वजनिक सुनुवाई जस्तो कार्यक्रमले जनताका समस्या समाधान गर्न सहयोग पुग्ने र जनभावना सम्बोधन हुने हुनाले यसलाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । वहाँले सडक बाटोको मापदण्ड तोकेर मात्र लगानी गर्नुपर्ने बताउनुभयो । अरगरियाले कर्मचारीले पद अनुसारको काम गर्नुपर्ने, निर्माणमा गुणस्तरका लागि पनि ध्यान दिनुपर्ने लगायतका विषयमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी दिलबहादुर खड्काले योजना सम्झौताको काम अगाडी बढिसकेको र प्राविधिक कर्मचारीको अभावले विगतमा केही गति लिन नसकेकोमा प्राविधिक कर्मचारीको व्यवस्थापन भएकाले सहज भएको वताउनुभयो । वडा कार्यालयहरु सबै स्थानमा खुली सकेकोले जनताले अपेक्षा गरेको सेवा प्रवाह गर्न सफल भएको बताउनुभयो । गाउँपालिकामा कार्य बोझको आधारमा कर्मचारीको अभाव रहेको तर धेरैजसो काम गाउँपालिकाले गर्नुपरेको हुँदा पद तह र आवश्यकता अनुसार कर्मचारी परिचालन गर्ने काम भएको उहाँको भनाई थियो ।
कार्यक्रमा स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, पशु तथा कृषि विकास लगातका विषयगत शाखाका कर्मचारी वडा अध्यक्ष र सचिवहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नबयुग मिडियाले गरेको थियो । कार्यक्रममा गढी २ का वडा अध्यक्ष अरुण कुमार चौधरी, प्रहरी सहायक निरीक्षक दिलिप खबास, अमिलाल चौधरी, अमिनि थरुनी, ओमनारायण यादव, पत्रकार आषिश यादव, नागरिक समाजका मिना मरिक सहितकाले सवाल जवाफ गर्नुभएको थियो ।
भोक्राहाका मानव अधिकार समूहलाई ज्याकेट र्
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा १० थान ज्याकेट हस्तान्तरण गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेकोा मानव अधिकार समूहलाई भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा मानव अधिकार समूह लेखिएको ज्याकेट सनिबार प्रजातन्त्र दिवशको अवसरमा पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
गाउँमा सक्रिय रुपमा मानव अधिकार समूहमा लागेर शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको अधिकारको पक्षमा वकालत गर्दै आएका समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा ज्याकेट हस्तान्तरण गरेको इन्सेक सुनसरीले जनाएको छ । समुहमा आवद्ध भएकाहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताको पहलमा प्रदान गरिएको ज्याकेट प्रजातन्त्र दिवशको अवसरमा राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गिता दाहाल र मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा १० थान ज्याकेट हस्तान्तरण गर्नुभयो ।
समूहका सेराज हुनेल, बेलाल अंसारी, पुजा मण्डल, अन्जली मण्डल,नईम अंसारी, अकाश मण्डल, पत्रकार अजमल अंसारी सहितका लाई ज्याकेट हस्तान्तरण गरेको जनाएको छ ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा ज्याकेट हस्तान्तरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
राष्टिय मानव अधिकार
