मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
७ फाल्गुन २०७८, शनिबार १८:४७
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको गाउँमा सक्रिय रुपमा काम गर्दै आएको मानव अधिकार समूहका सदस्यहरु तथा नागरिकहरुका लागि मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको अधिकारको पक्षमा वकालत गर्दै आएका समूहका पदाधिकारी तथा महिला र नागरिक समाजका सरोकारबालाहरुसंग प्रजातन्त्र दिवशको अवसरमा अभिमुखिकरण तथा अनुगमन गरेको इन्सेक सुनसरीले जनाएको छ ।
भोक्राहा नरसिंहमा मानव अधिकार समुहमा आवद्ध भएकाहरु र महिलाहरुलाई भोक्राहा नरसिंह गाउँपालिका ६ को नरसिंह झर्ना टोलमा मानव अधिकार बारेमा अभिमुखिकरण गर्दै स्थानीय सवालहरु संकलन गरेको छ । कार्यक्रममा राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गिता दाहाल र मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा मानव अधिकार सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुले गाउँटोलमा घरेलु हिसाँ व्यापत रहेको र त्यसको मूख्य कारण मदिरा रहेको बताएका छन् । सम्पन्न कार्यक्रममा मानव अधिकार र महिला अधिकारका सबाल गाउँमा नाजुक रहेको बताएका थिए ।
मानव अधिकार सम्बन्धी सूचना व्यवस्थापन प्रणालीका बारेमा र अयोगमा उजुरी गर्ने तरिकाका बारेमा पनि जानकारी दिएको थियो ।
स्थानीयहरुले सेवाग्राहीहरूलाई प्रदान गरिने सेवाप्रवाहलाई व्यवस्थित गर्न र मानव अधिकारमैत्री सेवा उपलब्ध गराउन माग समेत गरेका थिए ।
उता सनिबार नै राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा गढी गाउँपालिकामा सरोकारबालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिने र नागरिकलाई अभिमुखिकरण गर्ने काम
गरेको आयोगको प्रदेश १ सूचना अधिकारी गिता दाहालले जानकारी दिनुभयो । कार्यक्रममा मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा मानव अधिकार सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया