गढी रंगशालामा दोश्रो डिजिटल गढी प्रिमियर लिग फागुन २५ गतेदेखी संचालन हुने – Nagarikabhiyan : National News

गढी रंगशालामा दोश्रो डिजिटल गढी प्रिमियर लिग फागुन २५ गतेदेखी संचालन हुने

सुनसरीको गढी गाउँपालिका स्थित गढी रंगशालामा दोश्रो डिजिटल गढी प्रिमियर लिग फागुन २५ गतेदेखी संचालन हुने भएको छ । गढी प्रिमियर लिग खेल २०÷२० ओभरको प्रतियोगिता हुने आयोजक छ । डिजिटल आदर्श गढ़ी निर्माण अभियानको आयोजनामा हुने प्रतयोगिताको तयारी पुरा भएको आयोजक समितिका श्रवण यादवले जानकारी दिनुभयो । यादवका अनुसार प्रतियोगिता गढी रंगशाला, गढी गाउँपालिका २ औरावनीमा २०७८ फाल्गुण २५ गतेदेखी संचालन हुनेछ । प्रदेशका ६ टिमले सहभागिता जनाउने जनाएको छ । हरेक टिमसँग एक आफसमा १÷१ वटा लिग खेलखेली ६ टिम मध्ये लिगमा पहिलो हुने र दोश्रो हुने बिच फाइनल खेल खेलाइनेछ । प्रतियोगितामा सहभागीत ६ टिममा ३१ खेल हुनेछ । प्रतियोगितामा अनुमानित लागत ३५ लाख लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता चैत १० गते सम्म संचालन हुनेछ ।
अभियानले आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलन पछि जारी विज्ञप्तीमा वर्तमान युगको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक तथा राजनैतिक विकासको गति परिपेक्षलाई अध्ययन गर्दा हाम्रो देश नेपालको अवस्था सन्तोषजनक नरहेको झनै पिछडिएको अवस्थामा रहेको हाम्रो गाउँलाई सामाजिक रुपान्तरण गर्दै विकासको पूर्वधारहरु जस्तैः शिक्षा, स्वास्थ्य, खेलकुद, संचार, यातायात, खानेपानी, विधुत लगायत सामाजिक, आर्थिक, भौतिक, शैक्षिक तथा राजनैतिक पूर्वधार विकास गर्दै आमजनतालाई चेतनशील नागरिकको रुपमा रुपान्तरण गर्नुपर्ने, स्थानिय संस्कृति रक्षा र गौरवभाव वृद्धि गर्न धार्मिक, संस्कृतिक मौलिक पहिचान सहितको गढी धार्मिक वन, गढी राष्ट्रिय रङ्गशाला निमार्ण हुनु पर्दछ । “स्थानिय सहभागितामा स्थानिय विकास” मूल नाराको साथ स्थानिय जागरुक शिक्षित युवाहरुको समूहद्धारा स्थापना गरिएको ‘डिजिटल आदर्श गढ़ी निर्माण अभियान’ को मूल उद्देश्य विभेद रहित, भ्रष्टचार रहित, हिंसा तथा दुब्र्यसनीमुक्त, पारदर्शी, न्यायमूलक, सुन्दर, सफा, स्वास्थ्य, शिक्षित, समृद्ध, सुशासन युक्त समतामूलक समाज निर्माण स्थानिय नागरिकको व्यापक सहभागिताले मात्र सम्भव रहेको छ । गढीगाउँपालिकालाई आदर्श बनाउनकालागि हामीले केही विकास गर्नु पर्न आवश्यक पुर्वधारहरु सुचिकृत गरेकाछौँ भनिएको छ । उक्त विज्ञप्तीमा शिक्षा ः प्रत्येक वर्ष एक विद्यालय सुधार योजना, प्रत्येक टोलमा संस्कार शिक्षा केन्द्र, स्वास्थ ः सुविधा सम्पन्न स्वास्थ चौकी, एक हस्पिटल, घुम्ती स्वस्थ सेवा, निःशुल्क एम्बुलेन्स सेवा, कृषि ः अधुनिकिकरण, उपकरणको व्यवस्था, कृषि उद्योग, बजार व्यवस्थापन, न्यूनतम विक्री मुल्य, सहज रुपमा गुणश्तरिय खाद माल÷ब्यु बिजन उपलब्ध गराउने, अर्गानिक खेती विकास, खेलकुद ः सम्पूण खेल गतिविधी खेल कुद समिति मार्फत हुने, खेल ऐकेडेमि सञ्चालन, भुमिहिनहरुको लागि भुमि व्यवस्थापन ः नमुना वस्ती निर्माण, समाजिक एकिकरणः समता मुलक समाज निर्माण, यसै अभियानको एक अहम अङ्ग हो खेलकुद विधा भित्रको आयोजनागर्न लागिएको डिजिटल गढी प्रिमियर लिग, क्रिकेट प्रतियोगिता २०७८, दोस्रो संस्करण रहेको जनाएको छ ।
गढी खेल मैदान बचाउँ गढी राष्ट्रिय रंगशाला बनाउँ अभियान अन्तरगत प्रारम्भ गरिएको विभिन्न खेल गतिविधि मध्ये डिजिटल गढी प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको पहिलेको संस्करण बाट स्थानिय खेलाडीको छनौट सुनसरी जिल्ला टिममा हुनुले ज्यादै नै उपलब्धि मुलक भएको अनुभुति भएको छ र स्थानिय खेलाडीलाई निकै प्रोत्साहित भएकाले खेल गतिविधि ग्रामिण क्षेत्र भएपनि उत्साहा ले भरिपूर्ण देखिन्छ । भोलिको समयमा राष्ट्रिलाई प्रतिनिधित्व गर्ने खेलाडी यस डिजिटल गढी प्रिमियर लिगको माध्यमबाट उत्पादन गर्ने विश्वासले दोस्रो संस्करण प्रदेश नं. १ कै पहिलो फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको हो । अभियानले अपिल मार्फत नेपालको वर्तमान खेलकुद क्षेत्रको सम्बन्धमा क्रिकेट खेलले अहिले आएर तिव्र रुपमा लोकप्रिय भई रहेको सर्वविदितै छ । नेपाली क्रिकेटको कुरा गर्नु पर्दा १० वर्ष पहिला नेपाल क्रिकेटमा १ नं. प्रदेश क्षेत्रको एक छत्र राज गर्दै आएको थियो । सिमित श्रोत र साधन बाबजुद १ नं. प्रदेशको क्रिकेट खेलाडीहरुले विभिन्न उमेर समुह तथा राष्ट्रिय टोलीहरुमा उल्लेखनीय प्रदर्शन गर्दै आइरहेका थिए । तर हाम्रो विडम्बना अहिले आएर १ नं. प्रदेशका क्रिकेट क्षेत्र केही खस्कीएको भान भएको छ । यध्यपी यस क्षेत्रमा अहिले पनि खेलाडीहरुको कमी भने छैन । र विगत ३ वर्ष देखी १ नं. प्रदेशमा खेलाडीहरु कोभिड १९ को कारणले गर्दा उल्लेख्यनिय क्रिकेट प्रतियोगिताहरु हुन सकिरहेका छैनन् तथा खेलाडीहरु पनि सहभागिता जनाउन सकेका छैनन् । क्रिकेट विकासको लागि यस किसिमका केही क्रिकेट प्रतियोगिता गर्न जरुरी छ । किनभने क्रिकेट प्रतियोगिताबाट नै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सक्छन् । हालसम्म नेपालमा स्थानिय तथा प्रदेश स्तरबाट विभिन्न क्रिकेट प्रतियोगिताहरु भईरहेको छ । तर हाम्रो १ नं. प्रदेशमा क्रिकेट प्रतियोगिताहरु कम भएका छन् । यसै कुरालाई ध्यानमा राखेर यस समितिले प्रदेश नं. १ को पहिलो अक्सनमा आधारित फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको रुपमा क्रिकेटलाई ग्रामिण तह देखी नै विकास गर्ने उद्देश्य राखेर यस प्रतियोगिता आयोजना गर्ने जमर्को गरेका छौं । यहि वर्षको २०७८ साल फाल्गुण २५ गतेदेखी दोश्रो डिजिटल गढी प्रिमियर लिग २०७८ गर्न लागिरहेको जानकारी गराउदै उक्त प्रतियोगितालाई यहाँहरुको साथ सहयोग प्रप्त हुनेछ भनी विश्वासको साथ समाचार सम्प्रेषणको लागि हार्दिक अपिल गर्दछौं ।