बालबालिकाहरुलाई स्विटर वितरण
२६ माघ २०७८, बुधबार १७:१८
इनरुवा, माघ २६ गते । सुनसरी सदरमुकाम इनरुवामा विपन्न परिवारका बालबालिकाहरुलाई स्विटर वितरण गरिएको छ । इनरुवा–७ सीताघाटमा शुभारम्भ मासिकद्वारा आयोजित कार्यक्रममा हनुमान चालिसा गाउँदै विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो ।
विद्यार्थीलाई स्विटर वितरण, मुण्दडा माहेश्वरी मारवाडी बिराटनगरको प्रायोजनमा ५० जना बालबालिकालाई शुभारम्भ मासिक पत्रिकाको अगुवाइमा स्विटर वितरण गरिएको छ । इनरुवा–७ सीताघाटमा नेपाल विधार्थी सघङका महामन्त्री कपलेश्वर यादव, समाजसेवी जीवन बिष्ट, शिक्षक लाबण्य निरौला, सुरेश मुडियारी, विजय ठाकुर, वडा सदस्यहरुको उपस्थितीमा स्विटर वितरण गरिएको शुभारम्भ मासिकका प्रशासक सम्पादक दिनेशसिम्पाने पोखरेल जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया