भोक्राहा नरसिंह गाउँपालिकामा तालिम सम्पन्न
२७ माघ २०७८, बिहीबार १७:१७
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शिपमुलक तालिम सम्पन्न भएको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपांग भएका व्यक्तिहरूको लागि विभिन्न चरणको शिपमुलक तालिम सम्पन्न भएको हो । भोक्राहा नरसिंह गाउँपालिकामा तीन चरणको तीन समूहमा तालिम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुुनन्द मेहताले जानकारी दिनुभयो ।
मेहताका अनुसार तीन समुहलाई चप्पल बनाउने, गुडिया बनाउने र अगरबत्ती बनाउने सम्बन्धी सीप मुलक तालिम दिएको हो । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वीनारायण माविमा भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा सुनसरी अपाङ्ग संघ आयोजनामा तालिम सम्पन्न गरिएको उपाध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिनुुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया