प्याजको मूल्य दुई सातामै दोब्बर – Nagarikabhiyan : National News

प्याजको मूल्य दुई सातामै दोब्बर

काठमाडौँ — कालीमाटी भित्रिने तरकारीले उपत्यकाको ६० देखि ७० प्रतिशत माग धान्छ । बाँकी बल्खु, बालाजु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकी लगायतका बजारले पूर्ति गर्छन् । प्याज र आलुको माग भने झन्डै ८० प्रतिशत कालीमाटी बजारले नै पूर्ति गर्छ । ११ दिनयता भने कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु भित्रिएको छैन ।

सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएपछि केही व्यापारीले आलु–प्याज ल्याएका छैनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन् । आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । यसअघि यी तरकारी तथा फलफूलमा भ्याट लाग्दैन थियो, अब १३ प्रतिशत भ्याट लाग्छ ।

भारतबाट केही मात्रामा आएको हुन सक्छ, तर २१ गतेयता कालीमाटीमा भारतीय आलु–प्याज भित्रिएको छैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट भित्रिए पनि नगण्य छ । एकरदुई टनले माग धान्न सक्दैन ।’ समितिका अनुसार भारतबाट दैनिक औसत ८० देखि ९० टन प्याज भित्रिन्छ ।

भारतबाट आयात नभएपछि समितिभित्र कारोबार हुन छाडेको श्रेष्ठले बताए । भारतबाट दैनिक डेढ सय टनसम्म आयात हुने आलुको आयात पनि रोकिएको छ । ‘सिजन भएकाले स्वदेशी आलु ७०र८० टन भित्रिएको छ, त्यसपछि फेरि भारतकै भर हुन्छ,’ श्रेष्ठले भने, ‘भ्याट लागेपछि व्यवसायीहरूले मगाएकै छैनन्, त्यसको असर स्वतः खुद्रा बजारमा देखिएको हो ।’

श्रेष्ठको भनाइलाई समितिको आयात तथ्यांकले पनि पुष्टि गर्छ । तथ्यांकअनुसार जेठ १ गते भारतबाट ८४ हजार किलो प्याज कालीमाटी भित्रिएको थियो । आयात परिमाण घटबढ हुँदै जेठ १० मा २ लाख १३ हजार किलो र जेठ २० मा ७३ हजार किलो भित्रिएको थियो । त्यसयता आयात ठप्प छ । स्रोतका अनुसार अर्थ मन्त्रालय र भन्सार विभागसँग पहुँच राख्ने व्यापारीहरूले भ्याट लाग्ने सूचनाका आधारमा प्याज लुकाएका थिए ।