सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो – Nagarikabhiyan : National News

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
सुन आज तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।