बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने – Nagarikabhiyan : National News

बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने

काठमाडौं : सबल बैंक, सफल सहकार्य’ को नारासहित नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ।

महालक्ष्मी विकास बैंक र ती संस्थाबीच भएको सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंस्थित आरोगिन हेल्थ केयरका कपाल झर्ने समस्याको उपचार र हेयर ट्रान्सप्लान्टलगायत विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशतसम्म‚ सुनसरीको इटहरिस्थित होटेल पाथीभरा इन्टरनेशनलका सेवामा १० प्रतिशत, काठमाडौं मैतिदेवीस्थित बुइँगल लाउन्ज एन्ड बारका सेवाहरुमा १५ प्रतिशत छुट पाउने छन्।

यसैगरी सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले काठमाडौं लाजिम्पाटस्थित एलो हात्ती स्टुडियोका सेवाहरुमा अधिकतम १० प्रतिशत, सुनसरीको इटहरी(६ स्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरुमा अधिकतम १० प्रतिशत र काठमाडौं मैतिदेवीस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने महालक्ष्मी विकास बैंकले जनाएको छ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउन बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।