भूमि आयोग र भोक्राहा नरसिंह गाउँपालिकाबीच सम्झौता
२७ माघ २०७८, बिहीबार १७:०७
नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र भोक्राहा नरसिंह गाउँपालिकाबीच सम्झौता भएको छ । आयोग र भोक्राहा नरसिंह गाउँपालिका बीच विहीबार भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव तथा प्रमुख प्रशासकिय अधिकृत बाबुुनन्द मेहताले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै र भोक्राहा नरसिंहमा लगत संकलन कार्यले निरन्तरता पाउने भएको छ ।
आयोगका अध्यक्ष निरौलाले अघिल्लो आयोगले गरेको कामहरुलाई पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले संघीय सरकारले प्राथमिकता दिए जसरी नै स्थानीय सरकारले पनि भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
भोक्राहा नरसिंहमा कोही पनि दलित, सुकुम्बासी र विपन्नलाई समस्या नहुने गरि तथा सबैलाई जग्गा र घर भएको गाउँबासी बनाउने उद्देश्यका साथ काम गर्ने अध्यक्ष यादवले बताउनुभयो । वहाँले भूमिहिन सुकुम्बासीहरुको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।
१, राष्टिय भुमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सुकुम्बासी समस्या सामाधान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभई हस्तान्तरण गर्नुहुदै ।

फेसबुकबाट तपाईको प्रतिक्रिया