२५ जेष्ठ २०७७, आईतवार २०:४३ – Page 17 – Nagarikabhiyan : National News

हात्तीको बच्चा जन्मेको केही घण्टामा मरे

इनरुवा । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्ती मध्ये लक्ष्मीकलीले जन्माएको बच्चा जन्मदिएको केही घण्टामै मरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका लक्ष्मीकलीले शुक्रबार साँझ ५ बजेतिर जन्मदिएको बच्चा राति ११ बजे मरेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा हेरचाह गर्ने प्राविधिक नहुँदा हात्तीको बच्चाको ज्यान गएको स्थानीयहरूले दाबी गरेको भएपनि समय अगावै हात्तीले बच्चा जन्म दिएकोले मरेको आरक्ष प्रशासनले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोषकुमार भगतले सामान्यतया २२ देखि २४ महिनासम्ममा हात्तीले बच्चा जन्म दिनुपर्नेमा १३ वर्षको लक्ष्मीकलीले १६ महिनामै जन्म दिएकोले अकालमा बच्चाको मृत्यु भएको बताउनुभयो ।

लकडाउनको समयमा चितवनबाट प्राविधिकको टोली ल्याउने तयारी गरे पनि समय नपुगेकोले बच्चाको अवस्था कम्जोर भएको हुँदा बचाउन नसकिएको उहाँले बताउनुभयो ।

कोशी गाउँपालिकामा प्राविधिक भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट सहयोगका लागि खबर नआएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

कोशीटप्पु वन्यजन्तु आरक्ष सबैको साझा सम्पत्ति भए पनि अहिलेको आरक्ष प्रशासन एकलौटी चल्न खोजेको अन्सारीको आरोप छ ।

आज २५ जेठ २०७७ आइतवार को राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। तत्काल परिस्थिति असहज देखिए पनि कामको जग बसाउन सकिनेछ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले पनि दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। काम खर्चिलो हुनाले कर्जा बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।

‘कोरोना महामारीले नेपाललाई धेरै असर गर्छ, सरकार गम्भिर बन्नुपर्छ, स्वार्थबाट चल्दैन’

काठमाडौं । कोरोनाभाइरस संकटले दक्षिण एसियाका विभिन्न देशहरूलाई असर गरेको छ, भने नेपालमा अरु देशहरू भन्दा बढी नै असर हुने देखिएको छ । किनकि आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरू यस मुद्दासँग सम्बन्धित छन्।

खासगरि नेपालको भूमिगत स्थितिले विकासलाई प्रभाव पारेको छ । रेमिट्यान्सको कारण देशको आम्दानीमा कमी आउनुका साथै कृषि क्षेत्र, साना उद्योग र सेवाक्षेत्रमा भएको घाटाले देश विकासलाई प्रभाव पार्छ किनकी यी क्षेत्रहरूले देशको जिडीपीमा करीव ६० प्रतिशत योगदान गर्दछ।

देशमा तालाबन्दी र कोरोना संक्रमण तीव्र प्रसारका कारण गरिब र अभावग्रस्त वर्गहरू ठूलो समस्यामा परेका छन् । आउँदो दिनहरुमा नेपालले समाजका गरिब र अभावग्रस्त वर्गहरूका लागि गम्भीर ध्यान दिनुपर्ने छ। दुर्गम क्षेत्रहरूमा परीक्षण किटहरूको उपलब्धतामा मात्र अभाव छैन, परिणामस्वरूप कोविड १९ परीक्षणको दर पनि कम छ ।

ग्रामीण क्षेत्रमा कुनै विशेष अस्पताल नभएका स्वास्थ्यकर्मीहरूको लागि अपर्याप्त व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) पनि छैन। देशका विभिन्न भागहरूमा कुनै गम्भीर महामारी सम्बन्धी गडबडीले विरोध प्रदर्शन र सरकार विरुद्ध पूर्ण विद्रोह निम्त्याउन सक्छ। इतिहासले यो वास्तविकताको रूपमा देखाएको छ जुन हुन सक्छ। यसैले यस मोर्चामा सतर्क रहनु आवश्यक छ।

महामारी पनि एक क्षण हो, जब सरकारले भविष्यमा यस्तो संकटसँग कसरी सामना गर्न सकिन्छ भनेर विचार गर्नुपर्दछ। केवल भाग्ने मार्गको रूपमा खाली राष्ट्रवादलाई बढावा दिनुको सट्टा संसाधन र क्षमताहरूमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई रोक्न सकिन्छ। राष्ट्रियता फार्मास्यूटिकल्स, चिकित्सा आपूर्ति, र घरेलु रूपमा उपकरण उत्पादन गर्न आवश्यकता द्वारा संचालित हुनुपर्दछ।

यी क्षेत्रहरूमा परम्परागत रूपमा कुनै क्षमता नभएका देशहरूले पनि उस्तै विकास गर्न काम गरिरहेका छन्। हामीले ती तर्फबाट सोच्नु आवश्यक छ। हामी चुनौतिहरूको सामना गर्न सक्छौं जब हामी पहिले नै समस्यामा छौं। यद्यपि हामी भविष्यका चुनौतीहरूको सामना गर्न अगाडि योजना गर्दछौं। यो सरकारको प्राथमिकतामा ध्यान केन्द्रित गर्ने परिणाम पनि हुन सक्दछ, जुन नेतृत्वको स्वार्थबाट चल्दछ।

तथाकथित ‘रअ’का एजेन्टहरुलाई खुल्ला चुनौती दिएर खैलाबैला मच्चाउने सांसद गंगा चौधरी आफै ‘भारतीय एसेट’ !

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीलाई भारतीय चेली भन्दै भारतीय दुतावास र तथाकथित ‘रअ’ का एजेन्टहरुलाई चुनौती दिने नेकपाकी सांसद गंगा चौधरी ‘भारतीय एसेट’ रहेको खुलेको छ ।

सांसद गंगा चौधरी नेपालस्थित भारतीय दुतावासको नजिक रहेको खुलेको छ । दुतावासको नजिक रहनुका साथै सांसद चौधरीले भारतीयहरुबाट निकै ठुलो लाभ लिने गरेकी उच्च स्रोतले जनाएको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार सांसद चौधरीले नेपालको गोप्य सुचना भारतीय राजदुतावासलाई दिने गरेकी र त्यस वापत मोटो रकम लिने गरेकी थिइन् ।

नेपालका लागि तत्कालीन भारतीय राजदुत मन्जिभ सिहं पुरीले सांसद चौधरीकै सिफरीस र जोडबलमा बाबा जयगुरुदेव मानव धर्म विकास संस्थाका अध्यक्ष रहेका उनका श्रीमान नन्दलाल चौधरीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

No description available.

केहिदिन अघिमात्र सांसद चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी थिइन् । सांसद चौधरीले सरिता गिरीलाई संकेत गर्दै भारतले सीमा नमिचेको ठाउँ नरहेको अवस्थामा संसदमा नै भारतीय चेलिको दादागिरी चलेको आरोप लगाएकी थिइन् ।

सांसद चौधरीले राष्ट्रियताको सवालमा अब बोलाइ र गराईमा समानता कायम गर्न धेरै बोल्नेहरुलाई पनि हम्मेहम्मे पर्न थालेको बताएकी थिइन् । ‘मन अशुद्ध हुनेहरुको मन्तव्य, लेख र अन्र्तवार्ता पनि आम जनताले पनि स्पष्ट रुपमा पहिचान गर्न थालिसकेका छन् । विगतमा नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुको मुकुण्डो पनि तिनलाई उचाल्नेहरुबाट नै पर्दाफास हुनेछ’, उनले भनेकी थिइन् ।

आरडीटी गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

दैलेख । भारतबाट घर फर्किएकाहरू बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० गरेर घर पठाउने निर्णय गर्‍यो ।

नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठायो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जनाको नाम समेत छ ।

अब नगरपालिकाले उनीहरूको खोजी थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का भन्छन्, ‘उनीहरू ५र६ वटा वडाका थिए । संक्रमण पुष्टि भएका केही ‘आइसोलेसन’मा छन् । अझै ४५ जना आउन बाँकी छन् ।’

आइसोलेसन भनिए पनि सम्पर्कमा आएकाहरूलाई पनि यसअघिको क्वारेन्टिन स्थलमा राखिएको हो ।

मेयर रत्नबहादुर खड्काका अनुसार संक्रमण पुष्टि भएका २१ जनालाई महेन्द्र माविको क्वारेन्टिनमा राखिएको छ भने केहीलाई डाँडागाउँको प्राविमा राखिएको छ । संक्रमितको सख्ंया धेरै भएकाले आइसोलेसन बेड बनाउन सम्भव छैन । त्यसले यसअघिका क्वारेन्टिन स्थलहरूमा राख्न थालिएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा। निरन्जन पन्तले केन्द्रीय निर्णयअनुसार नै आरडीटी गरेको घर पठाएको तर उनीहरूकै पीसीआर पोजेटिभ आएको बताए । क्वारेन्टिन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुन सक्ने उनको तर्क छ ।

तर आरडीटी गरेर घर पठाएका ठूलो संख्यामा नै संक्रमण पुष्टि हुनुले त्यो निर्णय सही थियो त भन्ने प्रश्न उठेन भन्ने प्रश्नमा उनले भने, ‘प्रश्न त उठेको छ ।’

जनस्वास्थ्य विज्ञहरूले भने यसलाई जनस्वास्थ्यमाथि सरकारको खेलवाड भनेका छन् ।

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।

सुनसरी काग्रेंसको जुम एप्लिकेशन मार्फत डिजिटल बैठक

इनरुवा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको छ ।

प्रदेश १ का प्रतिपक्षी दलका नेता तथा सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको डिजिटल बैठकले कोभिड १९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगामी महाधिवेशन, केन्द्र, प्रदेश र स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम, शैक्षिक क्रियाकलाप, रुकुम घटना, धरानको खानेपानी आयोजनालगायतका राष्ट्रिय तथा स्थानीय समसामयिक विषयवस्तुहरु माथि गहन जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोलेले बताउनुभयो ।

बैठकमा सभापती कोईरालाले लक डाउनका कारण दुई महिनादेखि जिल्ला कार्य समितिको बैठक बस्न नसकेका कारण प्रविधिको सदुपयोग गर्दै डिजिटल बैठकको आयोजना गरिएको बताउनुभयो । उहाँले अबको युगमा सबैको प्रविधिमा पहुंच पुराउनुपर्ने आवश्यकता देखिएको बताउंदै डिजिटल बैठकलाई निरन्तरता दिने बताउनुभयो ।

जिल्ला सचिव केदार भण्डारी र जिल्ला सदस्य वीरेन्द्र शाहले सहजिकरण गरेको बैठकमा सांसद सिताराम मेहता, वरिष्ठ नेता प्रदिप चौधरी, उपसभापतिद्धय संजयप्रसाद श्रेष्ठ र हरिलाल मेहता, सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, सहसचिव नगेशचन्द्र राई, जिल्ला सदस्यहरु गोविन्द विश्वकर्मा, निलकुमारी गिरी, विमला ढकाल, दिपेशजंग बस्नेत, रुपा कार्की, अलिम अन्सारी, रमला तामाङ, कृष्ण मेहता, विनोद मेहता, प्रदिप मेहता, रंजेश भट्टराई, सुनिल साह, गोविन्द बस्नेत, सहनाज वेगम, चुमुकलाल राय, योगेन्द्र मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, देवानगञ्ज गाउंपालिका अध्यक्ष, लालीप्रसाद मेहता, प्रदेश सभा सदस्यका प्रत्यासी बुद्धि कटवाल लगायतले विचार राख्नुभएका थियो ।

बालक लागु औषध सहित पक्राउ

इनरुवा । सुनसरीमा लागु औषधको ओसारपसार र कारोबार बढेको बेला एक बालक लागु औषध सहित पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ६ बाट सशस्त्र प्रहरी बल श्रीपुरले लागूऔषध सहित एकजना १३ वर्षका बालकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुर्णबहादुर दाहालका अनुसार शुक्रबार राति चेकजाँचको क्रममा कोशी गाउँपालीका वार्ड नम्बर ६ स्थित श्रीपुरबाट १३ वर्षका बालकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ पर्नेमा कोशी गाउँपालीका वार्ड नम्बर १ लौकही बस्ने कृष्ण यादव रहेका छन् । यादवले बोकेको झोला सशस्त्र प्रहरीलाई देखेपछि भागेका थिए ।

चेकजाँच गर्दा कृष्णले बोकेको झोलामा २६४ पीस स्पास्मो प्रोक्सभिन र ११ बोतल डाइलेक्स डिसि फेला परेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

लकडाउनको समयमा भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपालमा प्रतिबन्धित लागूऔषध भित्र्याउने गिरोह बढेको प्रहरीको भनाई छ । सीमामा प्रहरीले निगरानी बढाएपछि त्यस्ता लागूऔषध कारोबार धमाधम पक्राउ पर्न थालेको छ ।

कोशीमा स्वास्थ्य चौकी र वडा कार्यालयको सिलानयास

इनरुवा । सुनसरीको कोशी गाउँपालिका २ पश्चिम कुशाहामा स्वास्थ्य चौकी र वडा कार्यालय निर्माणका लागि स्थानीय सिलान्यास गरिएको छ ।

स्थानीय समाजसेवी चिचो यादव लगायत परिवारका सदस्य लक्ष्मी यादव, बिलेछ्न यादव र समाजसेवी दानालाल यादवले चालीस लाखभन्दा बढी मूल्य पर्ने जग्गा दानमा उपलब्ध गराएकाले कोशीमा स्वास्थ्य चौकी र वडा कार्यालयको सिलानयास गरिएको हो ।

स्वास्थ्य चौकी र वडा कार्यालय भवनको शिलान्यास गर्दै जग्गादाता चिचो यादवले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुका साथै स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको बताउनुभयो । स्वास्थ्य चौकी र वडा कार्यालय भवन कोशी गाउँपालिकाको आर्थिक वर्ष ०७६।०७७ को बजेटबाट बन्ने भएको छ ।

शिलान्यास कोशी गाउँपालिका २ नम्बर वडा अध्यक्ष हिरालाल यादवले गरेका थिए भने सोही वडाका वडा सदस्यहरु स्थानीय समाजसेबी बुद्धिजीवीहरुको समेतको उपस्थिति रहेको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको जोखिमको अवस्थामा पत्रकार सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाको सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउन आग्रह गरिएको छ।

“बन्दाबन्दीको अवधिमा अनुगमन तथा समाचार सङ्कलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहारमा परेका छन्”, विज्ञप्तिमा भनिएको छ, “उनीहरुलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कारे गरिएको, कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेको जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिन्छ।”

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह
आयोगले कोभिड–१९ कोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेन्टिन मापदण्ड अनुरुप व्यवस्थितरुपले सञ्चालन गर्न आग्रह गरेको छ। सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले सङ्कट झनै लम्बिन सक्ने देखिएको छ।

झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्ड विपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासिनता देखिएको आयोगले जनाएको छ।

आयोगले क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिन तथा नेपालको संविधानको धारा ५२ बमोजिम मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवद्र्धन गर्ने राज्यको दायित्व प्रभावकारीरुपमा पूरा गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र त्यसबाट हालसम्म मृत्यु भएका ११ जनामध्ये नौजनाको मृत्यु क्वारेन्टिनभित्र भएको, दुई हजार ९०० भन्दा बढी सङ्क्रमित भएको र एक लाख ६७ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा नै रहिरहेको अवस्था उल्लेख छ। द नेपालटपबाट

करको विषयमा वडाका राजस्व शाखासंग अन्तरकृया, अगामी आवमा सुधारको तयारी

इनरुवा ।  सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले करको वर्तमान अवस्था र अगामी आर्थिक वर्षमा गर्ने सुधारका बारेमा अन्तरकृया गरेको छ ।

इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेलको पहलमा भएको करको समिक्षा, वर्तमान अवस्था , करबाट जनतामा परेको सकारात्मक र नकारात्मक असर समेतको बारेमा छलफल भएको छ ।

विगतमा बढी गुनासो करको शिर्षकहरुमा पूनरावलोकन गर्ने र अगामी आर्थिक वर्षमा निरधारण गर्ने करमा सुधार गर्ने बारेमा अन्तरकृया गरेको पोखरेलले बताउनुभयो ।

चालु आर्थिक वर्षमा भएको अवस्था र गुनासोका बारेमा १० वटै वडाहरु र राजस्व शाखाका प्रमुखसंग जानकारी लिएको वहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत षडकुमार पोखरेल, प्राविधिहरु र शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

१९ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित भएको हो ।

उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधबार जाँच गर्दा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखापरेपछि आरडिटी गरिएको हो । नवजात शिशुको भने आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख डा जोशीले बताए । उनले भने, “अस्पतालमा आउने अरु बिरामी जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टिनमा बस्न भनेका हाैँ”, उनले थपे, “१९ स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पिसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ ।”

आरडिटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भए÷नभएको थाहा हुने जनाएको छ । ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ । १९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी हुन् ।

सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा जोशीको भनाइ छ । यसैबीच बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालमै कोरोनाविरुद्धको खोप बनाएको दाबी गर्ने डा.दास भन्छन्- ‘अबको दायित्व राज्यको हो’

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन्। जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि तल्लिन छन्।

विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालेका हन्। हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहेका डा।दासले भने, ‘कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु।’

कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको आफ्नो अनुसन्धानले सफलता पाएको उनको दाबी छ।

‘प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ। अब थप अनुसन्धान राज्यको हो,’ उनले भने। आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग उनले आग्रहसमेत गरेका छन्।

वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा।दासले जडीबुटीको प्रयोग गरी खोप तयार पारेका हन्। सुरुका दिनमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गरेका उनले कोरोना प्रतिरोधी क्षमता बढाउने खोपको समेत विकास गरेका छन्।

कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पारेका दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासोमा राखेर छलफलसमेत गरेको छ। नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा।दासले मङ्गलबार भर्चुअल छलफल गरेका हुन्।

विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र विश्व स्वास्थ्इ सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको दासले जानकारी दिए।

अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा.दासले बताए। डब्ल्यूएचओले कोरोनाविरुद्धको खोपको खोजी र अनुसन्धानका लागि उत्प्रेरित गरिरहेको छ।

सोही क्रममा डा.दासको अनुसन्धान अवधारणापत्रलाई डब्ल्यूएचओमा पठाइएको थियो। डा.दासले कोरोना भाइरसविरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिएका छन्।

यस्तै, कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोपलाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिइएको छ। डा.दासको अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारीसँग अर्को बैठक असार २ गतेका लागि तय भएको छ। आजको गोरखापत्र दैनिकबाट ।

ब्राजिलमा कोरोना संकट, मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा १ हजार ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ४७ पुगेको छ । यो मृत्युदर विश्वमै सबैभन्दा धेरै हो ।

ब्राजिलमा कोरोनाबाट ६ लाख ४६ हजार संक्रमित छन् भने ३० हजार संक्रमित बितेको २४ घण्टामा थपिए । २ लाख ८८ हजार उपचारपछि निको भएका छन् । ३ लाख २२ हजार एक्टिभ केस छ ।

ब्राजिल कोरोनाबाट विश्वमा दोस्रो र ल्याटिन अमेरिकामा पहिलो धेरै प्रभावित मुलुक हो ।

अब लक्षण नदेखिँदासम्म पिसिआर परीक्षण नहुने, संक्रमणको जोखिम ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ।

अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने स्पष्ट पारेको छ । आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ । आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन।

राज्यको स्रोतसाधनले धान्न नसक्ने देखेपछि लक्षण नभएकालाई परीक्षण नगरी घर पठाउने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए । भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन्।

निर्देशिकामा स्पष्टसँग लेखिएको छ, ‘कोरोनाको लक्षण नदेखिएकालाई अब पिसिआर विधिमार्फत कोरोना जाँच गरिँदैन।’ अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको भने १४ दिनपछि आरडिटी परीक्षण गरिनेछ । स्रोतका अनुसार आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा मात्रै पिसिआर परीक्षण हुनेछ । सरकारमातहत रहेको अनुसन्धान परिषद्ले समेत हालै गरेको एक अध्ययनले उपचारमा आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने सुझाब दिएको थियो।

मन्त्रालय स्रोत भन्छ, ‘आरटी–पिसिआर परीक्षण निकै महँगो विधि रहेछ, हामीलाई धान्न निकै कठिन भयो । त्यसैले अब लक्षण नभएकालाई परीक्षणमा पिसिआर विधि प्रयोग गरिनेछैन।’

कोरोना जाँचको चार महिनामै सरकार परीक्षणबाट भाग्न खोजेको देखिएको छ । अहिलेसम्म देशभर एक लाख ६६ हजार चार सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै दुई हजार नौ सय १२ जनामा संक्रमण देखिएको छ । सबैजसो संक्रमितहरू लक्षणविहीन रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । आजको नयाँ पत्रिका दैनिकबाट ।

भारतमा कोरोनाबाट एकैदिन मृत्यु हुनेमा नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

त्यहाँ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ सय ८६ जनाको संक्रमणबाट मृत्यु भएको छ । जुन मृत्यु हुनेको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यसअघि जुन ४ मा सर्वाधिक २ सय ७४ थियो । यो संख्या अझै बढ्न सक्ने सरकारी अधिकारी बताउँछन् ।

भारतमा कोरोना भाइरसबाट हालसम्म २ लाख ३६ हजार संक्रमित छन् भने ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ९ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । १ लाख १३ हजार उपचारपछि निको भएका छन् ।

भारत कोरोनाबाट विश्वमा छैटौँ र दक्षिण एसियामा पहिलो धेरै प्रभावित देश हो ।