करको विषयमा वडाका राजस्व शाखासंग अन्तरकृया, अगामी आवमा सुधारको तयारी – Nagarikabhiyan : National News

करको विषयमा वडाका राजस्व शाखासंग अन्तरकृया, अगामी आवमा सुधारको तयारी

इनरुवा ।  सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले करको वर्तमान अवस्था र अगामी आर्थिक वर्षमा गर्ने सुधारका बारेमा अन्तरकृया गरेको छ ।

इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेलको पहलमा भएको करको समिक्षा, वर्तमान अवस्था , करबाट जनतामा परेको सकारात्मक र नकारात्मक असर समेतको बारेमा छलफल भएको छ ।

विगतमा बढी गुनासो करको शिर्षकहरुमा पूनरावलोकन गर्ने र अगामी आर्थिक वर्षमा निरधारण गर्ने करमा सुधार गर्ने बारेमा अन्तरकृया गरेको पोखरेलले बताउनुभयो ।

चालु आर्थिक वर्षमा भएको अवस्था र गुनासोका बारेमा १० वटै वडाहरु र राजस्व शाखाका प्रमुखसंग जानकारी लिएको वहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत षडकुमार पोखरेल, प्राविधिहरु र शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।