भारतमा कोरोनाबाट एकैदिन मृत्यु हुनेमा नयाँ रेकर्ड – Nagarikabhiyan : National News

भारतमा कोरोनाबाट एकैदिन मृत्यु हुनेमा नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

त्यहाँ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ सय ८६ जनाको संक्रमणबाट मृत्यु भएको छ । जुन मृत्यु हुनेको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यसअघि जुन ४ मा सर्वाधिक २ सय ७४ थियो । यो संख्या अझै बढ्न सक्ने सरकारी अधिकारी बताउँछन् ।

भारतमा कोरोना भाइरसबाट हालसम्म २ लाख ३६ हजार संक्रमित छन् भने ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ९ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । १ लाख १३ हजार उपचारपछि निको भएका छन् ।

भारत कोरोनाबाट विश्वमा छैटौँ र दक्षिण एसियामा पहिलो धेरै प्रभावित देश हो ।