२६ जेष्ठ २०७७, सोमबार १८:३५ – Page 16 – Nagarikabhiyan : National News

रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू

काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरू गरेको छ ।

पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग ४ हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरू भएको हो ।

सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ ।

झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ । झापा जिल्ला प्रशासन कार्यालयले जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरू भएको जानकारी दिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले जग्गाधनी प्रमाणपूर्जा, मालपोत तिरेको रसिद र नागरिकताको प्रमाणपत्रसहित हकदाबीका लागि निवेदन दिन सूचनामार्फत सर्वसाधारणलाई जानकारी दिइएको बताए । द नेपालटपबाट

कोरोनाबाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापनमा समस्या

पोखरा । कोरोनाभाइरस (कोभिड–१९)बाट मृत्यु भएका पुरुषको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र परेको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

शव बोक्नका लागि हालसम्म कुनै चालक तयार नभएपछि नेपाली सेनाको टोली तीन पटक अस्पताल पुगेर फर्किएको छ ।

कोरोनाबाट मृत्यु भएकाको शव जलाउनु पर्ने भए पनि जातीय संस्कारअनुसार गाड्नु पर्ने भएकोले हालसम्म घाटको टुंगो समेत लाग्न सकेको छैन ।

पोखरा महानगरपालिकाले वडा नं ११ सेती नदीको किनार रिठ्ठाघाटमा गाड्ने भने पनि सहमति जुट्न सकेको छैन । सेनाले उक्त घाटमा एक्स्काभेटरको सहायताले खाल्डो खनेर ठिक्क पारेको छ । तर, पोखरा महानगरका ११ र २० नंम्बर वडाका स्थानीयले उक्त घाटमा शव गाड्न नदिने बताएका छन् । ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले अस्पताल नजिकै रामघाट हुँदाहुँदै अन्यत्र गाड्न लागिएकोमा आफ्नो असहमति रहेको बताए ।

महानगरले भने रामघाटमा बालुवा चाल्ने मजदुरहरु धेरै रहेकोले अन्यत्र शव व्यवस्थापन गर्न लागिएको बताएको छ । यसअघि पोखरा १५ को हरियोखर्कमा गाड्ने सहमति नजुट्दा ११ को रिठ्ठाघाटमा लैजाने तयारी गरेको हो ।

मृतकका श्रीमती र छोरी अन्तिमपटक शव हेर्नका लागि अस्पताल परिसरमै दुई घन्टादेखि एम्बुलेन्समै बसिरहेका छन् ।

यता शव भएको आइसोलेसन वार्डमा थप तीन जना कोरोना संक्रमित छन् ।

बालिकासगैं रहेकाको कोरोना रिर्पोट नेगेटिभ

इनरुवा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा उपचारका लागि आएकी कोरोना सङ्क्रमित बालिका राखिएको वार्डमा कन्ट्याक ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडानं. ७ की ७ वर्षीय बालिकाको खुट्टा भाँचिएर उपचारका लागि प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा भर्ना भएकी थिइन् । उनको खुट्टाको अप्रेसन गर्नु पहिले कोरोना परीक्षण गर्दा उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पहिलो चरणमा करिब ६४ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । सो वार्डमा कार्यरत सुरक्षा गार्ड, चिकित्सक, बिरामी र बिरामीका कुरुवाहरूको पिसिआर परीक्षण गरिएको थियो ।

नेपाल कोरोना अपडेटः ३१४ जना संक्रमित थपिए, संक्रमितको सँख्या ३,७६२ पुग्यो

काठमाडौं । देशमा थप ३१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्।

क्वारेन्टाईनमा सुविधाको अभाव भएको आरोप

इनरुवा । सुनसरीको विभिन्न ठाउँमा रहेको क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको पीडितहरुले आरोप लगाएका छन ।

हाल जिल्लामा १२ स्थानीय तहको २६ स्थानमा कुल एक हजार २८६ वेड क्षमताको क्वारेन्टाईन सञ्चालनमा रहेकोमा प्रायः सबैतिर आधारभूत सुविधा अभाव देखिएको पीडितहरुले आरोप लगाएका हुन ।

अनुगमनका क्रममा क्वारेन्टाईनमा रहेकाहरुले आफूहरुलाई यहाँ बस्न आधारभूत सुविधा नदिएको र खान, बस्न, सरसफाई तथा अन्य सुविधा अभाव देखिएको बताएका छन् ।

अभावका कारणले कोरोना सक्रमण बढ्ने र स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गुनासो गरेका छन् । यहाँ रहेका एक हजार २८६ सैयाको क्वारेन्टाइनमा हाल ८४१ जनालाई राखिएको छ । उनीहरुलाई प्रयोग गर्न सरसफाईको सामग्री साबुन , पानी र स्यानिटाइजर , समयमा खाना, नास्ता र बस्ने व्यवस्था राम्रो नगरेको हरिनगर क्वारेन्टाईनका सतार मियाँले गुनासो गर्नुभयो ।

मियाँले आफूहरु कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको बताउनुभयो । इनरुवाको भगवती माविमा रहेका एक जनाका अनुसार स्वास्थ्यकर्मीको निगरानी नभएको, समयमा खान नदिएको, सौचालय र पानीको राम्रो व्यवस्था नभएकाले समस्या भएको छ ।

इनरुवामा साबुन नहुँदा आफूहरुले प्रयोग गर्ने साबुनको समेत समस्या रहेको र कोरोना पुष्टी भएको कोठामा बस्नेलाई सहजताका लागि सुरक्षा नगरेको र सरसफाई समेत नगरेको उनीहरुको आरोप छ । क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ ।

स्वास्थ्य शाखा इनरुवाले क्वारेन्टाइनमा बस्नेहरुलाई नआत्तिन भनरे हौसाला दिइएको बताउनुभयो । उता सुनसरीमा सोमबार थप १ जनामा कोरोना पुष्टि भएको छ । कोसीको राजा पोखैर क्वारेनटाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । उहाँको परीक्षण प्रादेशिक प्रयोगशाला कोसी अस्पतालमा गरिएको थियो ।

उहाँ भारतबाट आएर क्वारेनटाइनमा बस्नुभएको बताइएको छ ।
इनरुवाको भगवती माविको क्वारेन्टाइनमा बस्दै आएका मानिसहरु मध्ये सनिवार कोरोनाको परीक्षण गर्दा दुई जानामा कोरोना पोजेटिभ देखिएकादे क्वारेन्टाईनमा बस्नेहरु आतिएका छन् । दुईजानामा कोरोना पोजेटिभ रिपोर्ट आएकाले बाकी रहेकाहरु संशकित बनेका छन् ।

इनरुवा बस पार्कको क्वारेन्टाइनमा बस्दै आएका सबैजानाको भने दैनिक निगरानी र चेकजाँच दिनमा २ पटकसम्म गरिएको भएपनि भगवतीको क्वारेन्टाइनमा बस्दै आएकाको परीक्षण र निगरानी नियमित नगरेको गुनासो आएको छ ।

क्वारेन्टाइनमा बस्दै आएकाको परीक्षण र निगरानी नियमित नगरेको गुनासोका बारेमा इनरुवा नगर प्रमुख राजन मेहताले खण्डन गर्नुहुदै काम भईरहेको बताउनुभयो । उता सुनसरीका प्रमुख जिल्ला अधिकरी राजेश पौडेलले पालिकाहरुले व्यवस्थापन गरेको प्रतिकृया दिनुभयो ।

स्वास्थ्यकर्मी सेवा समितिद्धारा देवानगञ्ज गापालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

देवानगंज ।  सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा स्वास्थ्य सेवा समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै देवानगञ्ज गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको संस्था स्वास्थ्य सेवा समितिले (KN 95 Mask, Hand sanitizer, Surgical mask, Top gloves, Surgical cap) स्वास्थ्य सुरक्षा सामग्री पालिकाका अध्यक्ष श्री लालीप्रसाद मेहतालाई प्रदान गरेको हो ।

गाउँपालिकामा स्वास्थ्य सेवा समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रम डा.आनन्द मेहता, फा.कृष्ण नन्दन मेहता, महेश प्र.मेहता, दिनेश मेहता, जुगणु उराँव, बिनोद , रामेश्वर, राजकुमार, सुभाष, संजिव, लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

जवानबाट कुटिए सशस्त्र प्रहरीका कमाण्डर

काठमाडौं । सशस्त्र प्रहरी बलको एउटा युनिटका कमाण्डर मातहतका कर्मचारीबाट कुटिएका छन् । कैलालीस्थित नेपाल–भारत सीमा भुइयाफाँटा बोर्डर आउट पोष्ट (बीओपी) मातहत रहेको अस्थायी चेक पोष्ट, बड्किपलिघाटका प्रमुख सई रामबहादुर टेर र हवल्दार दौलतसिंह धामी कुटिएका हुन् ।

त्यहीँ कार्यरत सशस्त्र प्रहरी जवान जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले शनिबार साँझ उनीहरुलाई कुटपिट गरेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ भने अहिले अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविण श्रेष्ठले अनलाइनखबरलाई बताए । कुटपिट हुन थालेपछि छुट्टयाउन गएका पनि घाइते भएका हुन् ।

एसएसपीको नेतृत्वमा छानविन समिति गठन

घटनाको विषयमा सशस्त्र प्रहरी बलको मुख्यालयले छानविनका लागि ७ नं। बाहिनीका एक जना वरिष्ठ अधिकृतको नेतृत्वमा छानविन समिति बनाएको छ ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेषबहादुर शाहको नेतृत्वमा एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र एक जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सदस्य रहेको छानविन समिति बनाएको हो ।

समितिले गरेको प्रारम्भिक छानविनमा दुई जना जवानले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको निष्कर्ष निकालेको छ । साथै, उनीहरुलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

जवानले विदामा बसेको बेलाको रासनमा अनियमितता गरेपछि कुटेको बयान दिएका छन् । त्यससम्बन्धमा पनि छानविन भइरहेको जनाइएको छ ।

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थिये । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ । संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एकरएक जना रहेको प्रजिअ पौडेलले जानकारी दिए ।अनलाइनखबरबाट

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

चितवन । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।अनलाइनखबरबाट

कोरोना महामारी: ईस्लामावादमामा योगी आदित्यनाथको कामको खुलेर गरियो प्रशंसा, पाकिस्तानमा इमरान भन्दा योगी ‘हिट’ !

भारत । कोरोना भाइरस महामारीको बेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेको कामको पाकिस्तानमा समेत चर्चा शुुरु भएको छ।

भारतलाई घृणा गर्ने पाकिस्तानका मिडियाले पनि मुख्यमन्त्री आदित्यनाथको कामलाई विश्वस्त तुल्याएको छ । पाकिस्तानको लोकप्रिय मिडीया द डॉनका सम्पादक फद हुसेनले समेत योगीको कार्यलाई प्रशंसा गरेका छन् ।

सम्पादक फद हुसेनले समाजिक सञ्जाल ट्वीटमार्फत पाकिस्तान र भारतीय राज्य युपीमा कोरोना भाइरस संक्रमिणत र मृत्यु दरसँग तुलना गरेका छन् ।

हुसेनले ट्वीटमा ‘यो ग्राफ ध्यानपूर्वक हेर्नुहोस्, उत्तर प्रदेश र पाकिस्तानको तुलना गर्दा तपाईले देख्न सक्नुहुन्छ उत्तर प्रदेश भन्दा पाकिस्तानमा बढी मृत्यु भएको छ । म तपाईंलाई यो चार्टको माध्यमबाट बुझाउँछु, की यूपीले लकडाउन कडाइका साथ गर्‍यो, तर पाकिस्तानमा यस्तो हुन सकेन, जसको परिणामस्वरूप संक्रमण र मृत्युको दर यहाँ उच्च छ, जबकि उत्तर प्रदेशमा यो कम छ।’ भनेका छन् ।

No description available.

अर्को ट्वीटमा फहदले ‘उत्तर प्रदेशको जनसंख्या करीव २२ करोड ५० लाख छ र पाकिस्तानमा २० करोड भन्दा अलि बढी छ। दुबैको समान प्रोफाइल र साक्षरता दर छ। उत्तर प्रदेशको तुलनामा पाकिस्तान प्रति किलोमिटर जनसंख्या घनत्व कम छ र प्रति व्यक्ति आय बढी छ। तर पनि उत्तर प्रदेशमा कोरोना कारण कम मृत्यु भएका छन्।’ भनेका छन् ।

जनसंख्या, प्रोफाइल, यूपी र पाकिस्तानको साक्षरता दर लगभग समान छन्। यद्यपि यूपीमा संक्रमित व्यक्तिको संख्या १० हजार २ सय ६१ रहेका छ भने पाकिस्तानमा ९० हजार मानिस संक्रमित छन्। पाकिस्तानमा मर्नेहरूको संख्या २००२ छ, जबकि उत्तर प्रदेशमा २७५ जनाले मात्र ज्यान गुमाएका छन् ।

कर्णालीमा थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । कर्णालीमा थप १६ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

थपिएका १६ जनासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ ।

आज २६ जेठ २०७७ सोमवार को राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २६ गते सोमबार इश्वी सन २०२० जुन ८ तारीख आषाढ कृष्णपक्ष तृतीया तिथी पूर्वाषाढा नक्षत्र शुक्ल योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

सरकारको अर्को लापरवाही : कोरोना संक्रमितलाई विना परीक्षण घर पठाउन निर्देशन

काठमाडौं । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १० जना आइतबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना गरी १० जना घर गएका हुन् ।

१४ दिन आइसोलेसनमा बसेका उनीहरुमध्ये ५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर बाँकी ५ पाँच जनाको परीक्षण नै गरिएको थिएन लक्षण नभएका कारण डिस्चार्ज गरिएको हो । अर्थात उनीहरु घर जाँदा संक्रमित नै छन् कि निको भइसके भन्ने जाँच नै गरिएन ।

यसअघि शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जनालाई पनि पीसीआर विधिबाट परीक्षण नै नगरी डिस्चार्ज गरिएको थियो ।

किन पीसीआर टेष्ट समेत नगरी घर पठाइयो त रु बेलझुण्डी र धनगढीका दुबै अस्पतालका अधिकारीहरु भन्छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन नै यही छ ।’

 

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ का प्रमुख डा। गुणराज लोहनीले २१ जेठमा सबै कोभिड अस्पताललाई पत्र लेखेर कोरोना परीक्षणको नयाँ गाइडलाइनअनुसार पोजेटिभ केसहरुलाई लक्षणमुक्त भएको तीन दिन वा १४ दिन आइसोलेसनमा राखेपछि टेष्ट नगरी डिस्चार्ज गर्न भनिएको छ ।

मन्त्रालयले नै निर्देशन दिएपछि अस्पतालहरुले बिना परीक्षण डिस्चार्ज गर्न थालेका हुन् ।

जनस्वास्थ्य विज्ञहरु भने यसरी लक्षण नदेखिएको आधारमा आइसोलेसनमा बसेको संक्रमितलाई बिना परीक्षण घर पठाउनु गलत भएको बताउँछन् ।

जनस्वास्थ्य विद डा। शरद वन्तले एकपटक पीसीआर पोजेटिभ आएको व्यक्तिलाई पीसीआर नेगेटिभ नआई घर पठाउने निर्णय गलत रहेको बताए । किनकी यसरी घर पठाएको मानिसले अरुलाई संक्रमण सार्ने सम्भावना उच्च हुने उनको भनाइ छ ।

‘लक्षण नहुँदैमा मानिसमा संक्रमण छैन र सार्दैन भन्नु गलत हो’ डा। वन्त भन्छन्, ‘नेपालको परिप्रेक्षमा आइसोलेसनमा कति दिन बस्यो भन्नेभन्दा कतिवटा टेस्ट नेगेटिभ आयो भन्ने महत्वपूर्ण हुन्छ ।’

लक्षणविहीन भएकै आधारमा बिरामीलाई डिस्चार्ज दिँदा धेरै संक्रमित घरमा पुग्ने उनको दाबी छ ।

जिवाणु वैज्ञानिक डा। सुदीप खड्काका अनुसार मानिसमा संक्रमण सुरु भएको ५ दिनपछि मात्र लक्षण देखिन थाल्छ । त्यसैगरि धेरैजसो संक्रमितमा सुरुदेखि अन्तिमसम्म लक्षण देखिँदैन, तर उनीहरुले अरुलाई कोरोना संक्रमण सार्न सक्छन् । एक अध्ययनका अनुसार केही संक्रमितमा लक्षण नदेखिएको चार हप्तापछि पनि पीसीआर पोजेटिभ देखिएको थियो भने पोजेटिभ आएको ६ दिन पछिसम्म पनि संक्रमितमा कोभिड–१९ को लक्षण देखिएको छ ।

‘लक्षणले उपचार कसरी गर्ने भन्ने कुरा निर्क्योल गर्ने मात्र हो । लक्षणकै आधारमा मानिसमा भाइरसको संक्रमण निको भयो कि भएन भनेर निर्क्योल गर्न मिल्दैन’ डा। खड्का भन्छन्, ‘झन् नेपालको जस्तो अव्यवस्थित आइसोलेसनमा बसेका संक्रमितहरुलाई पीसीआर नगरी घर पठाउनु घातक हो ।’

जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित पनि सरकारको यो निर्णय घातक रहेको टिप्पणी गर्छन् । अव्यवस्थित आइसोलेसनमा सामाजिक दुरी र अन्य मापदण्ड पालना नहुने भएकाले १४ दिन आइसोलेसन बसेकै आधारमा घर पठाउँदा कोरोना संक्रमण घरसम्म जाने उनको तर्क छ ।

उनका अनुसार आइसोलेसन र क्वारेन्टिन स्थलमा १४ दिनसम्म लक्षण नदेखिएको मानिसबाट अर्को मानिसमा संक्रमण सर्ने सम्भावना हुन्छ । र, त्यस्ता मानिसले घरमा गएर संक्रमण सार्दा कोरोनाको महामारी नियन्त्रण बाहिर जान सक्छ ।

‘अव्यवस्थित क्वारेन्टिनले रोग निम्त्याइरहेको छ । त्यसैले लक्षण नभएका, जोखिम समूहमा नपर्ने संक्रमितलाई मिलेसम्म घरमै आइसोलेसनमा राख्नु बेस हुन्छ’ डाक्टर दिक्षित भन्छन्, ‘तर पीसीआर टेष्ट नगरी घर पठाउँदा संक्रमितलाई थप अन्योल हुनुका साथै समाजमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ ।’

सरकारको यो गलत निर्णयले अवस्था झन् भयावह हुनसक्ने उनको दाबी छ । उनकाअनुसार संक्रमितमध्ये एक चौथाई संक्रमितमा कुनै लक्षण नदेखिए पनि अरुलाई संक्रमण सार्न सक्छन् । त्यसैले पीसीआरको नतिजा नेगेटिभ नआएसम्म पूर्ण आइसोलेसनमा बस्नुपर्छ । उनी भन्छन्, ‘टेस्ट नगरी घर पठाउने हो भने किन आइसोलेसनमा राख्नु रु पीसीआर टेस्ट नेगेटिभ नआई घर पठाउनु भनेको संक्रमितलाई निको नभई घर पठाउनु हो ।’

संक्रमितलाई राख्ने ठाउँको अभाव भएको अवस्थामा आइसोलेसनमा राखेकाहरुलाई ५ देखि ७ दिनभित्र कुनै समस्या र लक्षण देखिएन र त्यो बेला पीसीआर गर्दा नेगेटिभ आयो भने घर पठाउन मिल्ने डा। दीक्षित बताउँछन् । ‘तर पीसीआर नै नगरी लक्षण नभएकै आधारमा घर पठाउनु भनेको एकदम अवैज्ञानिक हो र यसले गम्भिर समस्या निम्त्याउन सक्छ’ डा। दीक्षितले भने ।

हुन पनि स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार नेपालमा अहिलेसम्म निको भएकाहरुको आइसोसेलन बसाई औसत १९ दिन छ । कतिपय संक्रमित त एक महिना भन्दा बढी आइसोलसेनमा बसेका छन् र पटकपटक टेष्ट गर्दा पोजेटिभ आएको छ ।

त्यही कारण नयाँ प्रोटेकल आउनुअघि दुई पटकसम्म पीसीआर टेष्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने गरिएको थियो । कोरोना अस्पतालका एक चिकित्सक भन्छन्, ‘यस्तो अवस्थामा पीसीआर टेष्ट नगरी पठाउने निर्णयलाई कसरी सही भन्नु ?

सरकारले आर्थिक (पीसीआर टेष्टको खर्च) वा प्राविधिक (पीसीआर गर्न संकलन भएको स्वाबको बढ्दो चाप) मात्र विश्लेषण गरेर यस्तो निर्णय गरेको हुनसक्ने डाक्टर वन्त बताउँछन् । तर जनस्वास्थ्यको हिसाबले यो निर्णय गलत रहेको भन्दै उनले भने, ‘लक्षण नहुनु नै संक्रमण नहुनु हो र त्यस्ता व्यक्तिबाट अरुलाई कोरोना भाइरसको संक्रमण सार्दैन भन्ने प्रमाण होइन ।’अनलाइनखबरबाट

 

जसपाको अध्यक्षबाट हटे बाबुराम, बने चौथो क्रमको वरिष्ठ नेता

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षबाट डा. बाबुराम भट्टराईको नाम हटाइएको छ ।

आइतबार वरियता विवाद मिलेपछि महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो ।

तर, निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव मात्रै छन्।

निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादीले वैशाख १० गते एकीकरणको घोषणा गरेको भएपनि वरियता विवाद मिलाउन नसक्दा दल दर्ता हुन सकेको थिएन ।

आइतबार २ सय १३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३४ सय ४८

काठमाडौं । नेपालमा थप २ सय १३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अनुसार आइतबार २ सय ९ जना पुरुष र ४ जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

आज २ सय १३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । जसमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् । कोरोना भाइरसको संक्रमण नेपालको ७१ जिल्लमा फैलिएको छ ।

हालसम्म ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ सय २ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ जना महिला र सय जना पुरुष रहेको मन्त्रालयले जनकारी दिएका छ । निको हुनेमा ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।

नेपालमा अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ४५ हजार ४९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ९ सय ६८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

समयमा सडक निर्माण भएन

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको ग्रामिण सडक समयमा निर्माण नभएको कारणले स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । हरिनगर गाउँपालिकाको सडक समयमा निर्माण नभएकाले वर्षामा नागरिकलाई आवतजावत गर्न समस्या हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

हरिनगर ५ बसन्तपुर बेस क्याम्प देखि भुटाहा बसमतियाको मूल सडक जोडने बाटोको काम समयमा नस्दा सामान्य वर्षामा पनि हिलाम्य सडक बन्ने गरेको शिक्षक नजामुदिन अंसारीले बताउनुभयो । हिलामय हुने भएकाले स्थानीय सरकारले सो अवस्थाको मध्यनजर गरी २०७४ चैत १२ गते ठेक्का सम्झौता गरेर २०७७ वैशाख ११ सम्ममा सडक पिच(कालोपत्रे) सम्पन्न हुनुपर्नेमा अझै पनि आधा काम नभएको छैन् ।

समयमा काम नभएकाले गाउलेलाई समस्या भएको शिक्षक अंसारीको भनाई छ । गाउँको परानो सडकमा ठेक्का पश्चात सडक सम्पन्न हुने मिती गुज्रीसकेको भएपनि के कति कारणले हालसम्म पिच नभएको भनेर स्थानीयले प्रश्न गर्न थालेका छन् । कालोपत्रे गर्ने ठेक्का दिएको भएपनि कालोपत्रे त के माटो पुर्ने देखि ग्रावेल सम्मको पनि काम हुन नसकेकोले स्थानीयहरु आक्रोसित बनेका छन् । हरिनगर गापा ५ को सिसुवा धरमपुर टोलका झण्डै ३०० घर परिवारका नागरिकहरूले समयमा काम सम्पन्न गर्न माग गरेका छन् ।

काम सुरू भएकाले भएको सडकमा समेत कहिकतै माटो हालेकाले वर्षायाममा हिलो भएपछि चिप्लिएर दुर्घटनाको जोखिम र औषधी उपचार देखि कृषिजन्य उत्पादनको बेचबिखनका लागि प्रयोग गर्न समेत बाटो नभएको बताइएको छ । यहाँका नागरिकलाई आवश्यक कामका लागि नजिकपर्ने भुटाहा तथा हरिनगरको बजारसम्म पनि बाटो भएर पुग्न समस्या भएकोले बसन्तपुबासी चिन्तित भएको स्थानीय पप्पु धानुकले बताउनुभयो ।

गाउँलेले काम प्रति समयमै सबै सरोकारवालाहरूलाई तदारूता देखाई समयमा काम सक्न आग्रह गरेका छन् । हरिनगर गाउँपालिका ५ का वडा अध्यक्ष सबिब मियाँले लकडाउनका कारणले समयमा काम नभएको र त्यसमा ध्यान दिनुभयो ।