कोरोना महामारी: ईस्लामावादमामा योगी आदित्यनाथको कामको खुलेर गरियो प्रशंसा, पाकिस्तानमा इमरान भन्दा योगी ‘हिट’ !
२६ जेष्ठ २०७७, सोमबार १३:४४
भारत । कोरोना भाइरस महामारीको बेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेको कामको पाकिस्तानमा समेत चर्चा शुुरु भएको छ।
भारतलाई घृणा गर्ने पाकिस्तानका मिडियाले पनि मुख्यमन्त्री आदित्यनाथको कामलाई विश्वस्त तुल्याएको छ । पाकिस्तानको लोकप्रिय मिडीया द डॉनका सम्पादक फद हुसेनले समेत योगीको कार्यलाई प्रशंसा गरेका छन् ।
सम्पादक फद हुसेनले समाजिक सञ्जाल ट्वीटमार्फत पाकिस्तान र भारतीय राज्य युपीमा कोरोना भाइरस संक्रमिणत र मृत्यु दरसँग तुलना गरेका छन् ।
हुसेनले ट्वीटमा ‘यो ग्राफ ध्यानपूर्वक हेर्नुहोस्, उत्तर प्रदेश र पाकिस्तानको तुलना गर्दा तपाईले देख्न सक्नुहुन्छ उत्तर प्रदेश भन्दा पाकिस्तानमा बढी मृत्यु भएको छ । म तपाईंलाई यो चार्टको माध्यमबाट बुझाउँछु, की यूपीले लकडाउन कडाइका साथ गर्यो, तर पाकिस्तानमा यस्तो हुन सकेन, जसको परिणामस्वरूप संक्रमण र मृत्युको दर यहाँ उच्च छ, जबकि उत्तर प्रदेशमा यो कम छ।’ भनेका छन् ।

अर्को ट्वीटमा फहदले ‘उत्तर प्रदेशको जनसंख्या करीव २२ करोड ५० लाख छ र पाकिस्तानमा २० करोड भन्दा अलि बढी छ। दुबैको समान प्रोफाइल र साक्षरता दर छ। उत्तर प्रदेशको तुलनामा पाकिस्तान प्रति किलोमिटर जनसंख्या घनत्व कम छ र प्रति व्यक्ति आय बढी छ। तर पनि उत्तर प्रदेशमा कोरोना कारण कम मृत्यु भएका छन्।’ भनेका छन् ।
जनसंख्या, प्रोफाइल, यूपी र पाकिस्तानको साक्षरता दर लगभग समान छन्। यद्यपि यूपीमा संक्रमित व्यक्तिको संख्या १० हजार २ सय ६१ रहेका छ भने पाकिस्तानमा ९० हजार मानिस संक्रमित छन्। पाकिस्तानमा मर्नेहरूको संख्या २००२ छ, जबकि उत्तर प्रदेशमा २७५ जनाले मात्र ज्यान गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया