आइतबार २ सय १३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३४ सय ४८ – Nagarikabhiyan : National News

आइतबार २ सय १३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३४ सय ४८

काठमाडौं । नेपालमा थप २ सय १३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अनुसार आइतबार २ सय ९ जना पुरुष र ४ जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

आज २ सय १३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । जसमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् । कोरोना भाइरसको संक्रमण नेपालको ७१ जिल्लमा फैलिएको छ ।

हालसम्म ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ सय २ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ जना महिला र सय जना पुरुष रहेको मन्त्रालयले जनकारी दिएका छ । निको हुनेमा ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।

नेपालमा अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ४५ हजार ४९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ९ सय ६८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।