जसपाको अध्यक्षबाट हटे बाबुराम, बने चौथो क्रमको वरिष्ठ नेता – Nagarikabhiyan : National News

जसपाको अध्यक्षबाट हटे बाबुराम, बने चौथो क्रमको वरिष्ठ नेता

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षबाट डा. बाबुराम भट्टराईको नाम हटाइएको छ ।

आइतबार वरियता विवाद मिलेपछि महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो ।

तर, निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव मात्रै छन्।

निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादीले वैशाख १० गते एकीकरणको घोषणा गरेको भएपनि वरियता विवाद मिलाउन नसक्दा दल दर्ता हुन सकेको थिएन ।