२८ जेष्ठ २०७७, बुधबार ०८:५० – Page 15 – Nagarikabhiyan : National News

मध्यराति घरबाहिर बोलाएर गोली हानी युवकको हत्या

काठमाडौं । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।

प्रदेश नं। २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताएअनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ ।

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मालम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५. ६६ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ ।

भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक निर्माणलाई निरन्तरता दिइएको सडक आयोजना कार्यालयको सूचना शाखाले जनाएको छ ।

भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन २२ मा सम्झौता गरेको हो । निर्माण शुरु गरिएको ३० महिना अर्थात् २०२० जनवरी १२ सम्म सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो ।

थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पर्दाथको समस्याका कारण पूरा गर्न नसकिएको जनाउँदै सडकका आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिनुभयो । एशियाली विकास बैंकको आर्थिक सहयोगमा रु दुई अर्ब १६ करोड ८५ लाख ७५ हजार ९११ को लागतमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले जानकारी दिए ।

हालसम्म नाला, ग्याभिन(तारवाल), रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिए ।

बन्दाबन्दी समयमा पनि नियमितरुपमा काम भइरहेको निर्माण कम्पनीका नेपाली प्रतिनिधि मधुसूदन आचार्यले भन्नुभयो, “निर्माणका क्रममा कुनै समस्या नपरे अबको तीन महिनामा सम्पूर्ण सडक निर्माणको कार्य पूरा गरिने छ ।”

नेपालमा पैदलमार्गबाट धेरै पर्यटक भित्रिने मुख्य नाकाका रुपमा रहेको बेलहियासंँग बुद्धचोक हुँदै जोडिएको सो सडकको निर्माणपछि बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धस्थल अवलोकन भ्रमणमा यात्राका लागि सजिलो हुने देखिएको छ । निर्माणको अन्तिम अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल करीब दुई महिनापछि सञ्चालन भएसंँगै सो सडकले पर्यटन तथा औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिने उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले विश्वास व्यक्त गरे ।

सम्बोधनमार्फत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) संसदमा सम्बोधन गर्दै छन् । आज बिहान ११ बजे संसद बैठक बस्दैछ ।

सांसदहरुले उठाएका विभिन्न विषयलाई समेटेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौमलले जानकारी दिए ।

लकडाउनमा दाना–पानी नपाएपछि हजार बढी पंक्षीको मृत्यु

अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका सेता परेवामध्ये हजार बढी सेता परेवाका दाना नभेटिएका कारण मृत्यु भएको छ । कोरोनाभाइरस लकडाउनका कारण मस्जिद लामो समयसम्म बन्द रह्यो जसका कारण यी पंक्षीले दाना पानी नपाएका कारण मृत्यु भएको हो ।

१२ औं शताब्दिमा यो मस्जिद निलो मस्जिदको नामले पनि चर्चित थियो किनभने यहाँका ढुङ्गा निला थिए ।
मस्जिदको हेरविचार गर्ने कायूम अंसारीले समाचार एजेन्सी एएफपीलाई मस्जिदमा कोही पनि आइरहेका थिएनन् तसर्थ परेवा दाना पानीको कमीका कारण मरिरहेका थिए ।

उनले भने, ‘हरेक दिन करिब ३० बढी डोव (सेतो परेवा) मरिरहेका थिए । हामीले यिनीहरुलाई यसै मस्जिद बाहिर गाडिदिन्थ्यौं ।’
उनका अनुहार अहिलेसम्म हजार बढी पंक्षी मरिसेका छन् ।
देशमा लकडाउनका कारण बन्द रहेका धार्मिक भवनमध्ये यो मस्जिद पनि एक हो । अफगानिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार बढी छ यद्यपि, वास्तवमा संक्रमितको संख्या योभन्दा निकै धेरै हुनसक्ने बताइएको छ ।

स्रोतः बीबीसी

कैलालीमा कारको ठक्करबाट २ जनाको मृत्यु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम गइरहेको बा ८ च २१०० नम्बरको कारले ठक्कर दिँदा घोडाघोडी नगरपालिका १ सुखडकी २६ वर्षीया स्वर्णिमा चौधरी र उनको ५ वर्षका छोरा किसन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कारको ठक्करबाट लम्कीचुहा १० का जयन्द्र सुनार र घोडाघोडी नगरपालिका ९ का डबल शाहसमेत घाइते भएको उनले बताए ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । चालक र कार दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घिउ कति लाभदायी ?

एजेन्सी । घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्‍याउनुपर्छ । घिउ सेवनका अनेक फाइदा छन् :

-घिउ सेवनले छालामा चमक ल्याउनुका साथै स्वास्थसमेत बनाउँछ ।

-यसले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ ।

-कब्जियतका बिरामीलाई घिउ निकै फाइदाजनक हुन्छ ।

-घिउ सेवनले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ ।

-यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

-यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ ।

-घिउले शरीरमा भिटामिन डी उपलब्ध हुने वातावरण सिर्जना गर्छ ।

-घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पु-याउँछ ।

-घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ ।

-घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पु-याउँछ ।

-घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको उपयोगबाट डिप फ्राई, तरकारी, दालरोटी र परौठा आदि बनाउन सकिन्छ ।

गण्डकी प्रदेशमा १४५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिकाका ४० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १४५ पुगेको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित व्यक्तिलाई रजहरस्थिति सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ ।

भारतमा एकै दिन १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २१८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ७६ हजार १४६ पुगेको हो ।

एकै दिन अरू २७७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार ७५० पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ३४ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

आज २०७७ जेठ २८ गते बुधबारको राशिफल

आज २०७७ जेठ २८ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

म्यान्चेष्टर युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

एजेन्सी । म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको छ ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।

त्यस्तै उनले युनाईटेडबाट दुई पहिलो डिभिजनको फुटबल उपाधि र एफ ए कप उपाधि जितेका थिए ।

लागुऔषधसहित युवक पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको लागुऔषधसहित एक युवक सोमवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेको प्रनाउ तिलक भारतीले बताए ।

पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा खुरहुरियाबाट उनलाई पक्राउ गरिएको हो ।

बा६७प ४८५३ नंको मोटरसाइकलमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको बोरा शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो । पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा पाँच कोरोना सङ्क्रमित घाइते

अर्घाखाँची । कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिए ।

कोहलपुर मेडिकल कलेजमा उपचाररत गर्भवती महिलामा कोरोना पुष्टि

बाँके । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आएकी एक जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अछामकी चौरपाटी गाउँपालिका–५ कि २५ वर्षीय गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१८ हप्ताको गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो ।

अहिले संक्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका डा. दिनेश श्रेष्ठले बताए ।

डा. श्रेष्ठका अनुसार गर्भवती महिलाको आन्द्राको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । यसका लागि अस्पतालले तयारी गरिएको उनले बताए ।

अस्पताललाई डिइन्फेक्सन गर्न आज इमर्जेन्सी र ओपीडी सेवा बन्द गराएको छ भने भर्ना भएका विरामीलाई भने नियमित सेवा दिइरहेको उनले बताए ।

बुधबारबाट अस्पताल पुनः नियमित रुपमा सुचारु हुने श्रेष्ठले बताए ।

उनी १५ दिनअघि भारतको मुम्बईबाट आएको बुझिएको छ ।

आज २७ जेठ २०७७ मंगलवार को राशिफल

आज २०७७ जेठ २७ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ ।

स्मार्ट वाच बजारमा दोश्रो नम्बरमा उक्लियो हुवावे, सामसुङलाई पछि पार्‍यो

चिनियाँ प्रविधि कम्पनी हुवावे विश्व स्मार्टफोन बजारमा सामसुङ पछाडि दोश्रो स्थानमा छ । तर स्मार्ट वाचको बजारमा चाहिँ हुवावेले सामसुङलाई पछि पार्न सफल भएको छ ।

सन् २०२० को सुरुआतसँगै हुवावेको वेयरेबल बजारको हिस्सा तीव्र गतिमा बढिरहेको छ । हालै इन्टरनेसनल डाटा कर्पोरेसनले जारी गरेको वेयरेबल डिभाइस ट्रयाकर रिपोर्ट अनुसार हुवावेले स्मार्टवाच तथा वायरलेस एयरफोनलगायतका वेयरेबल्सको बजारमा सामसुङलाई पछि पारेको हो ।

वेयरेबल्सको बजारमा पहिलो स्थानमा भने एप्पल कायमै रहेको छ । दोश्रो स्थानमा हुवावे उक्लिएसँगै सामसुङ तेश्रो स्थानमा झरेको छ ।

आईडीसीको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा ७ करोड २६ लाख गोटा वेयरेबल डिभाइस बिक्री भएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २९।७ प्रतिशतले बढी हो । जबकि हुवावेले गत वर्षको पहिलो त्रैमासिकमा भन्दा यो वर्षको त्रैमासिकमा ६२।२० प्रतिशत प्रतिशत बढि वेयरेबल्स बेच्न सफल भएको छ ।

स्मार्टवाच मात्रैको कुरा गर्ने हो भने सन् २०२० को पहिलो ३ महिनामा विश्वमा एक करोड ६९ लाख गोटा स्मार्टवाच बिक्री भएका छन् । यद्यपि यो संख्या गत वर्षको भन्दा ७।१ प्रतिशतले कम हो । यस अवधिमा हुवावेले २६ लाख गोटा स्मार्टवाच बेचेको छ ।

गतवर्षको सोही त्रैमासिकमा भन्दा हुवावेले एक सय १८।५ प्रतिशत बढी स्मार्टवाच बेचेको हो । योसँगै सन् २०२० को पहिलो त्रैमासिकमा गत वर्षको भन्दा शत प्रतिशत धेरै स्मार्टवाच बेच्ने एकमात्र कम्पनी बनेको छ हुवावे । एजेन्सी

कब्जियतमा घरेलु उपचार विधि

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ ।

अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक श्रमको अभाव, आन्द्रामा घाउ वा क्यान्सर, थाइराइड हर्मोनको गडबडी आदिले कब्जियतको समस्या आउन सक्छ । त्यस्तै क्याल्सियम, पोटाशियमको अभावले पाचन यन्त्र प्रभावित हुन सक्छ ।

कब्जियत एक यस्तो स्थिती हो, जो पेट ठीक ढंगले सफा हुन पाउँदैन । साथै मल त्याग गरेको समयमा कष्ट हुन्छ । कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम पटक शौच गर्छन् । सामन्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई÷तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुष हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

लक्षण

ठीक ढंगले पेट सफा नहुनु, मल त्याग नहुनु । मल त्याग गर्नमा समस्या हुनु । दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु । पेटमा दुखाई अनुभव हुनु । वान्ता हुनु ।

किन हुन्छ कब्जियत ?

(खाने तालिका नियमित नहुनु ।

–बासी खानेकुरा सेवन ।

–शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।

–मानसिक तनाव

–अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।

–पेटको कमजोरी

– पानी कम पिउनु ।

– खाना खाएको समय धेरै पानी पिउनु ।

– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।

के छ त उपचार ?

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा–पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।

घरेलु उपचार विधी

– त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

– पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

– स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।