२९ जेष्ठ २०७७, बिहीबार १५:४० – Page 14 – Nagarikabhiyan : National News

राप्रपाले गठन गर्‍यो ३२७ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकीकृत केन्द्रीय समिति गठन गरेको छ । तत्कालीन दुई पार्टी मिलेर बनेको राप्रपाले ३२७ सदस्यीय एकीकृत केन्द्रीय समिति गठन गरेको हो।

त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीको सहमतिमा समिति गठन गरिएको पार्टीले जनाएको छ ।

Image
Image
Image
Image
Image
Image
ImageImage

र्वोच्चको अन्तरिम आदेश–लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

काठमाडौं । सर्वोच्च अदालतले ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको छ ।

तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई रोक लगाउँदै सर्वोच्चले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले सो आदेश जारी गरेको हो । बुधबारको सुनुवाइपछि भएको अन्तरिम आदेशको विवरण बिहीबार सर्वोच्चले सार्वजनिक गरेको हो ।

आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ५ पु¥याएको थियो । कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायीहरु मारमा परेको भन्दै अधिवक्ता सिर्जना अधिकारीलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ ।

स्वास्थ्य चौकीको जग खन्दा भेटियो बम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको मांखामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ ।

बलेफी गाउँपालिकाको वडा नं.६ मा स्वास्थ्य चौकी भवन बनाउनका लागि जग खन्दै गर्दा हिजो नै बम भेटिएको हो ।

वडाध्यक्ष चित्र लामाले दिएको जानकारी दिए अनुसार बम भेटिएपछि तत्कालीन अवस्थामा बम राख्ने व्यक्तिले नै यसले केही असर गर्दैन भनेकाले प्रहरीमा खबर नगरिएको उनले बताए ।

तर फेरि भोलि केही भइहाल्यो भने संकट आउन सक्ने भन्दै केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त हुना साथ आज बिहानै घटनास्थलमा प्रहरी सहायक निरिक्षक चित्र बहादुर खुलालको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको र साथै सशस्त्रको टोली पनि सो स्थानमा पुगेको थियो ।

उक्त स्थानमा सुनकोशी हाइडोपावर क्याम लामो साँघुबाट सहायक सेनानीको कमाण्डमा ५ जनाको टोली पनि खटिएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उक्त स्थानमा सुरक्षित राखिएको र बम डिस्पोजका लागि श्री गोरक बक्स गण चौतारा ब्यारेकबाट टोली खटाइएको उनले जानकारी दिए । प्रहरीले शंकास्पद वस्तु फेला परेमा नछोई नचलाई सुरक्षा निकायमा खबर गर्न पनि अनुरोध गरेको छ ।

द्वन्द्वकालीन समयमा मांखा तत्कालीन माओवादीको उर्वर भूमिको रुपमा चिनिन्थ्यो । सो ठाउँलाई द्वन्द्वकालमा बम भण्डारण गर्न प्रयोग गरिएको स्थानीय नेकपा कार्यकर्ताले बताएका छन् ।

पोखरा सरकारविरुद्ध प्रदर्शन : एक घन्टा शान्तिपूर्ण, त्यसपछि झडप !

पोखरा । क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने र कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको परीक्षण बढाउनुपर्ने माग राख्दै पोखरामा बिहीबार प्रदर्शन भएको छ ।

‘स्वतन्त्र पोखरेली युवा’ समूहले जिल्ला प्रशासन कार्यालयअगाडि संयुक्त रुपमा १ घन्टा मौन बसेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

सयौंको संख्यामा उपस्थित भएकाले युवाले हात हातमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर विरोध जनाएका थिए । ‘यतिबेला सबैभन्दा महत्वपूर्ण भनेको जनताको स्वास्थ्य हो,’ प्रदर्शनकारी सलिजा श्रेष्ठले भनिन्, ‘क्वारेन्टिन सेवामा पनि वर्ग छुट्याइँदैछ । यो अमान्य कुरो हो ।’

श्रेष्ठले निम्न, उच्च वर्ग, सुगम र दुर्गम क्षेत्र सबैमा समान किसिमको राज्यको सेवा पुग्नुपर्ने माग राखिन् । ‘नेपालको संविधान धारा ३५ ले पनि सबै जनताको स्वास्थ्य सुनिश्चितता गरेको छ । यस्तो अवस्थामा राज्यले नै धेरै पैसा तिर्नेलाई राम्रो क्वारेन्टिन र नहुनेलाई झुप्रो÷गोठमा बसाल्ने गर्नुहुँदैन ।’

प्रदर्शनकारीले ‘सरकारसँग थियो अलिकति आस, क्वारेन्टिनमा कुर्दाकुर्दै गयो सास’, ‘आरडीटी परीक्षण रोक र पिसिआर परीक्षण बढाऊ’, ‘प्रभावकारी स्वास्थ्योपचार, हरेक नागरिकको अधिकार’ लेखिएका प्लेकार्ड सहित सरकारको मौन विरोध गरेका थिए ।

जब नेविसंघ प्रधानमन्त्रीविरुद्ध नारा लगाए‘

‘स्वतन्त्र पोखरेली युवा’ समूहले ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय कास्की, सहिद चोकमा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो । प्रदर्शन सुरु हुनुअगावै उनीहरुले भनेका थिए, ‘हाम्रो प्रदर्शन १२ बजे सकिन्छ । त्यसपछि सबै घरघर जानेछौं । कोही यहाँ बस्ने छैनौं ।’

तर, एक घन्टाको शान्तिपूर्ण प्रदर्शनपछि वातावरण तनावग्रस्त स्थितिमा पुग्यो । राष्ट्र बैंक चोकमा नेपाल विद्यार्थी संघका युवाले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध नाराबाजी गर्न थालेपछि भिड उत्तेजित हुन पुगेको थियो । उनीहरुले केपीका कारण सारा नेपालीले दुख पाएको भन्दै नाराबाजी गरेका थिए ।

सयौंको संख्यामा उपस्थित भएका युवालाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको थियो । नाराबाजी गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘कतिजना पक्राउ परे भन्ने रिपोर्ट भइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इस्पेक्टर नरहरि अधिकारीले भने ।

स्वतन्त्र पोखरेली युवा समूहले नाराबाजीसहित भएको प्रदर्शनको जिम्मा आफूले नलिने जनाएको छ । ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्न खोजेका थियौं । तर, राजनीतिक रङ दिने कोशिस गरियो, यसको हामी घोर भत्र्सना गर्दछौं,’ समूहले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।अनलाइनखबरबाट

जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

लहान । छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो ।

सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

यस्तो छ ५१ दिने लकडाउनको मोडालिटी, आजबाट खुला रहने यी २१ क्षेत्र

काठमाडौं । सरकारले लकडाउनको ८० दिनपछि तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन चरण लकडाउन खोल्ने नीति अपनाएको हो । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई सरकारले तीन चरणमा सीमित राखेको छ ।

बैठकले पहिलो चरणमा अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ ।

खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

बैंक, वित्तीय संस्था, सबै कार्यालय (सरकारी–गैर सरकारी) मा आधा मात्र कर्मचारी राख्न सरकारले निर्देशन दिएको छ ।

त्यस्तै आजबाट जोर–विजोर नम्बर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न अनुमति दिने सरकारले जानकारी गराएको छ ।

आजबाट खुला रहने २१ क्षेत्र

    स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत
    औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री–वितरण तथा ढुवानी
    पेट्रोलियम पदार्थको ढुवानी र बिक्री–वितरण
    फोहोरमैलाको व्यवस्थापन
    विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा
    बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा
    कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य,
    उत्पादनशील उद्योग
    निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय
    विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)
    निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत)
    नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण
    रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
    क्वारेन्टिनका लागि तोकिएका होटल
    बिजुलीका सामान बिक्री र मर्मत
    विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप
    पुस्तक पसल तथा स्टेसनरी
    सबै प्रकारका ढुवानी सेवा
    अत्यावश्यक सेवाका सबै कार्यालय
    अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र (बैंक तथा वित्तीय संस्थाहरूमा आधार कर्मचारी रहनेगरी)

सरकारले यसबाहेकका क्षेत्रमा भने बन्दाबन्दी कायम राख्ने निर्णय गरेको छ ।

     शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र
     सपिङ मल, डिपार्टमेन्टल स्टोर
     सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल
     अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान
     तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत (भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ )
     सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि
    २५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि
     सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
     व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र
     समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
    अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु गर्ने

पहिलो चारणको २१ दिनको स्थिति हेरेर थप १५ दिनसम्म क्षेत्र खुला गर्ने निर्णय बैठकले गरेको छ ।

जसमा सरकारी, गैर सरकारी, निजी कार्यालय, बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी राखेर खोल्ने दिने तयारी सरकारको छ ।

साथै रिक्सामा एक जना यात्रु राखेर चलाउन पाइने छ । ट्याक्सी सेवाले पनि चालकबाहेक दुईजनासम्म यात्रु राखेर चलाउन पाउने, रेस्टुरेन्ट, खाजा घरले ग्राहकबीच दुई–दुई मिटरको दूरी कायम गरेर सेवा सञ्चालन गर्न सक्ने छन् ।

तेस्रो चरणमा सबै सरकारी, गैर सरकारी, निजी कार्यालय पूर्णतः खुला गर्ने, सेवा प्रवाह सुचारु गर्ने नीति सरकारले अख्तियार गरेको छ । सङ्क्रमणको जोखिम मूल्याङ्कन गरेर सयभन्दा कम सक्रिय केसहरू रहेको ठाउँमा अन्तर–जिल्ला आवागमन खुला गर्ने सरकारको तयारी छ ।

त्यही चरणमा सार्वजनिक सवारी खुला हुनेछन् । तर सिटभन्दा बढी यात्रु राख्न पाउने छैनन् । आन्तरिक हवाइ उडान, होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्र, पर्वतारोहण आदि क्षेत्र खुला हुनेछन् ।

साथै अन्तर्राष्ट्रिय उडानतर्फ पनि बुकिङ खुला गरिनेछ भने शिक्षण संस्था परीक्षा प्रयोजनका लागि खुला गरिनेछ ।

त्यसोत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा विद्यालयकै जिम्मामा छाड्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनमार्फत ग्रेडिङ तोक्न निर्देशन दिएकाले त्यही चरणमा परीक्षा सुरु गर्ने सरकारको तयारी छ ।

बैठकको विस्तृत जानकारी आज (बिहीबार) दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि जानकारी दिइने छ ।

स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै

एजेन्सी । कोरोना भाइरसको महामारीले तीन महिना स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ ।

गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् ।

नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।

प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।

भारतमा कोरोना भाइरसको संक्रमणले ८ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ८७ हजार १५५ पुगेको हो ।

एकै दिन अरू ३८८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार १०५ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४० हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।

प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

भरतपुर । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।

यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख ढकालले बताए ।

समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइनेछैन । यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने÷गराउने निर्णय भएको छ ।

यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताए । माडीमा पहिलोपटक सोमबार छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् ।

आज २०७७ जेठ २९ गते विहीबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साIह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

योगी आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ–‘नेपाल हेपिन तयार छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई नहेप्न भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्मरण गराएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री आदित्यनाथले नेपालको बारेमा दिएको अभिव्यक्ति निन्दनीय र आलोच्य भएका बताएका हुन् ।

‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’ प्रधानमन्त्री ओलीले भने–‘उहाँ मुख्यमन्त्रीका हिसाबले यदि त्यस्तो बोलेको हो भने बोल्नु भएको हो भने आलोच्य विषय हो । यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए । भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले ‘नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोर्याउन’ चेतावनी दिएका थिए ।

सरिता गिरीको अभिव्यक्ति प्रति तरुण दलको कडा आपत्ति, पदमुक्त गरेर कडा कारवाही गर्न माग ! (विज्ञप्तीसहित)

काठमाडौं । संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको छ ।

हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर अभिव्यक्ति दिएको दिएकी थिइन् । सोही अभिव्यक्ति प्रति विज्ञप्ती जारी गर्दै नेपाल तरुण दल केन्द्रिय समितिले गम्भीर ध्यान आकर्षण भएको जनाएको हो ।

साथै सांसद गिरीको अभिव्यक्ति  मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको  अभिव्यक्ति  भएको नेपाल तरुण दलले ठहर गर्दै  यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गरेकाे छ ।

तरुण दलले जारी गरेकाे विज्ञप्तीमा ‘हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको छ ।’ उल्लेख छ ।

‘अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरु सम्पूर्णमा सर्वबिदितै छ । यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ ।’ विज्ञप्तीमा भनिएको छ ।

जारी विज्ञप्ती ‘ईतिहास देखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ । सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाल तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गर्दछ ।’ उल्लेख छ ।

‘साथै केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असहिए भएको छ । उक्त राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

No description available.

कालापानी क्षेत्र कब्जा भएको हो, समाधान खोज्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी क्षेत्र कब्जा भएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् ।

सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, ‘हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’ उनले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताए ।

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कैलाली । कैलालीमा मिनि बसले ठक्कर दिदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।

लम्कीबाट धनगढी जाँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे बौनियाँ बजारको चौराहामा ठक्कर दिएको थियो । गम्भिर धाईते उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय बौनियाँले नियन्त्रणमा लिएको छ ।

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।