कालापानी क्षेत्र कब्जा भएको हो, समाधान खोज्छौंः प्रधानमन्त्री – Nagarikabhiyan : National News

कालापानी क्षेत्र कब्जा भएको हो, समाधान खोज्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी क्षेत्र कब्जा भएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् ।

सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, ‘हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’ उनले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताए ।