स्वास्थ्य चौकीको जग खन्दा भेटियो बम
२९ जेष्ठ २०७७, बिहीबार १५:१५
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको मांखामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ ।
बलेफी गाउँपालिकाको वडा नं.६ मा स्वास्थ्य चौकी भवन बनाउनका लागि जग खन्दै गर्दा हिजो नै बम भेटिएको हो ।
वडाध्यक्ष चित्र लामाले दिएको जानकारी दिए अनुसार बम भेटिएपछि तत्कालीन अवस्थामा बम राख्ने व्यक्तिले नै यसले केही असर गर्दैन भनेकाले प्रहरीमा खबर नगरिएको उनले बताए ।
तर फेरि भोलि केही भइहाल्यो भने संकट आउन सक्ने भन्दै केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त हुना साथ आज बिहानै घटनास्थलमा प्रहरी सहायक निरिक्षक चित्र बहादुर खुलालको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको र साथै सशस्त्रको टोली पनि सो स्थानमा पुगेको थियो ।
उक्त स्थानमा सुनकोशी हाइडोपावर क्याम लामो साँघुबाट सहायक सेनानीको कमाण्डमा ५ जनाको टोली पनि खटिएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उक्त स्थानमा सुरक्षित राखिएको र बम डिस्पोजका लागि श्री गोरक बक्स गण चौतारा ब्यारेकबाट टोली खटाइएको उनले जानकारी दिए । प्रहरीले शंकास्पद वस्तु फेला परेमा नछोई नचलाई सुरक्षा निकायमा खबर गर्न पनि अनुरोध गरेको छ ।
द्वन्द्वकालीन समयमा मांखा तत्कालीन माओवादीको उर्वर भूमिको रुपमा चिनिन्थ्यो । सो ठाउँलाई द्वन्द्वकालमा बम भण्डारण गर्न प्रयोग गरिएको स्थानीय नेकपा कार्यकर्ताले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया