३० जेष्ठ २०७७, शुक्रबार १४:५८ – Page 13 – Nagarikabhiyan : National News

ओलीमाथि खनिए अध्यक्ष राणा, ‘नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखायाे’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमाथि खनिएका छन् ।

अध्यक्ष राणाले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्री केपी ओलीको मनसाय जस्तै कोभिड–१९ विरुद्ध सशक्त व्यवस्थापन माग गर्ने जनतामाथि राजधानीमा पानी र लाठीको बल प्रयोग गरेर सरकारले अन्याय गरेको अध्यक्ष राणाको भनाइ छ ।

‘कोभिड–१९ विरुद्ध ध्यानकेन्द्रीत गरौं भन्ने प्रधानमन्त्री र शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकका उद्देश्य समान छ । जनहितको पक्षमा उभिएका नागरिकमाथि सरकारी दमन अन्यायपूर्ण छ । पानीको फोहरा र लाठी प्रहार संविधानप्रदत्त हक प्रतिकूल छ,’ उनले बिहीबार ट्वीट गर्दै भने । संविधान र लोकतन्त्रको आधारभूत मान्यता विपरीत सरकार असहिष्णु भएको भन्दै राणाले प्रश्न गरे, ‘सरकारको ध्यानसमेत आकर्षण गर्न नपाइने कस्तो लोकतन्त्र हो यो ?’

‘कोरोना संक्रमित विरामी, लक्षण नदेखेपछि ४–५ दिनमै अस्पतालबाट घर फर्काउने नीति सुरू भएको छ । व्यापक जाँच आवश्यक भए पनि, परीक्षण गर्न नसक्ने अवस्था सरकार आफैंले स्वीकार गरेको छ,’ उनले भने । ‘ कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले यसरी हात उठाउनु, भगवान भरोसा नभए के हो ?’

सार्वजनिक बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।

करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखारकाउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिएका छन् ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।  गोरखापत्र दैनिकबाट ।

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८ हजार ५ सय नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको हो ।

एकै दिन अरू ३९४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ५०१ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४६ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

अमेरिकामा २० लाख ८८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । साढे ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ५६३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ९६४ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहान साढे ५ बजेसम्म १ लाख १६ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८९४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख १३ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ५९ हजार ७२ जनामध्ये १६ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको छ ।

आज ३० जेठ २०७७ शुक्रवार को राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मन्दि आउने तथा घाटा लाग्नेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने तथा कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्नुहोला । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

संकट ब्याबस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाई सुधार भएर जानेछ । स्वास्थ्यले साथ दिने हुदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी विचको सम्बन्ध सुमधुर हुनेछ । राजनितिमा समय लगानि गर्नेहरुले जनताको काम गर्न सक्दा पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । बल तथा बुद्धिको प्रयोग गरि फाईदा लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा समाजसेवाको क्षेत्रमा जनताको मनजिति कामगर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुने योग रहकोछ । भौतिक तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाव आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

काँग्रेसले असार २ गते सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएको छ । कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सो कार्यक्रमअन्तर्गत काँग्रेस संघीय संसद, संसदीय दलका तर्फबाट प्रधानमन्त्रीसमक्ष, काँग्रेस प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने काँग्रेसले जनाएको छ ।

यसै गरी काँग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

आमनागरिकमा सन्त्रास बढ्दै गएको, पिसिआर परीक्षण सुस्त गतिमा भएको, म मापदण्ड विपरीतका क्वारेन्टिन निर्माण गरी क्वारेन्टाइननै संक्रमण बढाउने कारखाना बन्दै गएको, विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक खानाका अभावमा भोकै परिसकेको आरोप कांग्रेसले लगाएको छ । काँग्रेसले कृषि, पर्यटन र उद्योग व्यवसायको पुनरुत्थानका लागि राहतको कुनै कार्यक्रम ल्याउन नसकेको, रोजगारी सिर्जनाका लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याएको, श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसकेको टिप्पणी पनि गरेको छ ।

यही जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।रिपोर्टर्स नेपालबाट

गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित भेटिए

कास्की । गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन्। कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो।

हालसम्म ती जिल्लामा डेङ्गुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन्। म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ। गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइन्छ।

निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताए। उनका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाले सो क्षेत्रलाई डेङ्गु रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणका गतिविधि शुरु गरिएको छ।

कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेङ्गु सङ्क्रमण फैलन नदिनका लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम शुरु गरिएको निर्देशनालयले जनाएको छ। डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो।

बर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन्। डेङ्गुको उपचारसमेत हालसम्म पत्ता लाग्न सकेको छैन।

त्यसैगरी स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो। यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकाले यसबाट जोगिन घर बाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन्। द नेपालटपबाट

भन्सार छलीको समान बरामद

इनरुवा । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीको समान बरामद गरिएको छ । विभिन्न ईलाकाहरुमा गस्ति गर्दै जाने क्रममा नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ भन्सार छली गरी लैजादै गरेको बेवारिसे अवस्थामा भन्सार छलीको सरसमानहरु बरामद गरीएको हो । प्रहरीले बरामद गरेको विभिन्न सरसमानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको समानहरुमा टेवुल पंखा २ सेट ,ताल्चा ३० पिस, लेडिज ब्रा १२ पिस, बच्चाको अण्डर पेन्ट ७० पिस, बिभिन्न किसिमका कस्मेटिक सामानहरु सुट(कुर्था) ६ पिस , ब्लाउज कपडा ४ थान, लुंगी ८ पिस , कुर्था १२ पिस, खैनी ३२० के.जी., खुर्सानी १६ के.जी., बिडी १८ के.जी., धनिया १६ के.जी., सलाई ४ के.जी., चिनी १४० के.जी., खाद(मल) ३ बोरा , खाने तेल ३३ लिटर र राज निवास ५ के.जी रहेको छ ।

सुनसरीमा क्वारेन्टाईन संख्या २९ पुग्यो

इनरुवा । सुनसरीको बिभिन्न स्थानमा क्वारेन्टाईन थप्ने क्रम जारी रहेको छ । भारतबाट नेपालीहरु फर्किने क्रम बढेकाले स्थानीय पालिकाहरुले आ आफ्नो पालिकामा क्वारेन्टाईन थप्ने काम थालेको हो ।

ल्कडाउनको पहिलो हप्ता ७ वटा क्वारेन्टाईन सञ्चालन भएकोमा हाल जिल्लामा २९ वटाको संख्यामा क्वारेन्टाईन भएको छ । यहाँ थप्ने क्रम जारी रहेकोमा इनरुवा नगरपालिका ७ चान्दबेलामा हरी राष्ट्रिय आधारभुत विद्यालयमा नयाँ क्वारेन्टाईन थपेको हो ।

इनरुवामा मात्रै यो सहित तीन वटा क्वारेन्टाईन भएको छ । उता कोशी गाउँपालिकाको लौकही, लाही कुम्याही, हरीपुर सहित तीन स्थानमा, भोक्राहा नरसिंह गाउँपालिकाको जनता मावि , सिम्याक्स र जामिया मदर्शा सहित तीन स्थानमा , देवानगञ्ज गाउँपालिकाको श्री मावि, राजगञ्ज सिनुवारी स्वास्थ्य चौकी भवन र मदर्शा देवानगञ्ज सहित तीन गरि १२ वटा सहित जिल्लामा २९ वटा संख्यामा क्वारेन्टाईन सञ्चालनमा रहेको छ ।

रामधुनीमा एक , बराहक्षेत्रमा चार , धरानमा दुई, इटहरीमा एक , दुहवीमा दुई, गढीमा दुई र वर्जुमा दुई वटा संख्यामा क्वारेन्टाईन र दुई स्थानमा होल्डीगं एरिया सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

खाटबाट लडेर बालिकाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाँउपालिका–३ स्थितमा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी १६ बर्षीया अन्जिता उरावको मृत्यु भएको हो ।

अचानक खाटबाट लडी बेहोस भएकी उनलाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको सम्बन्धमा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

कोेरोना संक्रमित २८ जना डिस्चार्ज

इनरुवा । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचारमा रहेका कोरोना संक्रमित मध्ये ३० जना डिस्चार्ज भएका छन् । दुईसता यता उपचारमा रहेका मध्ये बीहिबार थप ३० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

वीपीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २८ जना र थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । पछिल्लो पीसीआर परीक्षणमा कोरोना कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । कोरोना मुक्त हुनेमा झापा जिल्लाका १८ वर्ष देखि ४५ वर्ष सम्मका ३० जना पुरुष रहेका छन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हाल नयाँ ८ जना र पुराना २४ जना गरी ३२ जना कोरोना संक्रमित उपचारत छन् । मङ्गलवार पनि बिपीबाट २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

सुनसरीमा थप तीन जनामा कोरोना पुष्टी, कोेरोना संक्रमितको संख्या ४६ पुग्यो

इनरुवा । सुनसरीको विभिन्न स्थानमा कोरोना परिक्षणको क्रम बढाएकाले संक्रमितको संख्या समेत बढेको छ । सुनसरीमा पछिल्लो पटक विहीबार मात्रै थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सुनसरी जिल्लाको सीमावर्ती क्षेत्र हरीनगरको विजि हस्पीटल क्वारेनटाइनमा बस्दै आएका २ जना र रामधुनीको कृषि भवन क्वारेनटाइनमा बस्दै आएका १ जना गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो थपिएका ३ जनासँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४६ पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । बिहीबार थपिएका सबै जान क्वारेनटाइनमै बसेका पुरुषहरू रहेको बताइएको छ ।

आज थप २५० जनामा कोरोना संक्रमण

काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

एसइई परीक्षा नगर्ने निर्णय, आन्तरिक मूल्याङ्नलाई आधार प्रमाणपत्र दिने

काठमाडौँ ।  कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (कक्षा १० परीक्षा) नगर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्थगित एसइई परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिएका छन् ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।

मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिएका छन् ।

इराकको ग्रिन जोनमा दुई वटा क्षेप्यास्त्र प्रहार

एजेन्सी । इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रिन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास रहेका छन् ।

उक्त क्षेप्यास्त्र प्रहारबाट भएको क्षतिबारे केही उल्लेख छैन । ग्रिन जोनलाई लक्षित गरी विभिन्न समूहले बेलाबखत क्षेप्यास्त्र र मोर्टार प्रहार गर्ने गरिएको छ ।

बग्दाद र वासिङ्टनबीचको सम्बन्धका साथै इराकमा अमेरिकी फौजको भविष्यका बारेमा बिहीबार रणनीतिक छलफल हुनैलाग्दा यो आक्रमण भएको हो । दुबै देशका उच्च सरकारी अधिकारीहरु वार्ताका लागि इराकमा भेला भएका छन् ।

अमेरिकी ड्रोनले बग्दाद विमानस्थलमा गत जनवरी ३ मा आक्रमण गरेपछि इराक र अमेरिकाबीचको सम्बन्ध तनाबको अवस्थामा छ । उक्त आक्रमणमा इरानी क्वेड सुरक्षाबलका पूर्व कमान्डर कासिम सुलेमानी र इराकी अर्धसैनिक बल हस्द शाबीका उपप्रमुख अबु माहदी अल–मुहान्दिसको मृत्यु भएको थियो ।

अमेरिकी आक्रमण लगत्तै इराकी संसदले जनवरी ५ मा देशभित्र विदेशी सैन्यबललाई हटाउने एक प्रस्ताव पारित गरेको थियो ।

इस्लामिक स्टेट्सका लडाकू विरुद्धको संघर्षमा इराकी फौजलाई मद्दत गर्न अमेरिकाले पाँच हजारभन्दा बढी सैनिक पठाएको छ । अमेरिकी सैनिकहरुले हाल मुख्य रुपमा इराकी सेनालाई तालिम र परामर्श सेवा उपलब्ध गराइरहेका छन् ।

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तीब्र

एजेन्सी । बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ ।

हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तिब्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।

हुवावेको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ ।

यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् ।