कोेरोना संक्रमित २८ जना डिस्चार्ज
२९ जेष्ठ २०७७, बिहीबार १६:४१
इनरुवा । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचारमा रहेका कोरोना संक्रमित मध्ये ३० जना डिस्चार्ज भएका छन् । दुईसता यता उपचारमा रहेका मध्ये बीहिबार थप ३० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।
वीपीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २८ जना र थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । पछिल्लो पीसीआर परीक्षणमा कोरोना कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । कोरोना मुक्त हुनेमा झापा जिल्लाका १८ वर्ष देखि ४५ वर्ष सम्मका ३० जना पुरुष रहेका छन ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हाल नयाँ ८ जना र पुराना २४ जना गरी ३२ जना कोरोना संक्रमित उपचारत छन् । मङ्गलवार पनि बिपीबाट २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया