२४ जेष्ठ २०७७, शनिबार ०६:१८ – Page 18 – Nagarikabhiyan : National News

केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म

केरा स्वास्थ्यका हिसावमा निकै लाभदायक फलफूल हो । केरामा मानव शरीरलाई आवश्य पर्ने धेरै पौष्टिक तत्वहरु पाइन्छ ।
केरामा भिटामिन बी-६, बी-१२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । बिशेष गरि केरा मसल्स र तौल बढाउनको लागि उपयोगी हुन्छ ।केरा खाँदा बोक्रा फाल्नु स्वभाविक हो । तर तपाईलाई थाहा नहुन सक्छ केराको बोक्रामा गुदीमा भन्दा धेरै भिटामिन पाइन्छ । केराको बोक्रामा भिटामिन ए प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ ।

जसमा लुटेनिन नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ ।
केराको बोक्राले स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर गरिएको जापानी साइन्टिफिक रिसर्चमा जनाइए अनुसार पहेँलो रंगको केराको बोक्रा क्यान्सरप्रतिरोधी गुणले भरिपूर्ण हुन्छ । यसले शरीरमा व्हाइट ब्लड सेल्सको निर्माणमा मद्दत गर्छ ।

एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।
केराको बोक्रोमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मद्दतगार हुन्छ ।
केराको बोक्रा अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ ।

यदि कुनै मानिस तनाबमा छ भने एक गिलास पानीमा सफा केराको बोक्रा भिजाएर खायो भने तनाब कम हुन्छ ।
कहिलेकाँही भाँडा माझ्दा या कपडा धुँदा पानीको असर देखिन्छ त्यस्तो असर कम गर्न केराको बोक्रा लाभदायक हुन्छ ।
केराको बोक्राले दाँतमा घोट्यो भने दाँतको पहेँलोपन हट्छ ।

यदि तपाईको शरिरमा मुसा आएको छ भने उक्त मुसा भएको ठाउँमा केराको बोक्रा टेपको सहायताले केहीदिनसम्म टाँस्यो भने मुसा भगाउन सकिन्छ ।
हरियो केराको बोक्रालाई तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

तुलसीको पात प्रयोग गर्दा हुने ७ फाइदा

घर आगनमा आफै उम्रने तथा हिन्दुहरुले नित्य पूजा गर्ने तुलसी बहु उपयोगी औषधीय गुणयुक्त वनस्पती हो ।
यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोगसहित साधारण स्वास्थ्य समस्या समेत निको हुन्छ ।

१. तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।

२. ५ देखि १० एमएल तुलसीको पातको रससंग महमिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्यामा प्रभावकारी हुन्छ ।

३. बच्चाहरुमा हुने साधारण पेट दुखाई, अपच, अरुचिलगायतका समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।

४. मधुमेह तथा पिसाब सम्बन्धी रोगमासमेत तुलसीको बीउलाई पिसेर लेदोबनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।

५. विषम ज्वरो होस् वा अन्य रुघाखोकी यस्तोमा पनि तुलसीको पात चपाएर सेवन गर्दा फाइदा पुग्दछ ।

६. घाँटी दुखुको वा घाँटीमा बिमिरा आएको बेला तुलसी, बेसार र नुन उमालेर सेवन गरेमा एक दिनमै घाँटी दुखेको निको हुन्छ ।

७. कुनै रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दछ । एजेन्सीको सहयोगमा

आज २४ जेठ २०७७ शनिवार को राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २४ गते शनिबार इश्वी सन २०२० जुन ६ तारीख आषाढ कृष्णपक्ष प्रतिपदा तिथी ज्येष्ठा नक्षत्र साध्य योग वालव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा मुसल योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

श्रीमतीको हत्याको आशंका

इनरुवा । गत आइतबार जर्वजस्ती करणीको आरोपमा धरान उपमहानगरका पुर्व अधिकृत चन्द्र बहादुर राई पक्राउ परे । राई पक्राउ पर्नासाथ उनकी श्रीमती बिमला राई पनि सोहि रात आफ्नै घरमा मृत फेला परिन् ।

आफ्नो घरमा काम गर्ने एक जना युवतीलाई जबरजस्ती करणी गरेकोमा राई पक्राउ परेका थिए । करणीको आरोपमा पक्राउ परेकै दिन उनकी मृत्यु भएकी श्रीमतीको काजक्रिया समेत हुन सकेको छैन ।
करणी मुद्दामा पकाउ परेकै दिन श्रीमतीको मृत्यु भएकाले प्रहरीले सो घटनालाई शंकाको घेरामा राखेको छ । श्रीमतीको मृत्युको कारण पोस्टमार्टम गर्न परिवारका अन्य सदस्यहरुले जाहेरी नदिएपछी अहिले शव थन्किएको हो ।

चन्द्रबहादुरको दोस्रो श्रीमतीको रुपमा रहकी बिमलाको शवको परिक्षणको विषयमा अझै परिवारले कुनै प्रतिक्रिया जनाएको छैन । अझ प्रहरीका अनुसार छोराहरुले बुबालाई छोडे मात्र पोस्टमार्टमको लागि जाहेरी दिने बताउने गरेका छन् ।

जेठी श्रीमतीको मुत्यु भएपछि दोश्रो विवाह गरेको कान्छि श्रीमतीको रुपमा आएकी बिमलाको आफ्नो सन्तान भने छैनन् । इलाका प्रहरी कार्यालय धरानको जानकारी अनुसार आइतबार भेट्टिएको विमलाको शवको विहिवार सम्म पनि जाहेरी परेको छैन् ।

पोस्टमार्टम गर्न छोराहरुले जाहेरी नदिएपछि श्रीमानले हिरासतमा रहेर श्रीमतीको काजक्रिया गर्नै पाएका छैनन् । हाल उनको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरी (शव गृह) मा रहेको छ ।

जबरजस्ती करणी मुद्दामा म्याद गरेर अहिले राईलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडित युवतीले दिएको जाहेरीको आधारमा पिडकलाई पक्राउ गरी म्याद थप गरेको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

क्रान्तीकारी टोलमा क्रान्तिकारी विकास

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको वडा नम्बर २ क्रान्तिकारी टोलमा बिकासले गति लिएको छ । विकासको लागि बाटो निर्माण र विद्युत पोल राख्ने काम सुरु भएको छ । यहाँ आरसिसी ढलान सहितको बाटो निर्माण गर्ने र सडक पोल वत्तिको लागि पोल पनि गाड्ने काम सुरु गरेको हो ।

प्रदेश सरकारको सहयोगमा विकासको काम गर्न लागेको अनुगमन समितिका अध्यक्ष केशी पण्डीतले जनाकारी दिनुभयो । पण्डीतका अनुसार नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल(पप्पु)को पहलमा दशन पण्डितको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको र काम तिव्र गतिमा भईरहेको छ ।

गाउँमा मोटरसाईकल समेत लान समस्या रहेकोमा अव मोटर गाडी समेत जानेआउने गरी फराकिलो बाटो निर्माणको काम गरेको अध्यक्ष दसन पण्डितले बताउनुभयो ।

सुनसरीमा थप १६ जनामा कोरोना , संक्रमितको संख्या ३४ पुग्या

इनरुवा । सुनसरीमा शुक्रबार एकै दिनमा १७ जनामा कोरोना पुष्टी भएको छ । जिल्लामा गरिएको कोरोना परीक्षणमा सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा १२ जना, बर्जु गाउँपालिका ५ अमाहिवेलामा ३ जना, बराहक्षेत्र नगरपालिका ७ चक्रघट्टीमा १ जनालाई कोरोना पुष्टी भएको हो ।

परीक्षण रिर्पाेट पोजेटिभ आएकाले थप उपचारका लागि धरान स्थित वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यो नयाँ थपिएसगै सुनसरीमा ३४ जना कोरोना सक्रमित भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकालागि ल्याइएकी कोरोना सङ्क्रमित बालिका बराहक्षेत्र नगरपालिकाको वडा नं. ७ को भएको खुलेको छ ।

खुट्टामा फ्याक्चर भएर अर्थाे अव्जरभेसन वार्डमा भर्ना भएकी बालिकामा कोरोना पुष्टि भएपछि अहिले प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा खटिएका चिकित्सकहरूको कन्ट्याक टे्रसिङ भइरहेको छ । अहिले पुरै वार्ड खाली गराएर डिस्इन्फेक्ट गर्न तयारी भइरहेको हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले बताउनुभयो ।

सङ्क्रमित बालिका गएको शनिवार तिघ्रामा भाँचिएको अवस्थामा पेडियाट्रिक इमरजेन्सीमा आएको र सम्पर्कमा आएका सबै चिकित्सकको ट्रेसिङ गरी वार्डमा रहेका बिरामी र चिकित्सकको पिसिआर परीक्षण गर्ने तयारी अहिले भइरहेको बताइएको छ ।

सङ्क्रमित बालिकालाई राति नै आइसोलेसन वार्डमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।

सुनसरीमा वृक्षा रोपण गरेर वतावरण दिवश

इनरुवा ।  सुनसरीमा लकडाउनको बीच बिश्व वातावरण दिवस मनाइएको छ । दिवशको उपलक्ष्यमा जैविक बिबिधताको सरक्षण गरौ भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम, सरसफाइ र बातावरणको संरक्षणा बारे सचेतना कार्यक्रम गरीएको छ ।

रामधुनी नगरपालिकामा सेभ द अर्थ सुनसरीको सहजीकरणमा वृक्षारोपण कार्यक्रम, सरसफाइ र बातावरणको संरक्षणा बारे सचेतना कार्यक्रम गरीएको हो ।

संस्थाले रामधुनी नगरपालिका २ शिवनगरमा रहेको ऐतिहासिक आदिवासी थारु समुदायको बसोबास भएको गाउमा वृक्षा रोपण गरिएको जनाएको छ । रामधुनीको रामपुरा इन्र्वती चनरवती पोखरी मन्दिर विद्यालय छेउमा समेत नगरप्रमुख जयप्रकश चौधरीको प्रमुख आतिथ्यमा वृक्षा रोपण गरिएको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।

बेल, रुद्राक्ष, निम, कपुर, अर्जुनछालहरु, आँप, लिची, कटहर र फुलका विभिन्न प्रजातीका बिरुवा रोपिएको भट्टराईले जानकारी दिनुभयो । तीन सय भन्दा बढी विरुवा रोपिएको जनाएको छ । सुरक्षा र हेरचाह गर्न गाउँलेलाई आग्रह गरेको र स्थानीयले ब्यक्तिगत तथा सामुदायिक वृक्षारोपणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

एता बराहक्षेत्रको ग्रामथानको कम्पाउण्ड भित्र पनि वृक्षा रोपण गरिएको बराहक्षेत्र नपाका वडा अध्यक्ष आशाराम चौधरी जानकारी दिनुभयो । वहाँले सबै ग्रामथानहरु बाताबरण मैत्री र दिगो सुधार योजना लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्तिथि रहेको थियो ।

कार्यक्रमलाई रामधुनी नपा, बन डिभिजन कार्यालय सुनसरी, मित्र परिवार शिवनगर, रामपुरा मन्दिर, विद्यालय ब्यवस्थापन समिति , ग्रामथान समिती धन्पुरी, बराहक्षेत्र नपाको आर्थिक प्राविधिक नैतिक सहयोग तथा प्रतिबद्धतामा सन्चालन गरिएको थियो ।

इनरुवा अस्पतालमा स्वास्थ्य सामग्री

इनरुवा । इनरुवा अस्पतालमा प्रदेश सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सुनसरीको सदरमुकामा रहेको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीका लागि थरमल गन, पिपिई , एन ९५ माक्स, स्यानिटाईजर र ग्लोवस सहितका सामग्री प्रदान गरेको हो ।

सामग्री नेकपाका जिल्ला अध्यक्ष पप्पु मण्डलको पहलमा आएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना कहरबीच लकडाउनको विकल्प खोज्न दबाव, क्रमश: खुकुलो बनाउने मनस्थितिमा सरकार

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न देशव्यापी रूपमा लकडाउन लागु गरेको १० साताभन्दा बढी भइसकेको छ।

अहिलेकै जस्तो लकडाउन जारी रहे कोरोनाभाइस सङ्क्रमणले भन्दा बेरोजगारी र अभावजस्ता समस्याले धेरैको ज्यान लिन सक्ने भन्दै लकडाउनको विकल्प खोजिनुपर्ने व्यवसायीहरूले माग गर्दै आएका छन्।

चैतको दोस्रो सातादेखि सुरु भएको लकडाउनको शैलीमा केही परिमार्जन गरिएको भए पनि यसलाई जेठ मसान्तसम्म निरन्तरता दिने विचारमा सरकार भएको बताइन्छ। लकडाउनको अवधिमा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार विज्ञहरूसँग लकडाउनको ढाँचा परिमार्जनसहित विभिन्न विषयमा छलफल गरेका थिए। उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेतृत्व गरेको समितिले बुधवार र बिहिवार विज्ञहरूसँग लकडाउनको विकल्पबारे छलफल गरेको थियो।

त्यसपछि उक्त विषयमा मन्त्रिपरिषद्‌मा छलफल भयो तर कुनै निर्णय भएन। कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले लकडाउन खुकुलो बनाउनेबारे उच्चस्तरीय समन्वयन समितिले सिफारिस गर्ने बताइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिडारीले अहिलेको अवस्थाभित्र पनि दैनिक जीवनलाई सहज बनाउने कामलाई क्रमशस् खुकुलो बनाउँदै लगिने बताएका छन्।

उनले सबै पक्षसँग छलफल गरी उच्चस्तरीय समितिले मस्यौदा तयार पारेर मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्ने जानकारी दिए। कोरोनाभाइरस सङ्क्रमणका कारण प्रभावित व्यक्ति र मृतकको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्न मन्त्रिपरिषद्लाई प्रस्ताव पठाउने जनाएको छ।-बीबीसी

ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

मन्त्रालय स्रोतका अनुसार उक्त निजी अस्पताल ह्याम्स अस्पताल हो । ‘गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरूमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले भन्यो ।

ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।अनलाइनखबरबाट

यूएईबाट १५७ नेपाली बोकेर जहाज काठमाडौंका लागि उड्यो

यूएई । कोरोनाको कारण यूएईमा समस्यामा परेका एक सय ५७ नेपालीलाई लिएर जहाज उडेको छ ।

समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् । जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् ।

नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताए । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

‘कोही भोकै पर्दैन,भोकले कोही मर्दैन’नारा भट्याएर मात्र हुँदैन, विपन्न परिवारलाई मासिक ५/५ हजार उपलब्ध गराऔँ: डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अति विपन्न परिवारलाई मासिक ५/५ हजार उपलब्ध गराउन माग गरेका छन् ।

समाजिक सञ्जाल ट्वीटमार्फत डा भट्टराईले अति विपन्न परिवारलाई मासिक ५/५ हजार उपलब्ध गराउन माग गरेका हुन् । उनले ‘कोही भोकै पर्दैन,भोकले कोही मर्दैन’नारा भट्याएर मात्र गरीबीमुक्त नहुने बताएका छन् ।

डा भट्टराईले ट्वीटमा ‘कोही भोकै पर्दैन,भोकले कोही मर्दैन’नारा भट्याएर मात्र यी मुसहर किशोरी आमा/शिशुको भोक/कुपोषण हट्थ्यो भने मबिबि शाहको कविताले उहिल्यै देश गरीबीमुक्त भैसक्थ्यो। अत: तत्काल ३ तहका सरकारको संयोजनमा अति विपन्न परिवारको बैंक खाता खोलेर कम्तिमा मासिक ५/५ हजार दिऊँ न ! तब आजै भोकले कोही मर्दैन !’ देखेका छन् ।

केही दिनअघि मात्रै प्रधानामन्त्री केपी शर्मा ओलीले संसदमा गरिवीका कारण कुनै पनि नेपाली ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भनेका थिए । तर, देशमा कारोना महामारीको प्रकोप बढेसँगै भोकमरी शुरु भएको छ ।

कोरोना भाइरसका कारण विश्व त्रसित छ। विभिन्न देशले सुरक्षित हुनका लागि आफ्नो देश बन्दाबन्दी (लकडाउन) गरेका छन्। नेपाल पनि अहिले पूर्ण रुपमा लकडाउन भएको छ। सरकारले कसैलाई पनि बाहिर ननिस्कन आग्रह गरेको छ।

खाद्यान्न र अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द छ। नेपाल भित्रने र बाहिरिने सबै नाका बन्द छन्। यस्तो अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा भोकमरीको अवस्था सिर्जना हुनु स्वभाविक भएको स्रोतले दावी गरेको छ ।

वन उपभोक्ता समूहका दुई कोषाध्यक्ष परे अख्तियारको फन्दामा

सिन्धुली । सामुदायिक वन उपभोक्ता समूहका २ कोषाध्यक्ष घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष मिनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो । दुबै समुहका कोषाध्यक्षले तीनपाटन गाउँपालिका १० मा सेवाग्राहीले सञ्चालन गरेको एक कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको ९ मा लैजान दिने भनी तीन लाख ३० हजार पाँच सय रुपैयाँ रकम लिएका थिए ।

पक्राउ परेका घोले र रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा लगिएको छ ।

निःशुल्क कोरोना बिमा गराउनबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निःशुल्क कोरोना बीमा गराउने घोषणा गरेको एक सातामै यस्तो बीमा स्थगित भएको छ ।

सरकारले बजेटमार्फत् कर्मचारी र स्वास्थ्यकर्मीको निःशुल्क कोरोना बीमा गराउने घोषणा गरेको एक सातामै बीमा समितिले यस्तो बीमालेख जारी नगर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।

बीमा कम्पनीका प्रमुख कार्यकारीहरूको संगठन नेपाल बीमक संघले सबैजसो बीमा कम्पनीले चुक्ता पुँजीको शतप्रतिशतको हाराहारीमा बीमा दायित्व ग्रहण गरिसकेको बताएपछि नियामक बीमा समितिले यस्तो निर्देशन दिएको हो।

गत ११ चैतबाट सरकारले देशभर बन्दाबन्दी घोषणा गरेपछि बीमा समितिले ७ वैशाखमा कोरोना बीमालेख जारी गर्न निर्देशन दिएको थियो। त्यसयता ३ लाखभन्दा धेरै व्यक्तिले यस्तो बीमा गराइसकेको बीमा समितिले जनाएको छ ।

मौसम: ‘निसर्ग’ चक्रवात कमजोर, भोलिसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शनिबारसम्म वर्षा हुने भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ ।

आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ को बाँकी भू-भागमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली प्रदेश र प्रदेश नं ५ मा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

किसानलाई १० लाखको कृषि सामग्री वितरण

काठमाडौंः बन्दाबन्दीको समयमा कृषि क्षेत्रको विकास र विस्तारका लागि चन्द्रागिरि नगरपालिकाले किसानलाई १० लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ ।

काठमाडौं उपत्यकाको प्रमुख द्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी रहेको बेलामा किसानलाई धान र तरकारीको बीउ वितरण गरेको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद न्यौपानेले चन्द्रागिरिभित्र कृषि क्षेत्रको विकासका लागि किसानलाई धान र तरकारीको बीउवितरण गरेको जानकारी दिए । “धानको बीउ ५० प्रतिशत अनुदान र तरकारीको बीउ निः शुल्क वितरण गरेका छौँ”, उनले भने, “टाइचिन र खुमलटार मन्सुली धान तथा रामतोरिया, मेथी, चम्सुर, सुप, मुला, रायोको साग, धनियाँलगायतका तरकारी बीउ वितरण गरिएको हो ।”

उनले ४ लाख ९९ हजार मूल्य बराबरको तरकारीको बीउ निः शुल्क वितरण गर्नुका साथै ५ लाखभन्दा बढी मूल्यबराबरको धानको बीउ उपलब्ध गराएको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार बन्दाबन्दीको समयमा नगरपालिकाले बीउ खरिद गरेर किसानसम्म पुर्याउँदै आएको छ भने प्रत्येक वडामा ८० किसानलाई धानको बीउ उपलब्ध गराउँदै आएको छ । यसअघि नगरपालिकाले किसानका लागि हाते ट्र्याक्टर, कृषि औजारसमेत वितरण गरिसकेको छ । द नेपालटपबाट