सुनसरीमा थप १६ जनामा कोरोना , संक्रमितको संख्या ३४ पुग्या
२३ जेष्ठ २०७७, शुक्रबार १७:४८
इनरुवा । सुनसरीमा शुक्रबार एकै दिनमा १७ जनामा कोरोना पुष्टी भएको छ । जिल्लामा गरिएको कोरोना परीक्षणमा सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा १२ जना, बर्जु गाउँपालिका ५ अमाहिवेलामा ३ जना, बराहक्षेत्र नगरपालिका ७ चक्रघट्टीमा १ जनालाई कोरोना पुष्टी भएको हो ।
परीक्षण रिर्पाेट पोजेटिभ आएकाले थप उपचारका लागि धरान स्थित वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यो नयाँ थपिएसगै सुनसरीमा ३४ जना कोरोना सक्रमित भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकालागि ल्याइएकी कोरोना सङ्क्रमित बालिका बराहक्षेत्र नगरपालिकाको वडा नं. ७ को भएको खुलेको छ ।
खुट्टामा फ्याक्चर भएर अर्थाे अव्जरभेसन वार्डमा भर्ना भएकी बालिकामा कोरोना पुष्टि भएपछि अहिले प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा खटिएका चिकित्सकहरूको कन्ट्याक टे्रसिङ भइरहेको छ । अहिले पुरै वार्ड खाली गराएर डिस्इन्फेक्ट गर्न तयारी भइरहेको हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले बताउनुभयो ।
सङ्क्रमित बालिका गएको शनिवार तिघ्रामा भाँचिएको अवस्थामा पेडियाट्रिक इमरजेन्सीमा आएको र सम्पर्कमा आएका सबै चिकित्सकको ट्रेसिङ गरी वार्डमा रहेका बिरामी र चिकित्सकको पिसिआर परीक्षण गर्ने तयारी अहिले भइरहेको बताइएको छ ।
सङ्क्रमित बालिकालाई राति नै आइसोलेसन वार्डमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया