सुनसरीमा वृक्षा रोपण गरेर वतावरण दिवश
२३ जेष्ठ २०७७, शुक्रबार १७:४१
इनरुवा । सुनसरीमा लकडाउनको बीच बिश्व वातावरण दिवस मनाइएको छ । दिवशको उपलक्ष्यमा जैविक बिबिधताको सरक्षण गरौ भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम, सरसफाइ र बातावरणको संरक्षणा बारे सचेतना कार्यक्रम गरीएको छ ।
रामधुनी नगरपालिकामा सेभ द अर्थ सुनसरीको सहजीकरणमा वृक्षारोपण कार्यक्रम, सरसफाइ र बातावरणको संरक्षणा बारे सचेतना कार्यक्रम गरीएको हो ।

संस्थाले रामधुनी नगरपालिका २ शिवनगरमा रहेको ऐतिहासिक आदिवासी थारु समुदायको बसोबास भएको गाउमा वृक्षा रोपण गरिएको जनाएको छ । रामधुनीको रामपुरा इन्र्वती चनरवती पोखरी मन्दिर विद्यालय छेउमा समेत नगरप्रमुख जयप्रकश चौधरीको प्रमुख आतिथ्यमा वृक्षा रोपण गरिएको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।
बेल, रुद्राक्ष, निम, कपुर, अर्जुनछालहरु, आँप, लिची, कटहर र फुलका विभिन्न प्रजातीका बिरुवा रोपिएको भट्टराईले जानकारी दिनुभयो । तीन सय भन्दा बढी विरुवा रोपिएको जनाएको छ । सुरक्षा र हेरचाह गर्न गाउँलेलाई आग्रह गरेको र स्थानीयले ब्यक्तिगत तथा सामुदायिक वृक्षारोपणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
एता बराहक्षेत्रको ग्रामथानको कम्पाउण्ड भित्र पनि वृक्षा रोपण गरिएको बराहक्षेत्र नपाका वडा अध्यक्ष आशाराम चौधरी जानकारी दिनुभयो । वहाँले सबै ग्रामथानहरु बाताबरण मैत्री र दिगो सुधार योजना लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्तिथि रहेको थियो ।
कार्यक्रमलाई रामधुनी नपा, बन डिभिजन कार्यालय सुनसरी, मित्र परिवार शिवनगर, रामपुरा मन्दिर, विद्यालय ब्यवस्थापन समिति , ग्रामथान समिती धन्पुरी, बराहक्षेत्र नपाको आर्थिक प्राविधिक नैतिक सहयोग तथा प्रतिबद्धतामा सन्चालन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया