कोशीमा स्वास्थ्य चौकी र वडा कार्यालयको सिलानयास – Nagarikabhiyan : National News

कोशीमा स्वास्थ्य चौकी र वडा कार्यालयको सिलानयास

इनरुवा । सुनसरीको कोशी गाउँपालिका २ पश्चिम कुशाहामा स्वास्थ्य चौकी र वडा कार्यालय निर्माणका लागि स्थानीय सिलान्यास गरिएको छ ।

स्थानीय समाजसेवी चिचो यादव लगायत परिवारका सदस्य लक्ष्मी यादव, बिलेछ्न यादव र समाजसेवी दानालाल यादवले चालीस लाखभन्दा बढी मूल्य पर्ने जग्गा दानमा उपलब्ध गराएकाले कोशीमा स्वास्थ्य चौकी र वडा कार्यालयको सिलानयास गरिएको हो ।

स्वास्थ्य चौकी र वडा कार्यालय भवनको शिलान्यास गर्दै जग्गादाता चिचो यादवले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुका साथै स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको बताउनुभयो । स्वास्थ्य चौकी र वडा कार्यालय भवन कोशी गाउँपालिकाको आर्थिक वर्ष ०७६।०७७ को बजेटबाट बन्ने भएको छ ।

शिलान्यास कोशी गाउँपालिका २ नम्बर वडा अध्यक्ष हिरालाल यादवले गरेका थिए भने सोही वडाका वडा सदस्यहरु स्थानीय समाजसेबी बुद्धिजीवीहरुको समेतको उपस्थिति रहेको थियो ।