ब्राजिलमा कोरोना संकट, मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो
२४ जेष्ठ २०७७, शनिबार ०७:१३
एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा १ हजार ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ४७ पुगेको छ । यो मृत्युदर विश्वमै सबैभन्दा धेरै हो ।
ब्राजिलमा कोरोनाबाट ६ लाख ४६ हजार संक्रमित छन् भने ३० हजार संक्रमित बितेको २४ घण्टामा थपिए । २ लाख ८८ हजार उपचारपछि निको भएका छन् । ३ लाख २२ हजार एक्टिभ केस छ ।
ब्राजिल कोरोनाबाट विश्वमा दोस्रो र ल्याटिन अमेरिकामा पहिलो धेरै प्रभावित मुलुक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया