२० चैत्र २०७८, आईतवार १४:१० – Page 7 – Nagarikabhiyan : National News

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ ।

वर्षाको समयमा खेर जाने बिजुली क्षेत्रीय बजारमा बिक्री गर्न नेपालले लामो समयदेखि प्रयास गरे पनि सफलता पाउन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ‘भारत– नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा एकापसमा सहयोग अभिवृद्धि गर्न दुवै देश सहमत भएका छन् । यसबाट नेपालको क्षेत्रीय बजारमा प्रवेश गर्ने लामो समयदेखिको चाहनाले अब मूर्त रुप पाउने भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा अथ्र्याउनु र त्यसमा सहमति जनाउनुले बढी भएको बिजुली सहजै रुपमा भारत र बङ्गलादेशमा निर्यात गर्ने मार्ग प्रशस्त भएको छ ।

संयुक्त भिजन नाम दिइएको उक्त सहमतिमा नेपालका केही ठूला आयोजना नेपाल र भारतको संयुक्त लगानीमा विकास गर्ने, अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने, बजारको मागका आधारमा उपयुक्त पहुँच दिने उल्लेख छ । उपक्षेत्रीय सङ्गठनका रुपमा रहेको बिबिआइएनमा आबद्ध देशहरुलाई त्यसमा समेट्ने भन्ने घोषणा आफैँमा महत्वपूर्ण छ ।

भारतको पछिल्लो सहमतिले नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चितता बढेको छ । अब नेपालको बिजुली बङ्गलादेशको बजारसम्म पुग्छ भन्ने सुनिश्चितता भएको छ । भारतीय प्रधानमन्त्रीले हामी नेपालको बिजुली खरिद गर्छौं भनेर सार्वजनिक रुपमा नै प्रतिबद्धता जनाउनु पनि अर्को महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ ।

प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डलमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र उहाँका भारतीय समकक्षी राजकुमार सिंहबीच भएको साइडलाइन वार्ताले पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हुन सकेको हो ।

गत कात्तिकदेखि नेपालले भारतीय अनुदानमा निर्माण भएका नुवाकोटका दुई आयोजनाबाट ३९ मेगावाट बिजुली निर्यात भएको थियो । नेपालले एक्सचेन्ज मार्केटमा जान पाउने अनुमतिका लागि लामो समयदेखि माग गर्दै आएको थियो ।

गत मनसुनमा मात्रै करिब ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । नेपाल विद्युत् प्राधिकरणको भनाइलाई मान्ने हो भने झन्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको थियो । निजी क्षेत्रका आयोजनाबाट बिजुली लिनै पर्ने बाध्यताका कारण प्राधिकरणले आफ्ना विद्युत्गृह बन्द गर्ने वा कम उत्पादन गर्नुपर्ने अवस्थासमेत आएको थियो ।

नेपालको बिजुली खरिद गर्छौं र बिबिआइएनमा आबद्ध देशमा समेत पहुँच दिन्छौँ भन्ने भारतीय प्रधानमन्त्रीको घोषणाले आफूलाई हर्षित तुल्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान०का उपाध्यक्ष मोहन डाँगीको भनाइ छ । उहाँका अनुसार नेपालले लामो समयदेखि गर्दै आएको बिजुली निर्यातको प्रयासले सार्थकता पाएको उहाँको टिप्पणी छ । नेपालका निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय रुपमा बिजुुली बिक्रीका लागि प्रयास गर्दै आएको छ ।

नेपाल पावर एक्सचेन्ज लिमिटेड ९नेपेक्स० मार्फत बिजुली बिक्रीका लागि प्रयास गरिरहेको छ । यद्यपि नेपेक्सलाई बिजुली बिक्रीको अनुमति भने दिइसकिएको छैन ।

भारतको पछिल्लो स्वीकार्यता तथा उच्च राजनीतिक नेतृत्वको प्रतिबद्धताले लामो समयदेखि बन्द भएको विद्युत् खरिद सम्झौता ९पिपिए०का लागि समेत बाटो खुल्ने इपानको भनाइ छ । प्राधिकरणले विगत तीन वर्षदेखि पिपिए गरिरहेको छैन । यद्यपि, अर्धजलाशय र जलाशयुक्त आयोजनाको पिपिए भने रोकिएको थिएन ।

बङ्गलादेशले नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । विसं २०७५ भदौमा तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्नुभएको बङ्गलादेश भ्रमणका क्रममा नेपालको बिजुली आफूहरुका लागि आवश्यक रहेको बङ्गलादेशी अधिकारीको भनाइ रहेको थियो । बङ्गलादेशी राष्ट्रपति, प्रधानमन्त्री तथा ऊर्जा राज्यमन्त्रीको नेपाल भ्रमणको क्रममा समेत संयुक्त लगानीमा आयोजना निर्माण गर्न सकिने समेत प्रतिबद्धता व्यक्त भएको थियो ।

यस्तै, २०७५ असोज २७ र २८ गते भारतको बैंगलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकमा समेत बङ्गलादेशसँग संयुक्त रुपमा छलफल गर्ने निर्णय भएको थियो ।

नेपालको कूल क्षमता ८३ हजार मेगावाट बराबर भए पनि आर्थिक र सम्भाव्य मानिएको ४३ हजार मेगावाट बिजुली उत्पादन गर्दा त्यसको बजार खोज्न अब भाँैतारिनु पर्दैन भन्ने सन्देश प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा सन्देश प्रवाह भएको छ ।

प्रसारण संयन्त्र निर्माण भएका चालु आवमा नै नेपालको प्रणालीमा एक हजार ३०० मेगावाट बराबर बिजुली थप हुन जान्छ । हाल प्रणालीमा दुई हजार १५० मेगावाट बराबर बिजुली उपलब्ध छ । यद्यपि, हिउँदको समयमा भने नेपालमा सङ्कट नै छ ।

दीर्घकालमा नेपालमा पनि खपत बढाउने र बिजुलीको क्षेत्रीय बजारको खोजी गर्ने सरकारको प्रयासले सार्थकता पाउन थालेको ऊर्जा उद्यमी प्रकाश दुलालको टिप्पणी छ । उहाँले प्रधानमन्त्रीको स्तरमा भएको घोषणा कार्यान्वयनमा आउने उल्लेख गर्दै अब नेपालको प्रशासनिक संयन्त्रले मिहीन तरिकाले मिहिनेत गरेको खण्डमा बिजुली खेर जाने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

दुई देशका उच्च राजनीतिक तहमा नै भएको सहमतिले बिजुली व्यापारको ढोका खुलेको जानकारी दिँदै उहाँले लामो समयदेखि रोकिएको पिपिएसमेत खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतले पहिलो पटक नेपालसँगको जलस्रोत र ऊर्जाका विषयमा वार्ता गर्दा आपसी समानता र सम्मानका आधारमा गर्ने विषय उल्लेख गरेको छ । यस्तै, भूटान, बङ्गलादेश, भारत र नेपालमा आपसी सहकार्यको संरचना तयार पार्ने र विस्तार गर्ने उल्लेख गरेको छ । यसबाट नेपालको बिजुली बङ्गलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको अर्थमा लिन सकिन्छ ।

भारतले आफ्नो प्रसारण प्रणाली प्रयोग गर्न सहमति नदिँदा नेपालको बिजुली बङ्गलादेश लैजाने मार्ग प्रशस्त हुन सकेको थिएन । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली बङ्गलादेश लैजाने सहमति यसअघि नै भइसकेको छ ।

पछिल्लो सहमतिअनुसार एक अर्का देशको प्रसारण प्रणालीमा एक रुपमा ल्याउने, सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, दुवै तर्फबाट बिजुलीको आयात तथा निर्यात गर्ने विषय समेटिएको छ । यसबाट असाध्यै ठूलो एवम् सकारात्मक प्रभाव पर्ने ऊर्जा उद्यमीहरुको विश्वास छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले नेपालले भारतको एक्सचेन्ज मार्केटमा प्रवेशका लागि गरेको प्रयासका अलावा अन्य विषयमा पनि सहमति हुनु सुखद पक्ष भएको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुवै देशले संयुक्त रुपमा जारी गरेको ६ बुँदामा समेटिएको ‘भिजन स्टेटमेन्ट’ मा समानता, आपसी सम्मानका आधारमा एक देशले अर्र्को देशलार्ई विद्युत् क्षेत्रमा पारस्परिक सहयोग गर्ने उल्लेख छ । यो पनि अर्को महत्वपूर्ण विषय भएको जानकारहरुको भनाइ छ ।

पछिल्लो सहमतिले सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत मार्ग प्रशस्त भएको छ । हालै मात्र सरकारले दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोखरपुर निर्माणका लागि प्राधिकरणलाई रु एक अर्ब बराबर लगानीका लागि स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन १४० किलोमिटर लामो छ । नेपालतर्फ २० किलोमिटर र भारततर्फ १२० किलोमिटर लामो सो प्रसारण लाइनसमेत निकट भविष्यमा नै निर्माण सुरु हुनेछ ।

प्रधानमन्त्री देउवा वाराणसीमा, काशी विश्वनाथको पूजाअर्चना गर्दै

काठमाडौं । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन् ।

उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थथिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन् ।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री देउवा आजै अपराह्न त्यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन् ।

टोखामा आयोजना हुन लागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे कार्यक्रमस्थल पुग्ने भएका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओली विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाइ रहेका छन् ।

केही दिन अघि अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्लाहरु पुगेका थिए । त्यस्तै शनिबार उनी खोटाङ पुगेका थिए ।

एमालेले देशव्यापी रुपमा पार्टी प्रवेश अभियानसमेत चलाइरहेको छ ।

आजदेखि सहज रुपमा पेट्रोलियम पदार्थ पाइने

काठमाडौं । आजदेखि पेट्रोलियम व्यवसायीहरूले गर्ने भनिएको देशव्यापी आन्दोलन फिर्ता लिएपछि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको हो ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो ।

छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी जेष्ठ १५ सम्ममा सक्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले शनिबारै पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।

उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

आजदेखि नियमित रुपमा जयनगर–कुर्था खण्डमा सरर…, यात्रुसहितको रेल

काठमाडौं । जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए ।

आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।

उनका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ ।

जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारीदिए ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए ।

सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।

यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ

प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै काठमाडौं फर्किने

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

 

प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए ।

 

साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए ।

रमेश यादवलाई वडा अध्यक्ष बताउनुपर्ने युवाको माग

युवा राजनीतिकमा सफल युवा नेता रमेश कुमार यादवलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ को वडा अध्यक्षको उम्मेदबार बताउनुपर्ने माग उठेको छ । विकास र सुशासनका लागि स्थानीय युवा संघका गाउँ कमिटि अध्यक्ष तथा जिल्ला देखी केन्द्रसम्म पकड रहेका यादवलाई गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षमा उम्मेदवार बनाउनुपर्ने माग उठेको हो । रमेश यादवलाई वडा अध्यक्ष बताउनुपर्ने अधिकाशं युवाको माग रहेको छ । हाल फोरमले जितेको वडा भएकाले त्यहाँ विकासमा पछाडी परेको र युवालाई नेतृत्व दिनुपर्ने भएकाले नेकपा एमाले पार्टीलाई ७ नम्बर वडा अध्यक्षमा युवा नेता रमेश यादवलाई उम्मेदवारी घोषणा गर्न र पार्टीलाई पनि टिकट दिन आबाज उठाएका छन् ।

नेपाल सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै देशभर फेरि चुनावमय भएको छ । झण्डै ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र जसपा सहितका मुलधारका राजनीतिक दलहरु मध्ये कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको छ । यस सुनसरीमा दलहरु बाहेक पनि स्वतन्त्र उम्मेदबारी दिने घोषण गर्ने क्रम पनि बढेको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका लागि विभिन्न दलका उम्मेदबारको चर्चा

अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका लागि विभिन्न दलका उम्मेदबारको चर्चा र दावेदारी सुरु भएको छ । निर्वाचन हुन ४० दिन बाकी हुदाँ भोक्राहा नरसिंहमा पालिका अध्यक्षको लागि पार्टी भित्र र बाहिर अनि स्वतन्त्रका बीच पनि चर्चा सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा यसपाली नेपाली काग्रेंसको पल्ला भारी रहेकाले पार्टी भित्र अध्यक्ष बन्न धेरै नेताले दावेबारी प्रस्तुत गरेका छन् । यहाँ केहीले आफुखुशी उम्मेदवारी घोषणा समेत गरेका छन् गाउँमा पालिका अध्यक्षका उम्मेदवार बन्नेहरु धेरै भएकाले पार्टीहरुलाई सर्वहमतमा उम्मेदवारी घोषणा गर्न सकस भएको देखिएको छ । यस पालिकामा काग्रेंसलाई जिताउनका लागि लामो समय पार्टीमा बेतित गर्ने, सहकारीका माध्यमबाट समाज सेवजा गर्ने र गाउँपालिकाको मिसन भिजन भएका नेता राजेन्द्र मेहतालाई उम्मेदबार बनाउदाँ उमत हुने तर्क काग्रेंसी वृतमा उठेको छ । पार्टीको वडादेखी गाउँ हुदै क्षेत्रिय सचिवसम्मको जिम्मेबारी निर्वाह गनरेका, सहकरीमा जिल्ला हुदै केन्द्रसम्म पकड जमाएका इमान्दार , निरविवादित नेता भएको र गाउँपालिकामा मुस्लिम, यादव, मेहता सहित अन्य समुदायमा पनि राम्रो छवी सहित पकड भएकाले नेता राजेन्द्र मेहतालाई नै काग्रेंसले उम्मेदबार बनाउन्पर्ने तर्क काग्रेंसी वृतमा उठेको हो । यस पालिकामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस पार्टी निकट नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति समेत रहेका हाजी इसराइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका–४ का वडा अध्यक्ष समेत रहेका हारुन अन्सारी, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका वर्तमान सभापति युवराज दाहाल, रामप्रसाद यादव र सत्रुघन प्रसाद यादव, सुनसरी क्षेत्र नम्बर ४ ख प्रदेश कार्यसमितिका सदस्य अजमल अखतर आजाद सहितकाले कांग्रेसबाट गाउँपालिका अध्यक्षको आकांक्षी रहेका छन् । गत २०७४ सालको निर्वाचनमा काग्रेंसका उम्मेदबार अजमल अख्खतर मियाँले एक हजार ९ सय ९३ मत, तत्कालि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट सत्रुधन यादवले एक हजार पाँच सय मत र स्वतन्त्रबाट इसराइल मन्सुरी अध्यक्षका उम्मेदवार भई करिब १ हजार ७ सय ९२ मत पाउनुभएको थियो । यो तीनै मत अहिले पार्टी एकिकरण भएकाले काग्रेंसमा जोड्दाँ पहिलो पार्टी काग्रेंस देखिएको छ । मतको हिसावले दोस्रो स्थानमा जनता समाजवादी पार्टी देखिएको छ । यसबाट निर्वाचितत तत्कालिन संघीय समाजवाली फोरम नेपालका उम्मेदबार महेन्द्र प्रसाद यादवले तीन हजार ५२८ मल ल्याएर निर्वाचित हुनुभएको थियो तर हाल वहाँ एमालेमा प्रवेश गर्ने चर्चा छ ।
जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष महेन्द्र यादव(सानो)ले जसपा नेपालबाट अध्यक्षको आकांक्षी देखिएका छन् । जसपा भोक्राहा नरसिंह गाउँकमिटी अध्यक्ष समेत रहेका महेन्द्र यादवले टिकट पाउने निश्चित देखिएको छ ।
यसैगरी, भोक्राहा नरसिंह गाउँपालिकामा तेस्रो बलियो संगठन भएको नेकपा एमालेलाई मानिएको छ । यहाँ एमालेबाट स्वर्गीय मोलिम मियाले १ हजार ४ सय ९२ मत ल्याउनुभएको थियो । नेकपा माओवादीबाट मुनिलाल महतोले ५ सय ८२ मत, राप्रपाबाट इन्द्र नारायण साहुले ५ सय ४२ मत ल्याएर पराजित भएको थियो ।
यसपालीको पालिकाको अध्यक्षमा मूख्य चार दलका उम्मेदबारको बढी चर्चा देखिएको छ ।
नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंहका सचिब समेत रहेका रामकुमार मेहता, नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका इन्चार्ज रमेश यादव, नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका सचिब तथा भोक्राहा नरसिंह गाउँपालिका–८ का वडाध्यक्ष हातिम अन्सारी, नेकपा एमालेका नेता तथा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका मुनीलाल मेहता र बाबुराम साहले अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा ४ जनाको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्र भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष समेत रहेका हेमनारायण मण्डल, श्यामदेव यादव, भुपेन्द्र कुमार शाह र मुसलिम अन्सारीको नाम चर्चामा रहेको छ ।
यता नेकपा एकीकृत समाजवादीबाट जावेद आलम र राप्रपाबाट हसबुल मिँयाले पालिका अध्यक्षमा चुनाव लड्ने तयारीमा छन् । भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार १ सय १ जना मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भोक्राहा नरसिंह गाउँपालिकामा चुनावी सर्गर्मी ह्वात्तै बढेको छ । बलियो जनाधार भएका पार्टीहरु नेपाली कांग्रेस, जसपा नेपाल र नेकपा एमालेले गाउँ–गाउँमा चुनावी अभियान स्वरुप संगठन बिस्तारलाई तिब्रता दिएका छन् । गत स्थानीय तह २०७४ को निर्वाचनमा नेपाली कांग्रेस बलियो पार्टी भएपनि पराजित भएकोले टोल–टोलमा संगठन विस्तार गर्दै पार्टीका नेता तथा उम्मेदवारका प्रत्यासीहरु चुनावी मैदानमा होमिएका छन् ।
कांग्रेसमा ७, एमालेमा ५ र जसपामा १, माओवादीमा ४, नेकपा एसमा १ जनाको नाम चर्चामा रहेको छ । अघिल्लो निर्वाचनमा अध्यक्ष –उपाध्यक्ष दुवै पदमा हार बेहोरेको नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँको अध्यक्षमा मुख्य ७ जनाको नाम चर्चामा छ । भोक्राहा नरसिंह गाउँपालिकामा बलियो जनाधार भएको पार्टी नेपाली कांग्रेसलाई मानिन्छ ।

 

साहित्य कार्यक्रम सम्पन्न

नेपाली साहित्यका धरोहर उपेन्द्र पागलको दोस्रो स्मृति साहित्य गोष्ठी तथा रचना बाचन कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । सप्तरंगी साहित्य समाज प्रदेश १ को आयोजनामा साहित्यकार उपेन्द्र पागलको दोस्रो स्मृति साहित्य गोष्ठी र रचना वाचन कार्यक्रम सनिबार सम्पन्न भएको हो । प्रदेशका अग्रज साहित्यकारहरुको उपस्थितिमा साहित्यिक कार्यक्रम सम्पन्न भएको समाजका प्रदेश अध्यक्ष रमेन्द्र कोईरालाले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका साहित्यकार सहित इनरुवाका स्थानीय नेता तथा साहित्यकार र पत्रकारले रचना र विचार प्रस्ुतत गर्नुभएको संस्थाका अध्यक्ष कोईरालाले जानकारी दिनुभयो ।
कवि तथा साहित्यकारले मौलिक गित, गजल, कविता र लघुनाटक सहित प्रस्तुत गरिएको थियो । कार्यक्रममा कालकार तथा पत्रकारिता र साहित्यमा रुची राख्ने सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा साहित्यकार टिका मिलन, रामप्रसाद खरेल, आलोक खनाल, गीता बस्नेत, द्धारिका प्रसाद पोखरेल, जीवनाथ पोखरेल, राजन निरौला, बिमला पोखरेल, रामकृष्ण मेहता, सक्षम यादव, अमित कुमार यादव, कृष्ण विनोद लम्साल, काब्यकार डम्मरुबल्ल्भ भण्डारी, यसोदा अधिकारी, गीतकार प्रकास अनुराग, अर्जुन दाहाल (ओखलढुगेंं), कवि तथा पत्रकार जयकृष्ण यादव, वरिष्ठ साहित्यकार प्राज्ञ जिवनाथ पोखरेल, प्रध्यापक तथा साहित्यकार रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल, विष्णु भण्डारी, जेनिश देव, कविराज घिमिरे, प्रमोद मण्ड लगायतले रचना वाचन गर्नुभएको थियो ।

भोक्राहामा सोनारले गरे वडा अध्यक्षमा स्वतन्त्र उम्मेदबारी दिने घोषणा

नेपाल सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै देशभर फेरि चुनावमय भएको छ । झण्डै ४१ दिनपछि हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र जसपा सहितका मुलधारका राजनीतिक दलहरु मध्ये कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको छ । यस सुनसरीमा दलहरु बाहेक पनि स्वतन्त्र उम्मेदबारी दिने घोषण गर्ने क्रम पनि बढेको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ को वडा अध्यक्षका लागि स्थानीय युवा हिरालाल सोनारले गाउँपालिकाको ६ नम्बर वडा अध्यक्षमा एकाएक स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गैरराजनीतिक छवि बनाएका सोनारको उम्मेदवारी घोषणाले सामाजिक सञ्जाल तातिएको छ । सनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सोनारले उम्मेदवारी घोषणा गर्नुको कारण अब राजनीतिक यात्रा सुरु गर्ने योजनाअनुसार भएको बताउनुभयो । वहाँले जनप्रतिनिधिले सोचेअनुसारको नतिजा दिन नसक्दाको अवस्थालाई मध्यनजर गरि उम्मेदवारी घोषणा गरेको र भोट माग्न सुरु गरेको बताउनुभयो । स्थानीय सरकारमा संसारका धेरै देशहरूमा राजनीतिक दलको होइन स्वतन्त्र व्यक्ति उम्मेदवार हुन्छन् । हाम्रोमा पनि यही मोडलमा कुरा उठेको बेला आफूले स्वतन्त्र उम्मेदबारी दिएको बताउनुभयो ।
सोनारले भन्नुभयो, मैले मेरो कुरा लेखेर त राख्न सक्थेँ होला तर सोचेँ अब उम्मेदवारीबाट नै आफ्ना मुद्दाहरू राख्नुपर्छ । भोलि चुनावमा के होला अर्को कुरा हो । तर मुद्दा स्थापित त हुन्छन् भन्ने मेरो विश्वास हो । त्यसैले मेरो उम्मेदवारी स्टन्ट हैन । चुनावमा भाग लिनकै लागि हो । अब परिर्वतन आवश्यक छ, अति भयो पुरानो राजनीतिक दलको अत्याचार भनेर घोषणा गरेको हुँ । सबैले राम्रो पनि भन्नुभएको छ । उहाँहरूको विश्वासलाई कुठराघात गर्न हुन्न । सोनारले राजनीतिक दलप्रति असन्तुष्ट भएकै कारण स्वतन्त्र उम्मेदवार बनेको बताउनुभयो ।
वडामा विकास भन्ने बित्तिक्कै ठूला–ठूला भवन बन्नु, पुल बन्नु, सडक बन्नु, अस्पताल बन्नु, विद्यालयका भवन बन्नुलाई लिइन्छ तर मैले निर्माणसगैं त्यसमा गुणस्तरलाई ध्यान दिने बताउनुभयो । विकासमा कक्षा ५ सम्मका विद्यालयलाई कक्षा ८ सम्म पुरयाउने, कक्षा ८ भएकालाई १० सम्म पुर्याउने, स्वास्थ्य सेवा सर्वसुलभ बनाउने, बाटोहरुको स्तोरोन्ती गर्ने, युवा स्वरोजगार कार्यक्रम ल्याउने सोनारको भनाई छ । सोनारले आफ्नो घोषणा पत्र बनाउने तयारीमा रहेको समेत बताउनुभयो ।
मतदाता हुन के चाहिन्छ?
स्थानीय निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ । विगतको अभ्यासमा निर्वाचन मिति घोषणा भएको मितिलाई आधार मान्ने गरिएको आयोगका अधिकारीहरू बताउँछन्। “यस पटक आसन्न स्थानीय तहको निर्वाचनमा १९ वर्ष उमेर पुग्ने मिति निर्वाचनको ठिक अघिल्लो दिनलाई निर्दिष्ट मिति कट अफ डेट मान्दा करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता भएको छ,“ आयोगका प्रवक्ता पौडेलले भने।
चुनाव हुने स्थानीय निकाय ७५३ कि ७६६ वटा?
स्थानीय तहको चुनाव वैशाख ३० गते
उमेरको योग्यता पुगेका कारण मात्रै मतदानमा भाग लिन पाइँदैन। मतदानमा सहभागी हुन निर्वाचन आयोगले सङ्कलन गर्ने मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ र मतदाता परिचयपत्र अनिवार्य आवश्यक हुन्छ।
आयोगले निर्वाचनको मिति घोषणा हुनु अघिसम्म यस्तो नामावली हरेक जिल्लामा रहेका उसको कार्यालयबाट सङ्कलन गर्ने गरेको छ। एक पटक नाम समावेश भएको व्यक्तिले हरेक निर्वाचनमा नाम समावेश गरिरहन आवश्यक पर्दैन।तर निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्था छ।
उम्मेदवारको योग्यता के हो?
स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ।उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।
ऐन अनुसार सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन्।
स्थानीय चुनाव
सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि स्थानीय निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।तर स्थानीय तहमा उम्मेदवार हुन कुनै पनि दलको सदस्य भएकै हुनुपर्छ भन्ने बाध्यता छैन।
कति उम्मेदवार हुन्छन्?
देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि आवश्यक ३५,२२१ पदका लागि हुने निर्वाचनमा हुने उम्मेदवारको सङ्ख्या मनोनयनको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै टुङ्गो लाग्छ।
विसं २०७४ सालमा भएको स्थानीय निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र गरी १ लाख ४८ हजार ३६४ जना उम्मेदवार सहभागी रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ। निर्वाचनमा ५७ दल सहभागी भएकामा १८ वटा दलको स्थानीय तहमा प्रतिनिधित्व भएको थियो।
हरेक मतदाताले स्थानीय तहको निर्वाचनमा सात वटा पदमा मतदान गर्नुपर्छ। जसमा स्थानीय तहका प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, महिला वडा सदस्य र दलित महिला सदस्यमा एक–एक जना र खुला वडा सदस्यमा दुई जना पर्दछन्।
उम्मेदवार हुन खर्च कति लाग्छ?
यसअघिको निर्वाचनमा नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १,५०० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो। त्यसमा महिला, दलित तथा अल्पसङ्ख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छुट हुने व्यवस्था छ।वडा अध्यक्षका लागि १,००० र सदस्यका लागि ५०० रुपैयाँ धरौटीको व्यवस्था आयोगले गरेको थियो।
उम्मेदवारले सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा त्यस्तो धरौटी जफत हुने व्यवस्था छ। जफत भएको रकम सञ्चित कोषमा जम्मा हुनुपर्ने नियम छ।उम्मेदवारको ठूलो खर्च निर्वाचन प्रचार प्रसारमा हुन्छ। तर यस्तो खर्चको पारदर्शितामा प्रश्न उठ्ने गरेका छन्।
प्रविधि प्रयोगमा निर्वाचन आयोग किन पछाडि?
भारतमा किन यतिखेर सबैले उत्तर प्रदेशको चुनावलाई हेरिरहेका छन्?
निर्वाचन आयोगले यसअघिको निर्वाचनमा आचार संहितामा स्थानीय तहका प्रमुखले अधिकतम ७ लाख ५० हजारसम्म खर्चको सीमा तोकेको थियो।
अधिकतम खर्चको सीमा महानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ७ लाख ५० हजार र गाउँ पालिकाका प्रमुख र उपप्रमुखको हकमा ३ लाख ५० हजार तोकिएको थियो। महानगरका वडा सदस्यले अधिकतम ३ लाख र गाउँपालिकाका सदस्यले त्यसको आधा खर्च गर्न सक्ने सीमा तोकिएको थियो।
निर्वाचन आयोग ऐन २०७३ले आयोगलाई हरेक निर्वाचनमा खर्चको सीमा तोकेर नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने अधिकार दिएको छ।
आगामी निर्वाचनको खर्चको सीमा तय हुन बाँकी रहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए। आयोगले महँगीका आधारमा हरेक निर्वाचनमा खर्चको सीमा पुनरावलोकन गर्ने गरेको छ।
तर विभिन्न अध्ययनहरूले स्थानीय तहका उम्मेदवारहरूले त्यसभन्दा धेरै खर्च गरे पनि सबै खर्चको यथार्थ विवरण आयोगलाई नबुझाउने देखाएका छन्।
चुनाव चिन्ह कसरी तय हुन्छ?
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत प्रत्यक्षतर्फ एउटा सिट प्राप्त गरेका दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता दिएको छ। यस्ता राष्ट्रिय दललाई उनीहरूकै चुनाव चिन्ह प्राप्त हुन्छ।
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका दलबाट बनेका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले उनीहरूको मागका आधारमा निर्वाचन चिन्ह प्रदान गर्छ।यसरी माग गरिएको चिन्ह अर्को दलसँग मिल्दो भएको अवस्थामा आयोग आफैँले यस्तो चिन्ह तय गरिदिन सक्ने अधिकार छ।
मतदाताले मतदान केन्द्रमा हुने गोप्य कक्षमा सम्बन्धित उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाएर मतदान गर्न सक्छन्।
मतदान गर्न कहाँ जानुपर्छ?
निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ। स्थानीय तहको कुन मतदान केन्द्रमा आफ्नो नाम समावेश छ भन्ने थाहा पाउन आयोगको वेबसाइटमा हेर्न सकिने व्यवस्था छ।
कर्मचारी र मतदानमा खटिएका कर्मचारीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा मतदान गर्न पाए पनि स्थानीय तहमा मतदान गर्न पाउने व्यवस्था छैन।
चुनावको मिति तय भएपछि सामाजिक सञ्जालमा यस्ता चर्चा
स्थानीय निर्वाचनमा सिके राउतले भाग लिने, नेत्रविक्रम चन्द विप्लव नेतृत्वका दल अनिर्णित विदेशमा रहेका नेपालीलाई अनलाइनबाट मतदानको व्यवस्था मिलाउनेबारे बहस भइरहे पनि आगामी स्थानीय निर्वाचनमा नेपाल बाहिरबाट मतदानको सुविधा नहुने आयोगका प्रवक्ता पौडेलले बताए।
राज्यको खर्च कति हुन्छ?
निर्वाचन आयोगका अनुसार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब खर्च हुने आकलन गरिएको छ। आयोगले मतदाता शिक्षा, मतपत्रको छपाइ, ढुवानी, निर्वाचन पर्यवेक्षण र मतदानमा खटिने कर्मचारीहरूको तलब र भत्तामा खर्च गर्छ।सरकारले स्थानीय निर्वाचनको सुरक्षाका लागि देशभरका मतदान स्थलमा म्यादी प्रहरी भर्ना गरेर खटाउने गरेको छ। त्यसका लागि थप रकम खर्च हुने आयोगका प्रवक्ता पौडेलले बताए। सुरक्षा निकाय सहित अन्य सरकारी निकायहरूले पनि निर्वचनमा अलग्गै खर्च गर्छन्।आगामी स्थानीय निर्वाचनको सुरक्षा खर्चका लागि गृह मन्त्रालयले करिब १७ अर्ब रुपैयाँ माग गरेको विवरणहरू आएका छन्।

नोबेलका डाक्टर अस्पताल प्राङ्गणमै मृत भेटिए, हत्या भएको परिवारको आरोप

मोरङ । विराटनगरस्थित नोबेल अस्पताल कार्यरत डाक्टर मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाक्टर नोबेल अस्पतालकै अगाडि मृत फेला परेका हुन् ।

मृतक डाक्टर अर्थोपेडिक वार्डमा करिब ३ वर्षदेखि कार्यरत बिजय यादब हुन् । उनले बंगलादेशमा आफ्नो एमबीबीएस अध्ययन पूरा गरेर आएका थिए । राजविराज सप्तरी स्थायी घर भएका उनी विराटनगरमै बस्दै आएका थिए ।

प्रहरीका अनुसार २८ वर्षका डाक्टर यादव शनिबार बिहानै अस्पताल अगाडि मृत फेला परेका हुन् । डाक्टर बिजयको हत्या भएको भन्दै उनका परिवारको आरोप छ ।

यतिबेला मृतक डाक्टरका आफन्तले घटनाका दोसीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाको सम्बन्धमा सुष्म अध्यायन हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ओरेकले मनाए आफ्नो ३१ औं वार्षिक उत्सव कार्यक्रम

सुनसरी सदरमुकाम इनरुवामा महिला पुर्नंस्थापना केन्द्र ओरेक नेपाल सुनसरीकोे ३१ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । ओरेक नेपालको आफ्नै कार्यालयमा ३१ औं वार्षिक उत्सव कार्यक्रम गरेको हो ।ओरेक नेपालले वार्षिक उत्सवमा सामाजिक उत्तरदायित्वको काम गर्ने क्रमका तस्विर, भिडियो डकुमेन्ट्री, पोस्टर सहित प्रदशर्नी समेत गरिएको छ । इनरुवामावार्षिक उत्सव कार्यक्रमको अतिथी तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले केक काटेर ३१ औँ वार्षिक उत्सवको शुभकामना दिनुभएको थियो । शुक्रबार दिनभर विधार्थीतथा शिक्षकहरुले अवलोक गरेको र महिलाका कानूनको कुरासगैं मानव , बाल र महिला अधिकारको बारेमा जानकारी लिएका छन् । कार्यक्रममा अथितिहरुले महिलामैत्री कानूनको कार्यान्वयन र नेतृत्व तहमा पहुचका लागि स्थानीय तहका महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका थिए ।गैसस महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपानेले ओरेक नेपाल स्थापना भएको कारणले महिलाको सशत्तिकरण, नेतृत्व विकासदेखि लिएर हरेक क्षेत्रमा महिलाको सहभागीतामा अहम भूमिका खेलेको बताउनुभयो ।महिला मानव रक्षक तथा इनरुवाकी कार्यपालिका सदस्य कालिका तिम्सिनाले महिलाहरु हरेक ठाउँबाट हिंसामा परिरहेका बेलामा आफ्ना लागि कोहि नहुँदा त्यो वेलामा ओरेक नेपाल रहेको बताउनुभयो । उहाँले भन्नुभयो“लैङ्गिक हिंसा पीडित महिलाहरुलाई कर्म दिने ठाउँ भनेको ओरेक नेपाल हो” । उहाँले हिंसामा परेका महिलाहरुको लागि जन्म घर, कर्म घरको रुपमा ओरेक नेपालको जन्म भएको बताउनुभयो ।
कार्यक्रममा इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेलले महिलाको आवाज उठाउने र न्यायमा पहुचका लागि ओरेकले योगदान गरेको भन्दै ३१ औँ वार्षिक उत्सवको शुभकामना दिनुभयो । नेपाली काग्रेंसका इनरुवा उपाध्यक्ष विनिता दाहाल, नेकपा माओवादी केन्द्रका इनरुवा अध्यक्ष तोया गिरि सहितले कार्यक्रममा शुभकामना दिनुभएको थियो ।नेपाल पत्रकार महासंघका प्रदेश १ पूर्व सदस्य जयकृष्ण यादवले क्षमता विकास र महिलाको नेतृत्व विकासमा पहिलाका महिलाभन्दा आजको महिलाहरु धेरै अगाडी भएको भएपनि पर्याप्त नभएकाले, अव महिलाहरु आफै सक्षम हुनु जरुरी रहेको वताउनुभयो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ओरेक नेपालका संयोजक शान्ती दनुवारले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा काम गर्दै आएको तथा महिला, बालबालिकाको क्षेत्रमा काम गरिरहेको वताउनुभयो । उहाँले आरेकले लैंगिक हिंसाका क्षेत्र सँगसँगै महिलाहरुको नेतृत्व विकासका लागि समुदायमा महिला समूह गठन गर्दै आएको बताउनुभयो । दनुवारले न्यायमा पहुच र कानुनी उपचारमा सहयोग गर्ने काम समेत ओरेकले गर्दै आएको बताउनुभयो । कार्यक्रममा ओरेक नेपालले वर्षभरि गरेका वार्षिक कार्यक्रम र भावी योजनाको बारेमा फ्लेक्स र भिडियो डकुमेन्ट्री मार्फत प्रस्तुत गरेको थियो ।

महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार ः सामाजिक रुपान्तरणको आधार
राष्ट्रिय अभियान ः अबधारणा पत्र
पृष्ठभुमि
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापित भइ राजनैतिक रुपमा रुपान्तरित भएको छ । यो सँगै यी उपलब्धीहरु संस्थागत हुन देशले सामाजिक आर्थिक सबै क्षेत्रमा रुपान्तरण खोजेको छ । लामो समयदेखि विभिन्न हानिकारक मूल्य मान्यताहरु तयार गरि समुदाय तहदेखि नै महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुबीच असमान शक्तिसम्बन्ध स्थापित गरि विभेदलाई संस्थागत गर्ने पितृसत्तात्मक सोच र संरचनाको रुपन्तरणबिना देशमा सामाजिक रुपान्तरण सम्भव छैन । सामाजिक रुपान्तरणले समग्र रुपान्तरणको आधार तय गर्छ । यसको लागि अहिलेको सन्दर्भ आवश्यक छ, रुपान्तरणलाई अगुवाइ गर्न सक्ने रुपान्तरित नेतृत्व । देशको आधाभन्दा बढी जनसंख्या भएका महिलाको नेतृत्व र अर्थपूर्ण राजनैतिक सहभागिता रुपान्तरित नेतृत्का लागि आवश्यक पर्ने आधारभूत शर्त हो ।
नेपालको संविधान २०७२ को आधारमा भएको पहिलो निर्वाचनको परिणामले लामो समयदेखि नेतृत्व लिनबाट वञ्चित गराइएका महिला र दलित महिलाको राजनैतिक नेतृत्वमा उल्लेख्य सहभागिता रह्यो । पितृसत्तात्मक सोच र संरचनाको हालीमुहाली रहेको राजनैतिक नेतृत्वको सोचका कारण महिलालाई दोस्रो दर्जामा राख्ने तथा दलित महिलाको सहभागितको लागि मात्रै सहभागिता हुने स्थिती बनाइएता पनि यो स्थितीले केही हदसम्म भएपनि सामाजिक रुपान्तरणको आधार तयार भईजनताले खोजेको शासन व्यवस्थाको अभ्यासको लागि सहज वातावरण बन्न शुरुवात भएको छ । विभिन्न बाधा व्यवधानहरुलाई पन्छाउँदै आफु रुपान्तरित हँुदै रुपान्तरणको बाटोमा दिशानिर्देश गर्न सक्ने आँट, साहस र प्रतिबद्धता अहिलेका महिला नेतृत्वले गरेकै कारण यो स्थिती बन्न सकेको हो भन्ने ठोकुवा गर्न यथेस्ट तथ्य र तथ्याङ्कहरु छन् ।
यिनै तथ्याङ्कमा आधारित उपलब्धीहरुलाई मात्रै हेर्ने हो भने पनि महिला नेतृत्वले सामाजिक रुपान्तरणको आधार तयार गरिरहेका छन् र गर्न सक्दछन् भनि भन्न सकिन्छ । अहिले, राजनैतिक नेतृत्वले यो यथार्थतालाई हृदयंगम गर्दै अब आउने निर्वाचनमा संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यका सबै संरचनाहरुमा महिलाको समानुपातिक समावेशी नेतृत्व सुनिश्चित गर्नु देशको समग्र रुपमान्तरणको आधार तयार गर्नु अनिवार्य छ । दुर्भाग्यवश अहिलेसम्म हरेक तहमा जरो गाडेर रहेकोपितृसत्तात्मक संरचना र त्यसैमा आधारित महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोणबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण राजनैतिक नेतृत्वमा महिलालाई सहजै स्वीकार गर्ने वातावरण छैन । महिलाको पहिचान, श्रम र शरीरमाथि महिलाको आफ्नो नियन्त्रण हुने स्थिति हालसम्म पनि सिर्जना हुन सकेको छैन । यसमा परिवर्तन हुन नसकेकै कारण देशमा स्थापित लोकतन्त्र, शान्तिका लाभांशहरु आम जनताको पहँुचभन्दा बाहिर रही केहि सिमित व्यक्ति, समूह र नेतृत्वको वरिपरि मात्रै देखिन्छ । यो स्थितीमा परिवर्तन बिना न त संघीय लोकतान्त्रिक गणतन्त्र दिगो बन्न सक्छ न त देशमा सामाजिक साँस्कृतिक रुपान्तरण नै सम्भवछ । यसका लागि स्थानीय तहदेखि संघीय तहसम्म नेतृत्वमा रहेका व्यक्तिहरुले आफुलाई परिवर्तनका लागितयार गर्न र पुर्ण ईच्छाशक्तिका साथ रुपान्तरणलाई सम्भव बनाउने वातावरण तयार गर्नु जरुरी छ ।
महिलाहरुले आफ्नो हकअधिकारका लागि गरेको निरन्तर संघर्षको परिणामस्वरुप वि.स.२०७४स्थानीय चुनावमा नीतिगत रुपमै महिलाहरुका लागि आरक्षण कोटाको व्यवस्था गरियो । जसले गर्दा महिलाहरुकोे स्थानीय सरकारमा सहभागिता वृद्धि भएको हो । यसलाई हेक्का राख्दै अब आउँदो निर्वाचनमा संविधानको धारा ३८(४) को प्रावधानअनुसार महिलाकोसमानुपातिक समावेशी प्रतिनीधित्वका लागि सबै क्षेत्रबाट सचेतना, ऐक्यबद्धताका साथ दबाव सिर्जना गर्नु हरेक लोकतन्त्र, समानता र सामाजिक न्यायमा विश्वास राख्ने व्यक्ति र समुहको दायित्व हो ।
स्थानीय सरकारमा महिलाहरुको सहभागिताको स्थिती
१७ वर्ष पछि भएको स्थानीय तहको निर्वाचन र यहि बिचमा सामन्ति राजतन्त्रात्मक व्यवस्थाको अन्त्यका लागिमहिला तथा सिमान्तकृत समुदायको राजनीतिक चेत, सहभागिता र संघर्षहरुले महिलाहरुको राजनीतिक सहभागिता बृद्धि गर्नकोशेढुङ्गा सावित गर्यो । निर्वाचन आयोगले स्थानीय तहमा महिलाको ४०.४ प्रतिशत न्यूनतम सहभागिता अनिवार्य हुनुपर्ने भनि कानुनी व्यवस्था गरिदिएकोले यो सम्भव भयो । पालिकाको प्रमुख तथा उपप्रमुखहरुमा उम्मेदवार बनाउँदा एक महिला प्रतिनिीधिको उमेदवारी अनिवार्य बनाउनु पर्ने प्रावधानले नै यो परिणाम ल्याएको हो ।

तुलनात्मकरुपमा हेर्दा वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा १,४८,३६४ जनाले उम्मेदवारी दिएकामध्ये ६१.०१ प्रतिशत पुरुष र ३८.९८ प्रतिशत महिलाको सहभागिता थियो । निर्वाचित ३५,०३४ जना जनप्रतिनीधिहरुमध्ये ५९.०४ प्रतिशत पुरुष र ४०.९६ प्रतिशत महिला थिए । समग्रमा स्थानीय तहको निर्वाचनले महिलाहरुको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्यो । जम्मा निर्वाचित प्रतिनीधिहरुमध्ये १८.७५ प्रतिशत दलित महिलाको उपस्थिती थियो । यद्यपि निर्णायक तहमा पुरुषहरुकै बाहुल्यता रहेको छ ।

राजनीतिक दलहरुले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रहरुमा लैङ्गिक समावेशीकरण, पार्टीको सबै तहमा महिलाहरुको कम्तिमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता, महिला भित्रको विविधतालाई सम्बोधन गर्ने प्रतिबद्धताको कार्यान्वयन सोचे अनुरुपको नभए पनि पार्टीहरुको यो प्रगतिशील कदमले नै उक्त परिणाम ल्यायो । यो आफैँमा प्रशंसायोग्य छ ।यसलाई आधार बनाएर अब आउने स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले आफूले बारम्बार भने झैँ समाजलाई प्रगतिशील र देशमा स्थापित शान्तिलाई दिगो शान्तिमा रुपान्तरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्न प्रतिबद्ध छन् भन्ने तथ्यलाई व्यवहारमा रुपान्तरण गर्न नेतृत्वदायी पदमा महिलाको संख्या संविधान अनुरुप गर्न अनिवार्य छ । सो का लागि मनोनयन प्रक्रियादेखि नै सचेत हुन जरुरी छ ।
महिलावादीहरु, ओरेक लगायत विभिन्न संघसंस्था तथा सञ्जालहरु, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला सामुदायीक संस्थाहरु लागयतका मानव अधिकारको पक्षमा वकालत गर्ने अधिकारकर्मीहरुको राजनैतिक पार्टीहरुसँगको सहकार्य, दबाव अनि सुझावहरुका कारण नै देशमा लोकतान्त्रिक संविधान सम्भव भएको हामी सबैको सामु छ । त्यसैले यी उपलव्धीहरुलाई संस्थागत गर्ने, जोगाउने र नागरिकले आफ्नो जीवनमा आत्मसाथ गर्न सक्ने वातावरण निर्माण गर्ने दायित्व राजनीतिक पार्टीहरुकोहो भन्ने हाम्रो ठहर छ । आफ्नो यही दायित्वबोध गर्दै ओरेकद्वारा आफ्नो ३१ आँै वार्षिकोत्सवको शुभ–अवसरमा आगामी निर्वाचनमा निर्णायक तहमा महिलाको अर्थपूर्ण समानुपातिक समावेशी सहभागिता सुनिश्चितताका लागि आधार तयार गर्न“महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार ः सामाजिक रुपान्तरणको आधार”भन्ने नारा सहित राष्ट्रव्यापी अभियान घोषणागर्न लागिएको छ । यो अभियानमा हामी सबै संघ, संस्था, अभियानकर्ता, सञजाल, मानव अधिकार रक्षक, मानव अधिकारकर्मी, नागरिक अभियान्ता लगायत सबै मानव अधिकार एवम् सामाजिक न्यायमा प्रतिबद्ध सबैमा “हामी सबैको संयुक्त प्रयासबाट परीवर्तन सम्भव छ” भन्ने मान्यता आत्मसाथ गर्दै ऐक्यबद्धताका साथ सहभागि हुन हार्दिक अपिल गर्दछौँ ।
अभियानका उद्देश्यहरू ः
१. महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्न राज्यका सबै संयन्त्रहरुको ध्यानाकर्षण गर्ने ।
२. निर्णायक तहमा महिला जनप्रतिनीधिको उपस्थिति सुनिश्चित गर्न राजनीतिक दलहरूमा दबाव सिर्जना गर्ने ।
अपेक्षित उपलब्धी
निर्णायक तहमा महिलाको समानुपातिक समावेशी नेतृत्वसुनिश्चितताका लागि राज्यका सबै संयन्त्र र राजनीतिक दलहरु संवेदनशील भई आवश्यक वातावरण सिर्जना गर्न प्रतिबद्ध हुनेछन् । महिला नेताहरुले निर्णायक तहमा राजनीतिक अधिकार दाबी गर्ने वातावरण तयार भई निर्वाचनमा महिला जनप्रतिनिधीहरुको सहभागितामा उल्लेख्य बृद्धि हुनेछ ।
अभियान अन्तर्गत गरिने कार्यहरु
ड्ड अभियान घोषणा सभा
ड्ड जिल्ला र प्रदेश स्तरीय सभा सम्मेलन
ड्ड राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने
ड्ड समुदाय तहका महिला नेताहरुलाई राजनीतिक अधिकारका निम्ती प्रोत्साहन गर्ने ।

 

इनरुवा ५ मा न्यौपानेलाई वडा अध्यक्षको टिकट दिनुपर्ने वडाबासीको माग

स्थनाीय तहको तिमि नजिकिदै जादाँ सुनसरी सदरमुकाम इनरुवामा चुनावी सगर्मी बढेको छ । पार्टीहरुले उत्कृष्ट र जित्ने उम्मेदबारको खोजीमा रहेका छन् भने आकाशींहरु टिकटका लागि दौडधुपमा लागेका छन् । यो बेला इनरुवा नगरपालिका ५ बलाहामा नेकपा एमालेका निर्वाचित वडा अध्यक्ष अन्जन्नी पोखरेल आफै टिकटका लागि दौडधुपमा लागेको भएपनि यस वडामा एमालेका नेता कार्यकार्ताहरुले अधिकारकर्मी, विकासप्रेमी, योजना र विकासको मिसन, भिजन भएका युवा नेता मेघराज न्यौपानेलाई वडा अध्यक्षको टिकट दिनुपर्ने वडाबासीले माग गरेका छन् । वडाको विगतको पाँच वर्षको विकासले अहिलेका वडा अध्यक्षलाई दोहोरयाउनु भन्दा अरुलाई पनि अवसर दिनुपर्ने र विगतको काम गराईले पोखरेल आलोचित भएकाले जित्नका लागि न्यौपानेलाई टिकट दिनुपर्ने माग उठेको पार्टी स्रोतले जनाएको छ । न्यौपाने एक मात्रै इनरुवा ५ का लागि एमालेका सशक्त उम्मेदबार भएको र जित्ने समेत भएकाले इनरुवामा ५ न्यौपानेलाई वडा अध्यक्षको टिकट दिनुपर्ने वडाबासीको माग छ । न्यौपानेले वडाका सबै घरघरको अवस्था , आवश्यकता बुझेर काम गर्नेदेखी शुसशान, विकास र समृद्धिको पक्षमा समेत काम गर्ने दुरदर्शी नेता भएकाले इनरुवा ५ मा न्यौपानेलाई नै वडा अध्यक्षको टिकट दिनुपर्ने चर्को दबाब र माग पार्टी भित्र उठेको एक नेताले बताएका छन् । उता न्यौपानेले पार्टी र जनता अनि मतदाताले रुचाएको खण्डमा उम्मेदबार हुने तर अनावश्यक दबाव भने आफूले नगरेको प्रतिकृया दिनुभयो । वडाबासीले एमालेलाई जिताउनका लागि इनरुवा ५ मा निरविकल्प उम्मेदबार न्यौपाने रहेको दावी गरेका छन् । अहिलेकावडा अध्यक्षले पनि आफ्नो दावेदारी रहने दावी गर्दै आएका छन् । तर टिकट दिनुपर्ने बेलामा एक जनाले मात्रै पाउने वडाबासीको भनाई छ । उनीहरुले उम्मेदबारको चरित्र र काम तथा योजनाका आधार मतदान गर्ने भएकाले विभादित, कमिसनमा लिप्त , आफू अनुकुल मात्रै काम गरेको बलाहाका भट्टराई समुदायलाई उपेक्षा गरेकाले पोखरेललाई एमालेजन नै मतदान गर्न इक्छुक छैन ।

 

युक्रेनले रुसको इन्धन डिपोमा गर्यो हमला

एजेन्सी । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।

व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’

आगामी बजेटबारे अर्थ मन्त्रालयलाई सुझाव दिन मन छ ? डायल गर्नुहोस्- ११३८

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९-८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ ।

आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको हो । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लीक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ । इमेलमार्फत ([email protected]) सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, संचारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने मन्त्रालयको भनाइ छ । बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयबस्तुहरु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह छ ।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बंैक, बित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।

प्रधानमन्त्री देउवा दिल्लीमा, पर्यटन राज्यमन्त्री भट्टले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् । तीन दिने औपचारिक भ्रमणका क्रममा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केही समय अगाडि दिल्ली पुगेका हुन् ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्ने जानकारी गराइएको छ ।

यस्तो छ कार्यक्रम तालिका

आज ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नेछन् । त्यस्तै पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०को केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री देउवा नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

शनिबार ९भोलि० प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । त्यस्तै आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम रहेको छ ।