भोक्राहा नरसिंह गाउँपालिकाका लागि विभिन्न दलका उम्मेदबारको चर्चा
२० चैत्र २०७८, आईतवार ०९:५४
अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका लागि विभिन्न दलका उम्मेदबारको चर्चा र दावेदारी सुरु भएको छ । निर्वाचन हुन ४० दिन बाकी हुदाँ भोक्राहा नरसिंहमा पालिका अध्यक्षको लागि पार्टी भित्र र बाहिर अनि स्वतन्त्रका बीच पनि चर्चा सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा यसपाली नेपाली काग्रेंसको पल्ला भारी रहेकाले पार्टी भित्र अध्यक्ष बन्न धेरै नेताले दावेबारी प्रस्तुत गरेका छन् । यहाँ केहीले आफुखुशी उम्मेदवारी घोषणा समेत गरेका छन् गाउँमा पालिका अध्यक्षका उम्मेदवार बन्नेहरु धेरै भएकाले पार्टीहरुलाई सर्वहमतमा उम्मेदवारी घोषणा गर्न सकस भएको देखिएको छ । यस पालिकामा काग्रेंसलाई जिताउनका लागि लामो समय पार्टीमा बेतित गर्ने, सहकारीका माध्यमबाट समाज सेवजा गर्ने र गाउँपालिकाको मिसन भिजन भएका नेता राजेन्द्र मेहतालाई उम्मेदबार बनाउदाँ उमत हुने तर्क काग्रेंसी वृतमा उठेको छ । पार्टीको वडादेखी गाउँ हुदै क्षेत्रिय सचिवसम्मको जिम्मेबारी निर्वाह गनरेका, सहकरीमा जिल्ला हुदै केन्द्रसम्म पकड जमाएका इमान्दार , निरविवादित नेता भएको र गाउँपालिकामा मुस्लिम, यादव, मेहता सहित अन्य समुदायमा पनि राम्रो छवी सहित पकड भएकाले नेता राजेन्द्र मेहतालाई नै काग्रेंसले उम्मेदबार बनाउन्पर्ने तर्क काग्रेंसी वृतमा उठेको हो । यस पालिकामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस पार्टी निकट नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति समेत रहेका हाजी इसराइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका–४ का वडा अध्यक्ष समेत रहेका हारुन अन्सारी, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका वर्तमान सभापति युवराज दाहाल, रामप्रसाद यादव र सत्रुघन प्रसाद यादव, सुनसरी क्षेत्र नम्बर ४ ख प्रदेश कार्यसमितिका सदस्य अजमल अखतर आजाद सहितकाले कांग्रेसबाट गाउँपालिका अध्यक्षको आकांक्षी रहेका छन् । गत २०७४ सालको निर्वाचनमा काग्रेंसका उम्मेदबार अजमल अख्खतर मियाँले एक हजार ९ सय ९३ मत, तत्कालि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट सत्रुधन यादवले एक हजार पाँच सय मत र स्वतन्त्रबाट इसराइल मन्सुरी अध्यक्षका उम्मेदवार भई करिब १ हजार ७ सय ९२ मत पाउनुभएको थियो । यो तीनै मत अहिले पार्टी एकिकरण भएकाले काग्रेंसमा जोड्दाँ पहिलो पार्टी काग्रेंस देखिएको छ । मतको हिसावले दोस्रो स्थानमा जनता समाजवादी पार्टी देखिएको छ । यसबाट निर्वाचितत तत्कालिन संघीय समाजवाली फोरम नेपालका उम्मेदबार महेन्द्र प्रसाद यादवले तीन हजार ५२८ मल ल्याएर निर्वाचित हुनुभएको थियो तर हाल वहाँ एमालेमा प्रवेश गर्ने चर्चा छ ।
जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष महेन्द्र यादव(सानो)ले जसपा नेपालबाट अध्यक्षको आकांक्षी देखिएका छन् । जसपा भोक्राहा नरसिंह गाउँकमिटी अध्यक्ष समेत रहेका महेन्द्र यादवले टिकट पाउने निश्चित देखिएको छ ।
यसैगरी, भोक्राहा नरसिंह गाउँपालिकामा तेस्रो बलियो संगठन भएको नेकपा एमालेलाई मानिएको छ । यहाँ एमालेबाट स्वर्गीय मोलिम मियाले १ हजार ४ सय ९२ मत ल्याउनुभएको थियो । नेकपा माओवादीबाट मुनिलाल महतोले ५ सय ८२ मत, राप्रपाबाट इन्द्र नारायण साहुले ५ सय ४२ मत ल्याएर पराजित भएको थियो ।
यसपालीको पालिकाको अध्यक्षमा मूख्य चार दलका उम्मेदबारको बढी चर्चा देखिएको छ ।
नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंहका सचिब समेत रहेका रामकुमार मेहता, नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका इन्चार्ज रमेश यादव, नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका सचिब तथा भोक्राहा नरसिंह गाउँपालिका–८ का वडाध्यक्ष हातिम अन्सारी, नेकपा एमालेका नेता तथा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका मुनीलाल मेहता र बाबुराम साहले अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा ४ जनाको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्र भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष समेत रहेका हेमनारायण मण्डल, श्यामदेव यादव, भुपेन्द्र कुमार शाह र मुसलिम अन्सारीको नाम चर्चामा रहेको छ ।
यता नेकपा एकीकृत समाजवादीबाट जावेद आलम र राप्रपाबाट हसबुल मिँयाले पालिका अध्यक्षमा चुनाव लड्ने तयारीमा छन् । भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार १ सय १ जना मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भोक्राहा नरसिंह गाउँपालिकामा चुनावी सर्गर्मी ह्वात्तै बढेको छ । बलियो जनाधार भएका पार्टीहरु नेपाली कांग्रेस, जसपा नेपाल र नेकपा एमालेले गाउँ–गाउँमा चुनावी अभियान स्वरुप संगठन बिस्तारलाई तिब्रता दिएका छन् । गत स्थानीय तह २०७४ को निर्वाचनमा नेपाली कांग्रेस बलियो पार्टी भएपनि पराजित भएकोले टोल–टोलमा संगठन विस्तार गर्दै पार्टीका नेता तथा उम्मेदवारका प्रत्यासीहरु चुनावी मैदानमा होमिएका छन् ।
कांग्रेसमा ७, एमालेमा ५ र जसपामा १, माओवादीमा ४, नेकपा एसमा १ जनाको नाम चर्चामा रहेको छ । अघिल्लो निर्वाचनमा अध्यक्ष –उपाध्यक्ष दुवै पदमा हार बेहोरेको नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँको अध्यक्षमा मुख्य ७ जनाको नाम चर्चामा छ । भोक्राहा नरसिंह गाउँपालिकामा बलियो जनाधार भएको पार्टी नेपाली कांग्रेसलाई मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया