रमेश यादवलाई वडा अध्यक्ष बताउनुपर्ने युवाको माग
२० चैत्र २०७८, आईतवार १०:०७
युवा राजनीतिकमा सफल युवा नेता रमेश कुमार यादवलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ को वडा अध्यक्षको उम्मेदबार बताउनुपर्ने माग उठेको छ । विकास र सुशासनका लागि स्थानीय युवा संघका गाउँ कमिटि अध्यक्ष तथा जिल्ला देखी केन्द्रसम्म पकड रहेका यादवलाई गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षमा उम्मेदवार बनाउनुपर्ने माग उठेको हो । रमेश यादवलाई वडा अध्यक्ष बताउनुपर्ने अधिकाशं युवाको माग रहेको छ । हाल फोरमले जितेको वडा भएकाले त्यहाँ विकासमा पछाडी परेको र युवालाई नेतृत्व दिनुपर्ने भएकाले नेकपा एमाले पार्टीलाई ७ नम्बर वडा अध्यक्षमा युवा नेता रमेश यादवलाई उम्मेदवारी घोषणा गर्न र पार्टीलाई पनि टिकट दिन आबाज उठाएका छन् ।
नेपाल सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै देशभर फेरि चुनावमय भएको छ । झण्डै ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र जसपा सहितका मुलधारका राजनीतिक दलहरु मध्ये कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको छ । यस सुनसरीमा दलहरु बाहेक पनि स्वतन्त्र उम्मेदबारी दिने घोषण गर्ने क्रम पनि बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया