साहित्य कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

साहित्य कार्यक्रम सम्पन्न

नेपाली साहित्यका धरोहर उपेन्द्र पागलको दोस्रो स्मृति साहित्य गोष्ठी तथा रचना बाचन कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । सप्तरंगी साहित्य समाज प्रदेश १ को आयोजनामा साहित्यकार उपेन्द्र पागलको दोस्रो स्मृति साहित्य गोष्ठी र रचना वाचन कार्यक्रम सनिबार सम्पन्न भएको हो । प्रदेशका अग्रज साहित्यकारहरुको उपस्थितिमा साहित्यिक कार्यक्रम सम्पन्न भएको समाजका प्रदेश अध्यक्ष रमेन्द्र कोईरालाले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका साहित्यकार सहित इनरुवाका स्थानीय नेता तथा साहित्यकार र पत्रकारले रचना र विचार प्रस्ुतत गर्नुभएको संस्थाका अध्यक्ष कोईरालाले जानकारी दिनुभयो ।
कवि तथा साहित्यकारले मौलिक गित, गजल, कविता र लघुनाटक सहित प्रस्तुत गरिएको थियो । कार्यक्रममा कालकार तथा पत्रकारिता र साहित्यमा रुची राख्ने सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा साहित्यकार टिका मिलन, रामप्रसाद खरेल, आलोक खनाल, गीता बस्नेत, द्धारिका प्रसाद पोखरेल, जीवनाथ पोखरेल, राजन निरौला, बिमला पोखरेल, रामकृष्ण मेहता, सक्षम यादव, अमित कुमार यादव, कृष्ण विनोद लम्साल, काब्यकार डम्मरुबल्ल्भ भण्डारी, यसोदा अधिकारी, गीतकार प्रकास अनुराग, अर्जुन दाहाल (ओखलढुगेंं), कवि तथा पत्रकार जयकृष्ण यादव, वरिष्ठ साहित्यकार प्राज्ञ जिवनाथ पोखरेल, प्रध्यापक तथा साहित्यकार रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल, विष्णु भण्डारी, जेनिश देव, कविराज घिमिरे, प्रमोद मण्ड लगायतले रचना वाचन गर्नुभएको थियो ।