इनरुवा ५ मा न्यौपानेलाई वडा अध्यक्षको टिकट दिनुपर्ने वडाबासीको माग
१८ चैत्र २०७८, शुक्रबार १९:१७
स्थनाीय तहको तिमि नजिकिदै जादाँ सुनसरी सदरमुकाम इनरुवामा चुनावी सगर्मी बढेको छ । पार्टीहरुले उत्कृष्ट र जित्ने उम्मेदबारको खोजीमा रहेका छन् भने आकाशींहरु टिकटका लागि दौडधुपमा लागेका छन् । यो बेला इनरुवा नगरपालिका ५ बलाहामा नेकपा एमालेका निर्वाचित वडा अध्यक्ष अन्जन्नी पोखरेल आफै टिकटका लागि दौडधुपमा लागेको भएपनि यस वडामा एमालेका नेता कार्यकार्ताहरुले अधिकारकर्मी, विकासप्रेमी, योजना र विकासको मिसन, भिजन भएका युवा नेता मेघराज न्यौपानेलाई वडा अध्यक्षको टिकट दिनुपर्ने वडाबासीले माग गरेका छन् । वडाको विगतको पाँच वर्षको विकासले अहिलेका वडा अध्यक्षलाई दोहोरयाउनु भन्दा अरुलाई पनि अवसर दिनुपर्ने र विगतको काम गराईले पोखरेल आलोचित भएकाले जित्नका लागि न्यौपानेलाई टिकट दिनुपर्ने माग उठेको पार्टी स्रोतले जनाएको छ । न्यौपाने एक मात्रै इनरुवा ५ का लागि एमालेका सशक्त उम्मेदबार भएको र जित्ने समेत भएकाले इनरुवामा ५ न्यौपानेलाई वडा अध्यक्षको टिकट दिनुपर्ने वडाबासीको माग छ । न्यौपानेले वडाका सबै घरघरको अवस्था , आवश्यकता बुझेर काम गर्नेदेखी शुसशान, विकास र समृद्धिको पक्षमा समेत काम गर्ने दुरदर्शी नेता भएकाले इनरुवा ५ मा न्यौपानेलाई नै वडा अध्यक्षको टिकट दिनुपर्ने चर्को दबाब र माग पार्टी भित्र उठेको एक नेताले बताएका छन् । उता न्यौपानेले पार्टी र जनता अनि मतदाताले रुचाएको खण्डमा उम्मेदबार हुने तर अनावश्यक दबाव भने आफूले नगरेको प्रतिकृया दिनुभयो । वडाबासीले एमालेलाई जिताउनका लागि इनरुवा ५ मा निरविकल्प उम्मेदबार न्यौपाने रहेको दावी गरेका छन् । अहिलेकावडा अध्यक्षले पनि आफ्नो दावेदारी रहने दावी गर्दै आएका छन् । तर टिकट दिनुपर्ने बेलामा एक जनाले मात्रै पाउने वडाबासीको भनाई छ । उनीहरुले उम्मेदबारको चरित्र र काम तथा योजनाका आधार मतदान गर्ने भएकाले विभादित, कमिसनमा लिप्त , आफू अनुकुल मात्रै काम गरेको बलाहाका भट्टराई समुदायलाई उपेक्षा गरेकाले पोखरेललाई एमालेजन नै मतदान गर्न इक्छुक छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया